03/08/2026
महत्वपुर्ण सुच्ना।।।।
पुरानो चेक अनादर भई बसेको हकमा मुद्दा नपरेको अवस्थामा विनिमय अधिकार पत्र ऐन २०३४ को दफा १०७(क) खारेज भए पछि पनि निवेदक राज कुमार सुवाल र प्रत्यर्थी नेपाल सरकार भएको मुद्दाको अन्तरिम आदेश ले चेक अनादर मुद्दा दर्ता भई रहेकोमा उक्त रिट 081-WC-0057 मिति २०८३।०३।१० गते सम्मनित सर्वोच्च अदालतको संबैधानिक अदालतबाट रिट खारेज भएकोले अब चेक अनादर मुद्दा दर्ता नहुने भएको छ । साथै उक्त पुराना चेकहरुको हकमा निश्चित ढाँचाको Legal Notice जारी गरी मुलुकी देवानी संहिता २०७४ को दफा ४८८ बमोजिम लेनदेन मुद्दा दर्ता गर्न मिल्ने अवस्था सृजना भएको छ ।
लेनदेन मुद्दा दर्ता गर्दा नियम बमोजिम अदालती दस्तुर अनिवार्य लाग्ने हुन्छ ।