Nepal Legal & Corporate Hub

Nepal Legal & Corporate Hub Remember us for any kind of legal and corporate support. Contact: 9851000520/ 9810141686

Notice!
02/12/2022

Notice!

बैठकको निर्णयपछि यसअघि रोक्का भएको जमिनको कित्ताकाट र अंशबण्डा फुक्का भएको छ ।’
23/11/2022

बैठकको निर्णयपछि यसअघि रोक्का भएको जमिनको कित्ताकाट र अंशबण्डा फुक्का भएको छ ।’

७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका भित्र कृषियोग्य जमिन नभेटिएपछि कित्ताकाट खुलेको छ । महानगरले आफ्नो पा....

यस्तो छ मस्यौदा :महानगरको राजस्व परामर्श समितिले बनाएको कार्यविधिको मस्यौदामा महानगरपालिकाभित्र बस्ने तथा व्यवसाय गर्ने ...
18/11/2022

यस्तो छ मस्यौदा :

महानगरको राजस्व परामर्श समितिले बनाएको कार्यविधिको मस्यौदामा महानगरपालिकाभित्र बस्ने तथा व्यवसाय गर्ने प्रयोजनका लागि संरचना, स्थान वा जग्गा वहाल वा लिजमा लिंदा दिंदा अनिवार्य सम्झौता गर्नुपर्छ । यसरी गरिएको सम्झौताको एक एक प्रति लिने दिनेले राख्ने र एक प्रति वडा कार्यालयमा बुझाउनु पर्छ ।

सम्झौतामा लिने—दिने पक्षको नाम, ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचय पत्र नम्बर, भाडामा लिएको स्थान वा संरचनाको क्षेत्रफल तथा कित्ता नम्बर जस्ता विवरण उल्लेख गर्नु पर्नेछ । यस्तै भाडा रकम वृद्धि कति र कसरी हुने, बिजुली, पानीको शुल्क कसले बुझाउने, बहाल कर कसले बुझाउने, मर्मत कसले गर्नेजस्ता विषय उल्लेख हुनु पर्नेछ । सम्झौतामा बहाल करसम्बन्धी विषय उल्लेख गरिएन भने कर बुझाउने दायित्व बहालमा दिने पक्षको हुनेछ ।

२ मसिंर, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘बहाल व्यवस्था कार्यविधि’ बनाउन सुरु गरेको छ । घर बहालसम्बन्धी व्यव....

16/11/2022

कम्पनी अद्यावधिक (Company Update/Renewal) बारे जानकारी ः

• कम्पनी अद्यावधिक (Company update) गर्ने भनेको के हो?
नेपालमा स्थापना भै आफ्नो ब्यापार ब्यवसाय संचालन गरिरहेका हरेक कम्पनीले प्रत्येक वर्ष -(पुस मसान्तभित्र) कम्पनी रजिष्ट्रारको कार्यालय (OCR) मा विभिन्न विवरणहरू पेश गरेर जानकारी गराउने कार्यलाई कम्पनी अद्यावधिक गर्ने भनिन्छ ।

• कम्पनी अद्यावधिक नगरेमा के हुन्छ?
कम्पनी अद्यावधिक नगरेमा अर्थात बुझाउनुपर्ने विवरण समयमा नबुझाएमा जरिवाना लाग्दछ । हरेक विवरणहरूका लागि (दफा ५१, ८०, १११, ९२ समेत) बेग्लाबेग्लै जरिवानाको रकम तोकिएको छ र त्यस्तो विवरण बुझाउन जति ढीला हुँदै जान्छ, त्यस्तो जरिवानाको रकम बढ्दै जान्छ।

पाँच दिनपछि कतारमा सुरु हुने फिफा विश्वकप फुटवल नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल प्रत्यक्ष प्रसारण द...
16/11/2022

पाँच दिनपछि कतारमा सुरु हुने फिफा विश्वकप फुटवल नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल प्रत्यक्ष प्रसारण देखाउन पाउने भएका छन् ।
बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

३० कात्तिक, काठमाडौं । पाँच दिनपछि कतारमा सुरु हुने फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुने/नहुने बिषय...

अबदेखि विदेशी लगानीकर्ताले न्यूनतम २ करोड रुपैयाँ लगानी भित्र्याउन सक्ने छन् । प्रति विदेशी लगानीकर्ता न्यूनतम लगानी सीम...
14/11/2022

अबदेखि विदेशी लगानीकर्ताले न्यूनतम २ करोड रुपैयाँ लगानी भित्र्याउन सक्ने छन् । प्रति विदेशी लगानीकर्ता न्यूनतम लगानी सीमा २ करोड रुपैयाँ कायम गरिएको सूचना राजपत्रमा उल्लेख छ ।

सरकारले विदेशी लगाीकर्ताले भित्र्याउने लगानीको सीमा ५ करोडबाट २ करोडमा झारेको छ । अबदेखि विदेशी लगानीकर्ताले न.....

महान्यायाधिवक्ता कार्यालयको निर्देशनमा चेक अनादरसम्बन्धी बैंकिङ कसुर मुद्दामा प्रतिवादीले पीडितलाई बिगो बुझाइसकेको अवस्थ...
14/11/2022

महान्यायाधिवक्ता कार्यालयको निर्देशनमा चेक अनादरसम्बन्धी बैंकिङ कसुर मुद्दामा प्रतिवादीले पीडितलाई बिगो बुझाइसकेको अवस्थामा मुद्दा नचलाउने र पुनरावेदन नगर्ने सम्बन्धी निर्देशन दिएको छ ।

कहिलेकाहीँ कुनै व्यवसायमा विश्वासको वातावरण सृजना गर्न समेत चेक काटी कारोबार हुन सक्छ । चेक काटी कारोबार हुने व्...

लोकतान्त्रिक व्यवस्थाले यो सुनिश्चित गर्छ कि जनताले आफ्नो क्षमताभन्दा माथिका नेता पाउँदैनन्। यो भनाइलाई सहि मान्ने हो भन...
12/11/2022

लोकतान्त्रिक व्यवस्थाले यो सुनिश्चित गर्छ कि जनताले आफ्नो क्षमताभन्दा माथिका नेता पाउँदैनन्। यो भनाइलाई सहि मान्ने हो भने निर्वाचन उम्मेदवारकाे मात्र नभइ मतदाताको पनि परिक्षणको घडि हो।
हेरौँ, हाम्रो योग्यता/ क्षमता/ हैसियत कति रहेछ।

12/11/2022

जरूरी सूचना

माेही लागेकाे जग्गाकाे जग्गावाला र माेहिले बाँडफाँड गरिलिन निवेदन दिने सम्बन्धी सूचना !!!
12/11/2022

माेही लागेकाे जग्गाकाे जग्गावाला र माेहिले बाँडफाँड गरिलिन निवेदन दिने सम्बन्धी सूचना !!!

12/11/2022

दर्ताद्धारा विवाह (court marriage) गर्न सकिने सम्बन्धी व्यवस्था ः

कानून बमोजिम विवाह गर्न योग्यता पुगेका कुनै पुरुष र महिलाले court marriage गर्न चाहेमा तीन पुस्ते विवरण, ठेगाना र कम्तीमा दुइ जना साक्षीको नाम, विवरण सहित स्वदेशमा भए सम्बन्धित जिल्ला अदालतमा र विदेशमा भए नेपालको राजदूत वा महावाणिज्यदूतावासमा आफू कम्तीमा १५ दिन त्यो क्षेत्रमा बसेको प्रमाण सहित निवेदन दिएमा विवाह दर्ता अधिकारीले छानविन गरी सहमतिपत्र तयार गरी ७ दिन भित्र विवाह दर्ता गरी विवाह दर्ताको प्रमाणपत्र प्रदान गर्नुपर्ने व्यवस्था मुलुकी देवानी संहिता २०७४ मा गरिएकाे छ ।

Address

Buddhanagar, New Baneswar
Kathmandu

Opening Hours

09:00 - 19:30

Telephone

+9779851000520

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Legal & Corporate Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Nepal Legal & Corporate Hub:

Share