Advocate Md Mazid Prawez

Advocate Md Mazid Prawez Lawyer !

नेपालको हिमाली भेगको कथा समेटिएको चलचित्र शम्भला नेपालका तर्फबाट ओस्कारका लागि मनोनित भएको छ भने ६८ औँ BFI London Film F...
27/09/2024

नेपालको हिमाली भेगको कथा समेटिएको चलचित्र शम्भला नेपालका तर्फबाट ओस्कारका लागि मनोनित भएको छ भने ६८ औँ BFI London Film Festival मा चुनिएको पहिलो नेपाली चलचित्र पनि हो।
"शम्भला" चलचित्रमा हिमालय क्षेत्रको दृश्य जति सुन्दर छ, उति नै मानवीय संवेदनाको निर्ममता पनि पोतिएको छ। फिल्मले बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा र सांसारिक खोजको रूपमा शुरु भएको यात्रा कसरी आत्मज्ञान र मुक्तिको बाटोमा रूपान्तरण हुन्छ भन्ने देखाउन खोजिएको प्रष्ट बुझिन्छ। साथै, यो चलचित्र नेपालका तर्फबाट अस्कर अवार्डका लागि मनोनयन भएकाले यसले नेपालको सामाजिक तथा प्राकृतिक विशेषता झल्काउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।
यही चलचित्रलाई नेपाल विद्यार्थी संघ नेपाल ल क्याम्पसको आयोजनामा नेपाल ल क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई अवलोकन गराउने कार्यक्रम निम्न उल्लेखित मिती, समय र स्थानमा "शम्भाला स्क्रिनिङ कार्यक्रम" तथा चलचित्र क्रिउ को उपस्थितिमा प्यानल छलफलको आयोजना गरिएको हुँदा यहाँको गरिमामय उपस्थितिको कामना गर्दछौं।

तपशील:
मिती : २०८१ असोज १४ गते, सोमवार ।
समय : विहान ७:०० बजे (चलचित्र स्क्रिनिङ)
स्थान : विश्वज्योती सिनेमाज (जमल)

द्रष्टव्य: तलको लिंक बाट अनिवार्य रुपमा फर्म भर्नु होला ।

https://forms.gle/4E4actJinRRg1kat6

यस कार्यक्रमका लागि महिलाहरुलाई विशेष प्राथमिकता दिइने पनि यही सूचना मार्फत जानकारी गाउँदछौ। ( जम्मा फ्री टिकेट / पास - १५०)

आदरणीय अग्रज, समकालीन साथिहरू र मेरा प्रिय भाई बहिनी यहाँहरूकै साथ र सल्लाहले स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा ...
11/03/2023

आदरणीय अग्रज, समकालीन साथिहरू र मेरा प्रिय भाई बहिनी

यहाँहरूकै साथ र सल्लाहले स्वतन्त्र विद्यार्थी युनियनकाे निर्वाचनमा उम्मेदवारी दिएकाे छु । निष्कर्षमा पुर्याउन यहाँहरूकाे अमूल्य साथ र सहयाेगकाे अपेक्षा गरेकाे छु ।

यहाँहरूकै सहृदयी भाई/साथी/दाई
MD ( मोहम्मद माजिद प्रवेज )

काठमाडौं : नेपाल ल क्याम्पसकाे स्ववियु सभापतिमा माेहम्मद माजिद प्रवेजले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् .....

सानो सुझाव ! ध्यानाकर्षण होस् । अस्ति भर्खर आएको कक्षा १२ को नतिजामा D ग्रेड आउने विद्यार्थी   पुनग्रेडवृद्धि( Upgrade) ...
04/09/2022

सानो सुझाव ! ध्यानाकर्षण होस् ।

अस्ति भर्खर आएको कक्षा १२ को नतिजामा D ग्रेड आउने विद्यार्थी पुनग्रेडवृद्धि( Upgrade) परिक्षामा सामेल हुन नपाउने निर्णय भएको जानकारी सबैमा अवगत नै छ।

तर कानुन संकाय त्रि.बि. लिने बि. ए.एल.एल.बि.( B.A.LL.B.) प्रवेश परिक्षामा पहिला वर्ष प्रत्येक बिषयमा ग्रेड D+ चाहिने हुदा, यसपाली समयानुकूल परिवर्तन गरि हरेक बिषयमा D ग्रेड राखी धेरै बिद्यार्थीहरुको चाहना अनुरुप पढन पाउने हक सुनिश्चितता होस।

#ध्यानाकर्षण
#धन्यवाद

Address

Putalisadak
Kathmandu

Opening Hours

09:00 - 17:00

Telephone

+9779811131643

Website

Alerts

Be the first to know and let us send you an email when Advocate Md Mazid Prawez posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Advocate Md Mazid Prawez:

Share