Glorious Law Firm

13/02/2026

राजाको प्रजा होईन जनताको राजा हो। जनताको राजाले दरबार र सत्ता मोह छोडनु पर्छ।

27/12/2025

तपाईंको चेक बाउन्स भयो भने अब के हुन्छ ?
यस्तो छ, नयाँ कानुनले ल्याएको परिवर्तन :

के तपाईंलाई कसैले दिएको चेक बाउन्स गर्नुभयो? वा तपाईंले दिएको चेक बाउन्स हुने अवस्थामा छ? अब पहिलेको भन्दा फरक भएको छ। मानौं ,काठमाडौंका रामले साथीबाट पाएको २० लाखको चेक बाउन्स भएपछि अब उनले के गर्नुपर्छ?
नयाँ "बैंकिङ कसुर तथा सजाय (दोस्रो) संशोधन ऐन" ले ल्याएका परिवर्तनहरूलाई सजिलोसँग बुझौं।

नयाँ कानूनको सबैभन्दा महत्त्वपूर्ण र व्यावहारिक पक्ष चेक बाउन्स गर्न जाँदा यसरी अगाडि बढाएको छ:

पहिलो चरण (४५ दिने मौका): बैंकले चेक दिने व्यक्तिलाई खातामा पैसा राख्न ४५ दिनको समय दिन्छ।

दोस्रो चरण (पैसा नआएमा): यदि ४५ दिनसम्म पनि पैसा जम्मा भएन भने मात्र चेक आधिकारिक रूपमा बाउन्स हुन्छ।

तेस्रो चरण (प्रमाणित फिर्ता): त्यसपछि, बैंकले ३ दिनभित्र तपाईंलाई "चेक बाउन्स भएको हो" भनेर प्रमाणित गरेर फिर्ता दिन्छ।

यदि ४५ दिनको समय दिँदा पनि चेक काट्ने व्यक्तिले रकम भुक्तानी गरेन र बैङ्कले चेक अनादर भएको प्रमाणित गरिदियो भने मात्र फौजदारी कारबाहीको बाटो खुल्छ।
जाहेरीको हदम्याद:

पीडित पक्ष (चेक धारक) ले बैङ्कबाट चेक अनादर प्रमाणित भएको मितिले एक वर्षभित्र प्रहरीमा जाहेरी दिनुपर्नेछ।

जाहेरी परेपछि अनुसन्धान अधिकारीले ६ महिनाभित्र अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्दा दायर गर्नुपर्नेछ।

अनुसन्धानका क्रममा यदि प्रहरीमा अनुसन्धान चलिरहेको छ भने सरकारी वकिलमार्फत मिलापत्र गर्न सकिन्छ।

अदालतमा पुगेपछि मुद्दा अदालतमा विचाराधीन छ भने अदालतबाटै मिलापत्र गराउन सकिन्छ।

यदि प्रतिवादीले चेकमा उल्लेखित रकम र कानूनबमोजिमको ब्याज धारकलाई बुझाएर मिलापत्र गर्‍यो भने उसलाई यस ऐनबमोजिम हुने कैद र जरिवानाको सजाय लाग्ने छैन। यसले दुवै पक्षलाई झन्झटबाट बचाउँछ र पीडितले आफ्नो रकम छिटो फिर्ता पाउँछ।

मिलापत्र नभए के हुन्छ?

यदि मुद्दा मिलापत्रमा नगई अदालतबाट प्रतिवादी दोषी ठहरिएमा उसलाई सजायको व्यवस्था गरिएको छ। सजायलाई बिगो (चेकको रकम) अनुसार, सोको प्रचलित कानूनबमोजिमको ब्याज भराइनेछ।
जरिवाना:

बिगो रकमको पाँच प्रतिशत जरिवाना लाग्नेछ।
कैद सजाय (बिगो अनुसार):

१५ लाख रुपैयाँसम्म: १ महिनासम्म कैद
१५ लाखदेखि ५० लाखसम्म: १ देखि ३ महिनासम्म कैद
५० लाखदेखि १ करोडसम्म: ३ महिनादेखि १ वर्षसम्म कैद
१ करोडदेखि १० करोडसम्म: १ देखि २ वर्षसम्म कैद
१० करोडभन्दा माथि: २ देखि ४ वर्षसम्म कैद सजायको व्यवस्था गरिएको छ
यसअघि विनिमेय अधिकार ऐन, २०३४ को दफा १०७(क) अनुसार चेक अनादरको मुद्दा सिधै अदालतमा दर्ता गर्न सकिने व्यवस्था थियो। तर, अब उक्त दफा खारेज गरिएपछि धेरैलाई चेक अनादर मुद्दा सिधै जिल्ला अदालतमा लिएर जान मिल्दैन भन्ने लागो । विनिमेय अधिकार ऐन, २०३४ ऐन जिवितै रहेको अवस्थामा सिधै जिल्ला अदालतमा पाँच वर्षसम्म मुद्दा दर्ता गर्न मिल्छ। पहिले कोर्ट फि राख्नुपर्ने थिएन भने अहिले देवानीमा लेनदेनको दाबी गरिने हुनाले बिगोको कोटफी राखेर मुद्धा अगाडि बढाउन सकिन्छ।

समग्रमा, "बैङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) ऐन, २०८२" ले चेक बाउन्सका मुद्दाहरूलाई समाधानमुखी र व्यावहारिक बनाउने प्रयास गरेको छ।

25/12/2025

141 likes, 13 comments. “अधिवक्ता राजु खत्री # जेन्जी आन्दोलन # नेपाल सरकार #प्रधानमंत्री #प्रचण्ड #”

06/11/2025
30/09/2025

सबैमा दशैको शुभकामना ।

सबैभन्दा पछाडि देखिएको ९० लाखको गाडी,त्यसअगाडि छ - ३ करोडको मर्सिडिज,अझै अगाडि - ४ करोड ५० लाखको बिएमडब्लु, अनि सबैभन्दा...
24/06/2025

सबैभन्दा पछाडि देखिएको ९० लाखको गाडी,
त्यसअगाडि छ - ३ करोडको मर्सिडिज,
अझै अगाडि - ४ करोड ५० लाखको बिएमडब्लु,
अनि सबैभन्दा अगाडि - ६ करोड माथिको विलासी लिमोजिन।

तर त्यो सम्पूर्ण कारहरुको अगाडि गुडिरहेको गाडीचाहिँ भन्सार छुट पाएको एक शववाहन हो ।

त्यस शववाहनभित्र छन् -
यी सबै गाडीका मालिक।

जसले जीवनभर दौडिए,
धन, सम्पत्ति र हैसियत बटुले,
जसले जिन्दगीभर ‘म म म’ भन्दै समय आफ्नोलागि समय नै दिएनन्,
तर आज - मुख बन्द छ, आँखा बन्द छन्,
र संसार सँगको सम्बन्ध - पूर्णविराम।
आज न त स्टेयरिङ समात्न सक्छन्,
न छेउछाउ हेर्न सक्छन्।
न आँखामा सपना बाँकी छ,
न मुटुमा धड्कन।

जुन हातले किल्ला बनाए,
आज त्यही हात - नचल्ने भएको छ,
जुन पैतालाले सपना चुमे,
आज त्यही खुट्टा - एक बाकस भित्र निदाएको छ।

सपना त थियो संसार जित्ने,
तर अन्तिम क्षणमा आफैंलाई पनि सम्झाउन सकिएन -
‘म’ भन्ने घमण्डको मूल्य के हो भनेर।

जसले जीवनभर दौडे,
धन कमाए, महल बनाए,
गाडी फेरिरहे,
तर आज...
न आँखाले देख्न सक्छन्,
न हातले समाउन सक्छन्,
नै आत्मा बोल्न सक्छ।
सपना सबै सकिए,
धड्कन रोकियो,

संगै थिए महँगा घडीहरू,
तर अब समयको कुनै मतलब छैन,
संगै थिए धेरै साथी,
तर अन्तिम यात्रामा मात्र गनिने भए - चार काँध।
यही त हो जीवनको अन्तिम यात्रा -
जहाँ तिमी मालिक हौं शववाहनको,
र यात्री… केवल एक बाकस।

संग्रह गरिएका गाडीहरूले साथ त दिए -
तर अन्तिम गन्तव्यसम्म साथ दिनेहरू थिए
केवल चार काँध, केही आँसु र एक मौनता।

यात्रा त्यही थियो,
तर थाहा भएन -
मन्त्रजस्तो जपिने ‘म’ भन्ने शब्द
त्यो दिन कति सानो देखिन्थ्यो।

अब पनि घमण्ड गर्ने हो भने,
शायद मृत्यु आउँदासम्म
सत्य बुझ्ने समय मिल्नेछ।

अझै पनि घमण्ड गर्न मन छ भने -
एकपटक श्मशानतिर हेर्नु,
त्यहाँ थुप्रै घमण्ड बिर्सेर सुतेका छन्,
बिना गाडी, बिना नाम, केवल माटो भएर । 🙏

निरन्तर सेवामा
25/10/2024

निरन्तर सेवामा

22/09/2024

Glorious Law Firm, located in Dillibazar, Kathmandu, typically provides legal services such as consultation, representation in court, and assistance with various legal matters. They may specialize in areas like civil law, criminal law, family law, and corporate law. For specific services or details about their team, it's best to visit their official website or contact them directly.

कस्तो छ तस्विर?
29/01/2024

कस्तो छ तस्विर?

Address

K C Colony
Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when Glorious Law Firm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Glorious Law Firm:

Share