14/01/2025
मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३७ मा भएको यो व्यवस्थामा सरकारले फेरबदल गर्ने गरी सोमबार अध्यादेश ल्याएको हो । जस अनुसार अब सुरु अदालतले १० वर्षभन्दा कम कैद सजाय भएका मुद्दाका दोषीले पुर्पक्षका लागि तोकेको धरौटीमा थप १५ प्रतिशत तिरे जेलबाहिरै बसेर पुनरावेदन गर्न सक्ने भएका हुन् ।