Legal Service Nepal

Legal Service Nepal Legal Education for All...!!!

कुनै सहकारी संस्थामा ठगीजन्य कार्य कुन व्यक्तिबाट, तहबाट र कुन रूपमा भएको छ भन्ने कुरा मनसाय, हेलचेक्राइँ र कसुरको ज्ञान...
20/09/2026

कुनै सहकारी संस्थामा ठगीजन्य कार्य कुन व्यक्तिबाट, तहबाट र कुन रूपमा भएको छ भन्ने कुरा मनसाय, हेलचेक्राइँ र कसुरको ज्ञानको विद्यमानता (knowledge of wrongdoing) को अवस्था हेरी विश्लेषण गरिनुपर्ने। यदि कुनै सहकारी संस्था ठगी गर्ने उद्देश्यबाट प्रेरित भई समान धारणा र संलग्नता (equal intent and participation) सहित स्थापना भएको रहेछ र सञ्चालक समिति र व्यवस्थापनको कार्यमा जानी जानी संलग्न भएको रहेछ भने सबै सञ्चालक र व्यवस्थापकहरूलाई कसुरमा संलग्न रहेको मान्न सकिने ।

कुनै सहकारी संस्थामा कसुरजन्य कार्य भएको अवस्थामा संस्थागत रूपमा सबै सञ्चालक तथा व्यवस्थापक वा कर्मचारी वा त्यसमध्येका खास केही व्यक्तिबाहेक सबै व्यक्तिहरू संलग्न भएको अवस्थामा सबै व्यक्तिहरू प्रामाणिकताका आधारमा कसुरदार ठहरिन सक्ने ।

सहकारी संस्थाको दुरूपयोग गर्ने व्यक्तिको मनसाय, कार्य र प्रमाणका आधारमा निजले मात्र कसुर गरेको पुष्टि हुने अवस्था भएमा त्यस्तो व्यक्तिलाई कसुरदार ठहर गरिनुपर्ने । संलग्न व्यक्तिको पहिचान गर्दा मुलतः निजको संस्थामाथिको नियन्त्रण (control) अर्थात नीतिगत, आर्थिक तथा कारोबारहरूमा पूर्ण नियन्त्रण भए नभएको हेरिनुपर्ने । त्यस्तो नियन्त्रण ठगी वा अन्य गलत कार्य गर्ने मनसायसहित प्रयोग भए नभएको हेरिनुपर्ने र त्यस्तो नियन्त्रणले पीडितलाई परेको असर र प्रभावसमेतलाई मध्यनजर गरिनुपर्ने ।

सहकारी संस्थामा भएको ठगीजन्य कार्यको सम्बन्धमा सञ्चालक समितिका पदाधिकारी वा सदस्य तथा व्यवस्थापकसमेतको जानकारी वा मनासयसहित कसुर भएको भएमा सबै व्यक्तिहरू कसुरदार मान्नुपर्ने देखिन्छ, केही खास सञ्चालक समितिका पदाधिकारी र सदस्यहरू तथा व्यवस्थापक र कर्मचारीहरूको संलग्नता भएमा निजहरूको संलग्नता, कसुरजन्य मानसिक अवस्था, प्रत्यक्षरूपमा नीतिगत आर्थिक क्रियाकलापमा भएको संलग्नता, प्रत्यक्ष नियन्त्रण (direct control), वस्तुगत (defacto) वा कानूनी (dejure) अवस्थासमेतलाई मध्यनजर राखी कसुरको निर्धारण गर्नुपर्ने ।

#निष्क्रिय (passive) रूपमा रहेका तथा अल्पमतमा रहेका सञ्चालक समितिका पदाधिकारी वा सदस्यहरूलाई ठगीको कसुरजन्य कार्यमा संलग्नता निर्धारण गर्दा निजहरूको कसुरजन्य मानसिक अवस्थाको विद्यमानतालाई प्रमाणहरूले पुष्टि गरेको छ छैन भन्ने विषयमा गम्भीर रूपमा नहेरी दोषी ठहर गरिएमा सम्बन्धित व्यक्तिहरूलाई गम्भीर अन्याय पर्न सक्ने ।

नजिर: निर्णय नं. १०९४१ - ठगी
भागः ६४ सालः २०७९ महिनाः पौस अंकः ९

"कीर्ते गरेर अरूको हक मार्ने दिन अब गए!" ​राम सुन्दर यादव विरुद्ध महेन्द्र प्रसाद यादव समेत भएको जालसाज मुद्दामा माननीय ...
20/09/2026

"कीर्ते गरेर अरूको हक मार्ने दिन अब गए!"
​राम सुन्दर यादव विरुद्ध महेन्द्र प्रसाद यादव समेत भएको जालसाज मुद्दामा माननीय न्यायाधीश डा. नकुल सुवेदीको दूरदर्शी र ऐतिहासिक सहमतिय रायसहितको फैसलाले फेरि एकपटक प्रमाणित गरिदियो— सत्य जतिसुकै लुकाउन खोजे पनि कानुनको नजरबाट उम्कन सक्दैन!

​जालसाजीको पर्दाफास: गलत पुस्तावल र कीर्ते कागजात खडा गरी हकदाबी गर्ने कुत्सित प्रयासमाथि कडा प्रहार।

​ऐतिहासिक आधार: हिन्दू विधिशास्त्र र प्राचिन न्यायसिद्धान्तका बलिया दृष्टान्तहरूलाई टेकेर गरिएको न्यायपूर्ण फैसला।

​झुटको महल जुनसुकै बेला ढल्न सक्छ, किनकि न्याय मरेको छैन!
नजिर केवल फैसला होइन, न्यायको बाटो देखाउने मार्गदर्शन हो।
केही महत्त्वपूर्ण कानुनी नजिरहरू—अध्ययन र सन्दर्भका लागि।

बाबु आमा दुवैको मृत्युपश्‍चात् नातामा विवाद उठेबाट आमा बाबुको मृत्युको कारणले मात्र नाता नरहने भन्‍न नमिल्ने । मृतकको जी...
20/09/2026

बाबु आमा दुवैको मृत्युपश्‍चात् नातामा विवाद उठेबाट आमा बाबुको मृत्युको कारणले मात्र नाता नरहने भन्‍न नमिल्ने । मृतकको जीवन नरहे पनि नाता जीवित रहने, पहिचान र नाता जीवितसँग मात्र नजोडिने, मृत्यु भइसकेका व्यक्तिसँग पनि नाता र पहिचान जोडिने । बाबु आमासँगको नाता निर्मित नभई जन्मको आधारमा प्राप्‍त गरिने नाता हुने । वैवाहिक सम्बन्धको जस्तो जोडिने र तोडिने नाता नहुने । जीवित हुँदासम्म नातामा विवाद नरहेको बाबु आमाको मृत्युपश्‍चात् मृतकको विवाहित छोरी हुँदाहुँदै नातामा प्रश्‍न उठाई आफूले अपुताली खाने नियतले विवाद उठाउँदैमा विवाहित भएको नाताले मात्र महिलाको आफ्नो बाबु आमासँगको नाता नरहेको भन्‍न नमिल्ने ।

विधिवत् रूपमा सम्पत्ति परित्याग नगरेसम्म त्यसबाट व्यक्तिको हक मेठिन सक्दैन। बाबु आमाले घर बनाउनको लागि दिएको मन्जुरनामाक...
19/09/2026

विधिवत् रूपमा सम्पत्ति परित्याग नगरेसम्म त्यसबाट व्यक्तिको हक मेठिन सक्दैन। बाबु आमाले घर बनाउनको लागि दिएको मन्जुरनामाको लिखतले दाबीको जग्गामा पुनरावेदक प्रतिवादीहरूको हक कायम भएको र अन्य अंशियारको हक समाप्त भएको भनी अर्थ गर्न नमिल्ने । मन्जुरनामाको लिखत हक हस्तान्तरणको लिखत नहुने ।

घर बनाउनको लागि घरसारमा भएको मन्जुरनामाको लिखतलाई हक छाडिदिएको लिखत हो भनी मान्न नमिल्ने र त्यस्तो लिखतको आधारमा कसैको अंशहक सीमित गर्न नमिल्ने ।

#नजिर: ने का प : २०८० निर्णय नम्बर : १११४०

नाता कायम गर्ने सन्दर्भमा प्रत्यक्ष प्रमाणको अभाव भए पनि वैवाहिक सम्बन्ध देखिने अन्य सान्दर्भीक प्रमाण र परिस्थितिजन्य प...
17/09/2026

नाता कायम गर्ने सन्दर्भमा प्रत्यक्ष प्रमाणको अभाव भए पनि वैवाहिक सम्बन्ध देखिने अन्य सान्दर्भीक प्रमाण र परिस्थितिजन्य प्रमाणको आधारमा निष्‍कर्षमा पुग्न सकिने भनी सम्मानित सर्वोच्च अदालतबाट भएको फैसला ।

एक वर्ष वा सोभन्दा कम सजाय भुक्तान गरेका निवेदकलाई कसूर नखुलाई प्रहरी चारित्रिक प्रमाणपत्र (Police Clearance Report) दिन...
17/09/2026

एक वर्ष वा सोभन्दा कम सजाय भुक्तान गरेका निवेदकलाई कसूर नखुलाई प्रहरी चारित्रिक प्रमाणपत्र (Police Clearance Report) दिन सर्वोच्चको अन्तरिम आदेश।

उच्च अदालत र जिल्ला अदालतमा न्यायाधीश नियुक्ति तथा सरूवा   ।
15/09/2026

उच्च अदालत र जिल्ला अदालतमा न्यायाधीश नियुक्ति तथा सरूवा ।

 #जबरजस्ती करणी तथा गर्भपतन लुकीछिपी गरिने अति संवेदनशील विषय भएको र यसको सामान्यतया प्रत्यक्ष प्रमाण पाउन कठिन हुने हुँ...
13/09/2026

#जबरजस्ती करणी तथा गर्भपतन लुकीछिपी गरिने अति संवेदनशील विषय भएको र यसको सामान्यतया प्रत्यक्ष प्रमाण पाउन कठिन हुने हुँदा कसुर कायम गरी सजाय गर्नको लागि मिसिल संलग्न प्रमाणको लेखाजोखा गर्दा जाहेरी तथा पीडितको बकपत्रलाई प्रमाण मूल्याङ्कनको प्राथमिकतामा राख्नुपर्ने भए तापनि सो कुरालाई पीडितको शारीरिक स्वास्थ्य जाँच प्रतिवेदन तथा मिसिल संलग्न अन्य परिस्थितिजन्य प्रमाणले पुष्टि गर्नुपर्ने । पीडितको बकपत्रलाई श‌ङ्कारहित रूपमा शारीरिक स्वास्थ्य परीक्षण, घटना प्रकृति मुचुल्कालगायतका स्वतन्त्र प्रमाणबाट कसुर पुष्टि हुन नसकेकोमा केवल जाहेरी दरखास्त, मौकाको कागज र बकपत्रलाई मात्र प्रमाणको रूपमा ग्रहण गरी यस्तो संवेदनशील फौजदारी मुद्दामा प्रतिवादीलाई सजाय गर्न उचित नहुने ।

#नजिर: निर्णय नं. ११४६१ - जबरजस्ती करणी र गर्भपतन
भागः ६७० सालः २०८२ महिनाः कार्तिक अंक : ७

आफ्नै ८ महिने छोराको हत्या गर्ने आमा–बाबुलाई जन्मकैद !लक्ष्मी मल्लाहको जाहेरीले वादी नेपाल सरकार विरुद्ध रेनु मल्लाह समे...
12/09/2026

आफ्नै ८ महिने छोराको हत्या गर्ने आमा–बाबुलाई जन्मकैद !

लक्ष्मी मल्लाहको जाहेरीले वादी नेपाल सरकार विरुद्ध रेनु मल्लाह समेत भएको कर्तव्य ज्यान मुद्दा नं. ०८०-CR-२२७९ मा मिति २०८३।५।२ मा भएको फैसलाले मुलुकी अपराध संहिता, २०७४ को दफा ४१(क) मा रहेको “क्रूर, यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको” भन्ने व्यवस्थाको व्याख्या गरेको छ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (तेस्रो संशोधन) नियमावली, २०८३
01/09/2026

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (तेस्रो संशोधन) नियमावली, २०८३

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Legal Service Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share