Satyam Legal Service

Satyam Legal Service Verified

हार्दिक बधाई !!!धौलासिरी पुन मगर समाजको कानूनी सल्लाहकारमा नियुक्त हुनु भएकोमा सत्यम् लिगल सर्भिसका संचालक अधिवक्ता मनोज...
14/11/2024

हार्दिक बधाई !!!
धौलासिरी पुन मगर समाजको कानूनी सल्लाहकारमा नियुक्त हुनु भएकोमा सत्यम् लिगल सर्भिसका संचालक अधिवक्ता मनोज घर्तीमगर हार्दिक बधाई छ ।

सत्यम् लिगल परिवार ।
पोखरा -०७ राष्ट्रबैंकचोक कास्की ।

09/10/2024
08/05/2024

विधिकाे शासन र न्यायमा सबैकाे समान पहुँच स्थापित हुन सकाेस् । छिटाे, छरिताे, निष्पक्ष न्याय प्रदान गर्न सबैकाे सक्रिय भूमिका रहाेस् कानुन दिवसकाे सबैमा शुभकामना ।

04/04/2024

मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९८ मा अदालतले २१ कार्य दिनभित्र फैसला तयार गरिसक्नुपर्नेछ ।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १३१(६) मा न्यायाधीशले २१ कार्य दिनभित्र फैसला लेखी मिसिल संलग्न राख्नुपर्नेछ । भन्ने कानूनी व्यवस्था छ । तर, हाम्रा अदालतले ४/५ महिना हुँदासम्म फैसला तयार नगर्नूलाई के भन्ने ?

28/03/2024

आजदेखि संचालन सुरु भएको SEE परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थी भाई बहिनीहरुलाई सफलताको हार्दिक शुभकामना !

न्याय परिषद्को नियमावलीको संशोधनले सविधानको धारा १४१ (३) लाई संशोधन गरेको छ । यसलाई जिम्मेवार पदाधिकारीले बुझ्ने कोसिस ग...
23/03/2024

न्याय परिषद्को नियमावलीको संशोधनले सविधानको धारा १४१ (३) लाई संशोधन गरेको छ । यसलाई जिम्मेवार पदाधिकारीले बुझ्ने कोसिस गरिरहेका छैनन् । उटा न्यायाधीश वर्षौँसम्म न्यायालयमा काम गरेको छ, त्यो न्यायाधीशलाई कस्तो रूपमा परिभाषित गरियो भन्दा प्रशासनिक काम गर्ने एकजना अधिकृतलाई लगेर त्यो व्यक्ति तिमीभन्दा राम्रो छ, त्यसकारण हामीले माथि ल्यायौँ भन्दै माथिल्लो रोलक्रममा पर्ने गरी नियुक्ति दिन न्याय परिषद् नियमावली संशोधन गरियो । यसले न्यायलयमा एक दिन पनि न्यायिक काम नगरेका व्यक्तिहरूलाई पहिले नियुक्ति लिएर काम गरिरहेको न्यायाधीशभन्दा माथि ल्याउने काम भयो । केही व्यक्तिलाई हेरेर यो काम गरियो । यो गैरकानुनी छ, गैरसंवैधानिक छ । नैतिक सिद्धान्तको पनि विपरीत छ ।

अदालतमा ९५ प्रतिशतभन्दा बढी न्यायाधीशहरू ‘डिप्रेस्ड’मा छन्

सार्वजनिक हित र सरोकारका विषयमा कानूनी लडाइ जारी छ । उच्च अदालत पोखराले बेगनास तालमा मोटरबोट सञ्चालनबारेको रिट निवेदनमाथ...
26/01/2024

सार्वजनिक हित र सरोकारका विषयमा कानूनी लडाइ जारी छ ।

उच्च अदालत पोखराले बेगनास तालमा मोटरबोट सञ्चालनबारेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। अधिवक्ता मनोज घर्ती मगरले बुधबार उच्च अदालत पोखरामा रिट निवेदन दर्ता गरेका थिए। बिहीबार रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

उच्च अदालत पोखराले बेगनास तालमा मोटरबोट सञ्चालनबारेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै विपक्षीका नामम.....

माघी संभवतः सबैभन्दा ठूलो सामूहिक पर्व हो । हुन त सरकारले मगर, थारु र छन्त्याल जातिको पर्व घोषणा गरेको थियो । मौखिक इतिह...
15/01/2024

माघी संभवतः सबैभन्दा ठूलो सामूहिक पर्व हो । हुन त सरकारले मगर, थारु र छन्त्याल जातिको पर्व घोषणा गरेको थियो । मौखिक इतिहास भएको मगर समुुदायको लागि यो दिन नयाँ वर्ष हो । मगर समुदायले विस्तारै बुुझ्दै गएको छ । मगर समुदायमा, पितृ, छोरीचेली पुुज्ने र पुुज्ने, कन्दमूूल लगायत प्राकृतिक खानपानको मूूलवासी ज्ञान र सँस्कृतिसँग जोडिन्छ । तिथीमिति एउटै भए पनि नेपालका हरेक जातजाति र समुदायपिच्छे फरक तरिकाले मनाइन्छ माघी । मगरले ‘माघे सकराती’ थारुले ‘माघी’, छन्त्यालले ‘छारमेङ’, नेवारले ‘घ्यू चाकु सल्हु’ लिम्बुले ‘कक्फेक्वा तङनाङ’ ब्राह्मण क्षेत्री लगायतले ‘मकर सक्रान्ति’ का नामले पुकारर्छन् । अरुले समुुदायका पनि आफ्नै नाम होलान्छ/न् । माघी कुनै जाति विशेषको पर्व रहेन । त्यसैले तेरोमेरो हैन हाम्रो भनौं । जसले जे नामले पुकारे पनि, जसले जसरी मनाए पनि माघी राष्ट्रिय पर्व भइसकेको छ । त्यसैले माघीको अवसरमा सबैलाई शुभकामना ।

कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीको शेयर लगत तथा चुक्ता प्रमाण सम्बन्धमा मित २०८०-०९-२२ गते सूचना प्रकाशन गरेको छ । ...
10/01/2024

कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनीको शेयर लगत तथा चुक्ता प्रमाण सम्बन्धमा मित २०८०-०९-२२ गते सूचना प्रकाशन गरेको छ । सरोकारवाला सबैले सूचना हेर्नूहोला ।

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा म समेत मेलमिलापकर्ताको रुपमा सूचिकृत भएको खबर आएछ । सूचिकृत हुने स...
09/01/2024

कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा म समेत मेलमिलापकर्ताको रुपमा सूचिकृत भएको खबर आएछ । सूचिकृत हुने सबै जनालाई बधाई ।

भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको छ । रुघाखोकी र ज्...
09/01/2024

भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड–१९ को नयाँ सब–भेरिएन्ट ‘जेएन.१’ नेपालमा पनि देखिएको छ । रुघाखोकी र ज्वरो हो देखियो भने खेलाँची नगरौ‍ं । जाँच गराइ हालौं । अनि सकेसम्म भीडभाड नगरौं, भौतिक दूरी कायम गरौं, मास्क र सेनिटाइजर प्रयोग गरौं । आफू पनि जोगिने र अरुलाई पनि जोगाउन लागौं ।

Address

Rastrabank Chook
Pokhara
33700

Telephone

+9779856033339

Website

Alerts

Be the first to know and let us send you an email when Satyam Legal Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Satyam Legal Service:

Share