कानुन र आम सञ्चारको विशेष अनुभव सहितको समूहद्वारा सञ्चालित यस अनलाइन पत्रिकाले कानुन व्यवसाय भित्रकै पनि राम्रा नराम्रा पक्षहरुको लेखाजोखा गर्दै न्यायमा पहुँच नभएको वर्गलाई पहुँच दिलाउनका लागि आवश्यक सबै पहल लिएर कानुन बमोजिम सुसञ्चालन हुन नसकेका सबै क्षेत्रको वास्तविकता बाहिर ल्याई सुधारको लागि भूमिका निर्वाह गर्ने छ । यसमा सम्बन्धित सबैले सार्वजनिक चासोका विषय, भ्रष्टाचार, विसंगति र अख्तियार दुर
ुपयोगका जानकारी, पीडा, अत्याचारहरु पनि आफँै पोष्ट गर्न सक्ने नागरिक पत्रकारिताको अभ्यासलाई पनि अवलम्बन गरिएको छ । साथै, अत्यन्त कमजोर आर्थिक अवस्था रहेका व्यक्ति, पिछडिएको समुदाय र अन्यायमा परेकाहरुलाई निशुल्क कानुनी सेवा र अन्य आवश्यकहरुलाई कानुनी परामर्श समेत उपलब्ध गराएर सामाजिक सेवाका परियोजनाहरु पनि यो अनलाईन पत्रिकाले सञ्चालन गरेको छ जसका लागि सम्बन्धित शीर्षकमा गएर हामीलाई सम्पर्क गर्ने वा आफ्ना प्रश्न तथा समस्याहरु प्रेषित गर्न भिजिटरहरुले सक्नुहुनेछ ।