06/13/2023
ट्रम्प प्रशासनको टिपिएस अन्य गर्ने निर्णय बाईडेन प्रशासनद्वारा खारेज
नेपाल, एल साल्भाडोर, होन्डुरस र निकारागुवाको टिपिएस पूनः दर्ता हुने
बाईडेन प्रशासनले आज (जुन १३, २०२३) मा नेपाल, एल साल्भाडोर, होन्डुरस र निकारागुवाको टेम्पोररी प्रोटेक्टेस स्टाटस (टिपिएस) अन्य गर्ने ट्रम्प प्रशासनको निर्णय खारेज गरेको छ । बाईडेन प्रशासनले ति देशको टिपिएस १८ महिनाको लागि बढाएको छ ।
अमेरिकी नागरिकता र आप्रवासन सेवा (यूएससिआईएस) द्वारा जुन १३ मा जारी सुचनामा बाईडेन प्रशासनको यो निर्णयले टिपिएस दिदाको समयमा अमेरिका रहेका नेपाल, एल साल्भाडोर, होन्डुरस र निकारागुवाका नागरिक लाभान्वित हुन सक्ने बताएको छ । युएस्सिआईएसले टिपिएस पुनः दर्ताको लागि ६० दिनको समयसिमा दिएको छ ।
नेपालको हकमा टिपिएसको १८ महिने अवधि डिसेम्बर २३, २०२३ देखि जुन २४, २०२५ सम्म बढने छ । यसैगरी, होण्डुरसको टिपिएस अवधि जनवरी ६, २०२४ देखि जुलाई ५, २०२५, निकारागुवाको जनवरी ६, २०२४ देखि जुलाई ५, २०२५, एल साल्भाडोरको सेप्टेम्बर १०, २०२३ देखि मार्च ९, २०२५ सम्म हुनेछ ।
टिपिएस पुनः दर्ताका लागि फरक फरक मिति दिदै ६० दिने पूनः दर्ता अवधि तोकिएको छ । सन् २०१५ को जुन २४ मा टिपिएस दिईएको नेपालकोलागि पुनः दर्ता अवधि अक्टोबर २४, २०२३ देखि डिसेम्बर २३, २०२३ सम्म तोकिएको छ । यसबाट अहिले टिपिएसमा रहेका १४ हजार पाँचसय नेपाली टिपिएसवाहक लाभान्वित हुने बताईएको छ । चार देशलाई दिईएको टिपिएसबाट तीनलाख ३७ हजार टिपिएसवाहकको टिपिएस अवधि १८ महिना बढनेछ ।
बाईडेन प्रशासनले छिट्टै फेडरल रजिस्टारमा सुचना प्रशासित गरी टिपिएस पाउन योग्स हुने सुची, समय सारणी र प्रक्रियाका बारेमा जानकारी दिने यूएससिआईएसले जनाएको छ ।