Axis Law Firm

Axis Law Firm The Axis Law Firm provides the services for notary public translation, litigation, company incorporation, organization registration and many more facilites

This is a law firm from Kathmandu, Nepal. Any kind of legal consultation, litigation, business registration, notary public service including translation from English to Nepali and vice versa are available here in Kathmandu, Nepal

17/03/2019

Nepal Police Official Websites, Nepal Police, Truth, Service, Security

11/01/2019

२७ पुस, काठमाडौं । डेढ वर्षअघि मन्त्रीस्तरीय निर्णय उल्टाउँदै सरकारले जग्गाको कित्ताकाट फुकुवा गरेको छ । अब सम्ब...

17/09/2018
18/08/2018

Battle for Sanskrit :Rajiv Malhotra बाट साभार
१.पोर्चुगिजले गोवामा कंकनी भाषा बन्द गराए, संगठित पहिचान इन्जिनियरिंगका नाममा युरोपमा धेरै भाषा बन्द गराइए, अंग्रेजीका लागि सेल्टिक भाषा समाप्त पारियो र अमेरिकाका native को भाषा अंग्रेजीले खायो|
२.भारतमा प्रचलित वर्ण व्यवस्थालाई अंग्रेजले Hierarchical caste system (उचनिच जाति व्यबस्था) मा बदले,यो कार्य Lord Risley ले जनगणना मार्फत संस्थागत गरी जातलाई जन्मसंग जोड़ाए| जबकि वर्ण व्यवस्था जन्मसंग सम्बन्धित थिएन|
३.वर्णलाई Capital(पूँजी) को रुपमा लिइएको थियो:
(क) वौद्धिक पूँजी - ब्राह्मण
(ख) राजनीतिक पूँजी -क्षेत्रीय
(ग) वित्तीय पूँजी - वैश्य
(घ) दक्षश्रम पूँजी - शुद्र|
४.पहिलोदेखि चौधौ शताब्दीसम्म कम्बोडिया हिन्दू राज्य थियो| वाली र फिलिपिन्सका हिस्सामा पनि हिन्दू थिए| तिनले अरुका भाषा संस्कृति र बिश्वास प्रणालीमा आक्रमण गरेका थिएनन्| हिन्दूहरु बाह्य उपनिवेशीकरण र होलोकास्टमा संलग्न थिएनन्|
५. अंग्रेजले Light skinned लाई आर्य र dark skinned लाई द्रभीड भनी बाँडे जबकि आर्य भनेको गुण हो जातजाती होइन|

17/08/2018

#मुलुकीसंहिता #

मुलुकी संहिता लागू हुँदा १४ ऐन खारेज, ३६ संशोधन:

१ भदौ, काठमाडौं । जंगबहादुर राणाले १६५ वर्षअघि लागू गरेको मुलुकी ऐन आजदेखि विधिवत रुपमा खारेज भएको छ । भदौ १ गतेदेखि मुलुकी ऐनलाई प्रतिस्थापन गर्ने गरी ५ वटा ऐन कार्यान्वयनमा आएका छन् ।

१. मुलुकी देवानी (संहिता) ऐन

२. मुलुकी देवानी कार्यविधि (संहिता) ऐन

३. मुलुकी अपराध (संहिता) ऐन

४. मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन

५. फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन

साउन मशान्तसम्म प्रचलनमा रहेको मुलुकी ऐन २०२० मा देवानी र फौजदारी दुबैथरी मुद्दाको सजाय र कार्यविधि एकै ठाउँमा थियो ।

तर नयाँ मुलुकी संहितामा देवानी र फौजदारी मुद्दाको सजाय र कार्यविधि (कानूनी उपचार पाउने विधि) अलग अलग कानूनमा राखिएको छ । त्यस्तै फौजदारी मुद्दामा कसूरदारलाई सजाय निर्धारण गर्ने तरिका समावेश भएको छुट्टै ऐन पनि लागू भएको छ ।

यी पाँचवटा बाहेक भदौ १ देखि अर्को एउटा ऐन पनि लागू भएको छ । जुन ऐनले यसअघि प्रचलनमा रहेको धेरै ऐन संशोधन, एकीकरण र खारेज गरेको छ ।

केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनले नयाँ मुलुकी संहिता लागू भएपछि तीसँग बाझिएका धेरै नेपाली ऐनहरुलाई संशोधन र खारेज गरेको छ । जुन ऐन अनुसार नेपालका १४ वटा ऐन खारेजीमा परेका छन् ।

खारेज भएका ऐनहरु

१. मुलुकी ऐन २०२०

२. नागरिक ऐन २०१२

३. गाली र बेइज्जती ऐन २०१६

४. भिक्षा माग्ने (निषेध) ऐन २०१८

५. जुवा ऐन २०२०

६. सरकारी मुद्दा सम्बन्धी ऐन २०४९

७. सरकारी मुद्दा सम्बन्धी ऐन २०४९

८. केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन २०२०

९. केही सार्वजनिक (अपराध र सजाय) ऐन २०२७

१०. राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६

११. नेपाल कोर्ट फी ऐन २०१७,

१२. जासूसी ऐन २०१८,

१३. विवाह दर्ता ऐन २०२८

१४. करार ऐन २०५६

त्यस्तै राजस्व न्यायाधीकरण एेन २०३१ को अनुसूची १ को क्रम संख्या ४ र सर्वोच्च अदालत ऐन २०४८ को दफा ५ पनि खारेज भएका छन् ।

नयाँ मुलुकी संहिता लागू हुने भएपछि नेपालका ३६ वटा पुराना ऐनहरु संशोधन गरिएको छ । मुलुकी संहितामा रहेको व्यवस्थासँग बाझिने गरी रहेका ती ऐनका प्रावधान संशोधनमार्फत हटाइएको छ ।

संशोधन भएका ऐनहरु

१. जलचर संरक्षण ऐन २०१७

२. विस्फोटक पदार्थ ऐन २०१८

३. विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९

४. हातहतियार खरखजना ऐन २०१९

५. हुलाक ऐन २०१९

६. जग्गा (नाप जाँच) ऐन २०१९

७. कारागार ऐन २०१९

८. नेपाल मेडिकल काउन्सिल ऐन २०२०

९. खाद्य ऐन २०२३

१०. होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन २०२३

११. राहदानी ऐन २०२४

१२. स्टाडर्ड नाप र तौल ऐन २०२५

१३. संक्षिप्त कार्यविधि ऐन २०२८

१४. स्थानीय प्रशासन ऐन २०२८

१५. शिक्षा ऐन २०२८

१६. राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९

१७. प्रमाण ऐन २०३१

१८. मालपोत ऐन २०३४

१९. औषधी ऐन २०३५

२०. आयुर्वेद चिकित्सा परिषद ऐन २०४५

२१. नेपाल खानेपानी संस्थान ऐन २०४६

२२. जीवनाशक विषदी ऐन २०४८

२३. बालबालिकासम्बन्धी ऐन २०४८

२४. शहरी तथा यातायात व्यवस्था ऐन २०४९

२५. वन ऐन २०४९

२६. राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२

२७. नेपाल नर्सिङ परिषद ऐन २०५२

२८. मानव शरीर अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५४

२९. बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६

३०. नेपाल फार्मेसी परिषद ऐन २०५७

३१. सशस्त्र प्रहरी ऐन २०५८

३२. नेपाल राष्ट्र बैंक ऐन २०५८

३३. अन्तशुल्क ऐन २०५८

३४. सैनिक ऐन २०६३

३५. मानव वेचविखन तथा ओसरा पसार (नियन्त्रण) ऐन २०६४

३६. भन्सार ऐन २०६४

15/08/2018

सरकारी निकायद्वारा सामाजिक संजाल प्रयोग गर्ने कार्यविधि, २०७५ |

13/08/2018

भदौदेखि लागू हुने यी हुन् नयाँ ऐन [सक्कलप्रति नै अपलोड छ सबैको जानकारीका लागि सेयर गरौँ] काठमाडौ‌ । मुलुकी ऐनलाई प.....

Major provisions of civil code & criminal code of Nepal
05/08/2018

Major provisions of civil code & criminal code of Nepal

13/07/2018

२०७५ साल भाद्र १ गते देखि नेपालमा देहायका नयाँ कानुनहरु लागू हुंदैछन्ः
(क) मुलुकी अपराध (संहिता) ऐन, २०७४
(ख) मुलुकी देवानी कार्यविधि (संहिता) ऐन, २०७४
(ग) मुलुकी देवानी (संहिता) ऐन, २०७४
(घ) मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४
देहायका कानूनहरू २०७५ साल भाद्र १ गते देखि नै खारेज हुनेछन्ः–
1. नागरिक अधिकार ऐन, २०१२,
2. नेपाल कोर्ट फी ऐन, २०१७,
3. गाली र बेइज्जती ऐन, २०१७,
4. जासूसी ऐन, २०१८,
5. भिक्षा माग्ने (निषेध) ऐन, २०१८,
6. मुलुकी ऐन,
7. जुवा ऐन, २०२०,
8. केही फौजदारी मुद्दा खारेज गर्ने र दण्ड सजाय मिनाहा दिने ऐन, २०२०,
9. केही सार्वजनिक (अपराध र सजाय) ऐन, २०२७
10. विवाह दर्ता ऐन, २०२८,
11. राज्य विरुद्धको अपराध र सजाय ऐन, २०४६,
12. सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९,
13. करार ऐन, २०५६ ।

२०७५ साल भाद्र १ गते देखि माथि उल्लिखित कानूनहरु खारेज भएपछि त्यस्ता कानून बमोजिम भएका वा भइसकेको काम कारबाहीको सम्बन्धमा देहाय बमोजिम हुनेछ:–
(क) कुनै कानून अन्तर्गत कुनै अदालतमा दायर भएको मुद्दा जुनसुकै तहमा भएपनि सोही अदालतबाट त्यस्तो कानून अन्तरगतको नै कार्यविधि अवलम्बन गरी कारबाही र किनारा हुनेछ ।
(ख) कुनै कानून अन्तर्गत कुनै अदालतमा दायर भएको कुनै फौजदारी कसूरका मुद्दामा सजाय गर्नु पर्दा सोही कानून बमोजिम नै गर्नु पर्नेछ ।
तर कुनै फौजदारी कसूरको सजाय मुलुकी अपराध संहितामा लेखिएभन्दा बढी रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय हुनेछ ।
(ग) कुनै कानून अन्तर्गत कुनै अदालतबाट भइसकेको सजाय सोही कानून बमोजिम नै कार्यान्वयन हुनेछ ।
तर त्यस्तो सजाय मुलुकी अपराध संहितामा सोही कसूरमा लेखिएको सजायभन्दा बढी हुने रहेछ भने मुलुकी अपराध संहितामा लेखिएको हदसम्म मात्र सजाय कार्यान्वयन हुनेछ ।
(घ) कुनै कानून अन्तर्गत कसूर मानिने काम मुलुकी अपराध संहिता बमोजिम कसूर नमानिने भएमा त्यस्तो कसूरसंग सम्बन्धित मुद्दा जुनसुकै तहको अदालतमा भएपनि स्वतः खारेज हुनेछ ।
(ङ) कुनै कानून अन्तर्गत दायर भएको वा दायर हुने कुनै मुद्दाको हदम्याद सोही कानून अन्तर्गत नै निर्धारण भएको मानिनेछ ।
(च) कुनै कानून अन्तर्गत निर्धारण भएको हदम्याद यो ऐन प्रारम्भ हुँदाका दिन सात दिनभन्दा कम रहेछ भने मुलुकी देवानी कार्यविधि संहिता वा मुलुकी फौजदारी कार्यविधि संहिता प्रारम्भ भएको मितिबाट सात दिनसम्म हदम्याद कायम रहेको मानिनेछ ।
(छ) कुनै कानून अन्तर्गत दायर भएको वा दायर हुने कुनै देवानी मुद्दाको हकदैया सोही कानून अन्तर्गत नै निर्धारण भएको मानिनेछ ।
(ज) कुनै कानून अन्तरगत दायर भएको मुद्दामा राखिएको अदालती शुल्क (कोर्ट फी) मुलुकी देवानी कार्यविधि संहिता बमोजिम नै राखिएको अदालती शुल्क मानी कारबाही र किनारा
गरिनेछ ।
माथि उल्लेख गरिएका विषयमा बाहेक खारेज भएको कानून अन्तर्गत भए गरेको काम कारबाही मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि संहिता, मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि संहिता वा फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ बमोजिम भए गरेको मानिनेछ ।

Address

Bagbazar-31
Kathmandu
00977

Website

Alerts

Be the first to know and let us send you an email when Axis Law Firm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Axis Law Firm:

Share