29/11/2024
आपराधिक विश्वासघात (Criminal Breach of Trust) भनेको एक व्यक्ति वा संस्था द्वारा अर्को व्यक्तिको विश्वास तोडेर उनीको सम्पत्ति वा विश्वासलाई नाफाको लागि व्यक्तिगत उद्देश्यमा प्रयोग गर्नु हो।
यो अपराध प्रायः आर्थिक विश्वासघातसँग जोडिएको हुन्छ, जहाँ एक व्यक्ति अर्कोको पैसा, सम्पत्ति, वा कुनै अन्य मूल्यवान वस्तुको हेरचाह गर्ने दायित्व पालना नगरी तिनको दुरुपयोग गर्छ।
नेपालको आपराधिक विश्वासघात सम्बन्धी कानुनी प्रावधान मुलुकी अपराध संहिता, २०७४ को
परिच्छेद - २१ ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर
२५२. आपराधिक विश्वासघात गर्न नहुनेः
कसैले आपराधिक विश्वासघात गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय।
२५३. आपराधिक लाभ (एक्सटर्सन) लिन नहुनेः (१) कसैले आपराधिक लाभ (एक्सटर्सन) लिन वा लिन लगाउन हुँदैन ।
आपराधिक लाभ लिएमा एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना ।
२५४. क्षतिपूर्तिःयस परिच्छेद बमोजिमको कसूरबाट कसैलाई हानि, नोक्सानी पुगेको रहेछ भने त्यस्तो कसूरदारबाट बिगो खुलेकोमा बिगो असुल गरी पीडितलाई भराई दिनु पर्नेछ र बिगो नखुलेकोमा पीडितलाई मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।
२५५. हदम्यादःयस परिच्छेद अन्तर्गतका कसूरमा त्यस्तो कसूर भएको कुरा थाहा पाएको मितिले एक वर्ष नाघे पछि उजुर लाग्ने छैन ।