29/01/2025
आज सहिद दिवस।
हाम्रो स्वतन्त्रता, लोकतन्त्र, र समानताको यात्रामा जीवन आहुति दिने ती वीर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली। उनीहरूको बलिदानले हाम्रो देशलाई नयाँ दिशा दिने जग निर्माण गर्यो।
तर, आजको नेपालको अवस्था हेर्दा, के हामीले सहिदहरूले देखेको सपना पूरा गर्न सकेका छौं? के उनीहरूको त्यागले न्याय पाएको छ? भ्रष्टाचार, बेरोजगारी, अशिक्षा, र विभाजनले हाम्रो देशलाई जकडेको यो समयमा हामीले सहिदहरूको योगदानलाई सम्मान गर्न के सही बाटोमा छौं?
आउनुहोस्, सहिदहरूको योगदानलाई सम्मान गर्दै, नेपाललाई उनीहरूले देखेको समृद्ध र न्यायपूर्ण समाज बनाउन प्रतिबद्ध बनौं।
जय देश! जय सहिदहरू!