Divorce Nepal

Divorce Nepal निसुल्क कानुनी सेवा,तपाइँको घर मै वकिल...

लिभिङ टुगेदरः लफडै लफडा२५ वर्षीया सन्ध्या पेसाले शिक्षक हुन् । उनीसँग ३४ वर्षीय साजन फेसबुकमार्फत जोडिन्छन् । सन्ध्याको ...
08/02/2026

लिभिङ टुगेदरः लफडै लफडा
२५ वर्षीया सन्ध्या पेसाले शिक्षक हुन् । उनीसँग ३४ वर्षीय साजन फेसबुकमार्फत जोडिन्छन् । सन्ध्याको मनमोहक रूप तथा आकर्षक शारीरिक बनावटबाट मन्त्रमुग्ध भएका साजन उनलाई फकाउन ब्रिटिस आर्मी भन्दै अनेकन् प्रलोभन देखाउँछन् । उनको प्रलोभनमा युवती पनि मोहित हुँदै जान्छिन् । त्यो मोहजाल केही समयमै ‘लिभिङ टुगेदर’मा परिणत हुन्छ । नयाँबजारस्थित डेरामा ‘लिभिङ टुगेदर’ रिलेसनको केही दिनको मधुरतापछि उनीहरूबीच खटपट उत्पन्न हुन थाल्छ । १८ मंसिरमा सन्ध्याले साजनविरुद्ध महानगरीय प्रहरी परिसर, महिला तथा बालबालिका सेल कालिमाटीमा बलात्कारको उजुरी दिन्छिन् ।

६ महिनाअघि काठमाडौंको पेप्सीकोलास्थित एक क्याफेमा भेट भएपछि काठमाडौंका २० वर्षीय रमेश तथा २८ वर्षीया रमिलाबीच प्रेम अङ्कुराउँछ । दुवै जना सँगै घुम्न निस्कने, ड्रिंक्स गर्ने हुँदै लिभिङ टुगेदरमा रमाउन थाल्छन् । रमेशले साथीहरूको कोठामा त कहिले आफ्नै कोठामा तीन–चार दिन रमिला सँगै बस्ने गरेको प्रहरीलाई दिएको बयानमा उल्लेख गरेका छन् । रमिलाले विवाहका लागि आग्रह गरेपछि रमेशले विदेश जाने र फर्किएपछि विवाह गर्ने अडान व्यक्त गरे । प्रेमीसँग विवाद बढेपछि ११ जेठमा रमिलाले प्रहरीमा बलात्कारको उजुरी दर्ता गरिन् । ‘गेस्ट हाउसमा राखी धाक–धम्की दिई मलाई राति पटक–पटक जबरजस्ती करणी गरी कुटपिट समेत गरेको हुँदा कानुनबमोजिम कारवाही गरिपाऊँ,’ आफ्नै प्रेमीविरुद्ध प्रहरीमा दिइएको उजुरीमा रमिलाले भनेकी छिन् । प्रेमिकाले नै बलात्कारको मुद्धा हालेपछि विदेश जाने तयारीमा रहेका रमेश अहिले पुर्पक्षका लागि जेल चलान भएका छन् ।

मकवानपुरका ३० वर्षीय श्यामबहादुरका लागि ‘लिभिङ टुगेदर’ गलपासो बन्न पुग्यो । लिभिङ टुगेदर पार्टनर ३० वर्षीया दीक्षाले जबरजस्ती बलात्कार गरेको उजुरी प्रहरीमा दिएपछि उनी अहिले पुर्पक्षका लागि जेलमा छन् । उमेर छँदै विवाह नगरेका श्यामबहादुर दुई वर्षअघि आफू बसिरहेकै घरमा डेरा गरी बस्ने दीक्षासँग नजिकिए, श्रीमान् दुर्घटनामा बितेपछि दुई सन्तान हुर्काइरहेकी दीक्षा पनि पग्लिइन् ।

उनीहरू मन मिलुन्जेल शारीरिक सम्बन्धमा रमाए । पछि दीक्षाले विवाह गरेर आफूलाई वैधानिक पत्नी बनाउन र आफ्ना सन्तानको जिम्मेवारी लिन आग्रह गरिन् । यता श्यामबहादुर त्यसका लागि तयार भएनन् । यता दीक्षा १६ चैतमा आफूलाई २३ फागुनको राति बलात्कार गरेको उजुरी बोकेर प्रहरीकहाँ पुगिन् । अझ रोचक त के भने अपाङ्गता भएकी दीक्षा महानगरीय प्रहरी परिसर टेकुमा आफ्नै उजुरीका कारण हिरासतमा रहेका श्यामबहादुरका लागि खाना लिएर पुग्ने गरेकी थिइन् । विवाह गर्ने भए मुद्दा फिर्ता लिन्छु भन्दै दीक्षाले अहिले पनि श्यामबहादुरसँग ब्लाकमेलिङ गरिरहेको बताइन्छ ।

साजन, रमेश र श्यामबहादुर मात्र होइनन्, लिभिङ टुगेदर बसेर बलात्कारको मुद्दा खेपिरहेकाहरूका आधा दर्जनभन्दा बढी केस महानगरीय प्रहरी परिसर काठमाडौंमा दर्ता छन् । ‘मिल्दा सुहागरात, नमिल्दा बलात्कार’को शैलीका यस्ता कतिपय घटनामा लिभिङ टुगेदर बस्दा बनेको शारीरिक सम्बन्धलाई आफ्नो माग पूरा गर्ने तथा कतिपय अवस्थामा विवाहका लागि ब्ल्याकमेलिङको अस्त्रका रूपमा प्रयोग गरिएको देखिन्छ । ‘लिभिङ टुगेदरमा बसेकी युवतीको माग पूरा नभएपछि युवकमाथि बलात्कारको उजुरी हालिएको अवस्था छ,’ महानगरी प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन थापा भन्छन्, ‘धेरैजसो युवा त बलात्कारमै फसेका छन्, कतिपय जेलसमेत

गएका छन् ।’

काठमाडौं प्रहरी परिसरको मुद्दा शाखा समेत हेरिरहेका थापाका अनुसार केटालाई ‘ट्रयाप’मा पार्न वा आफूले मागेजति सम्पत्ति लिन रेप केस बनाइएको पाइन्छ । लिभिङ टुगेदरमा मनमुटाव उत्पन्न भएपछि वा विवाह गर्ने प्रस्ताव पार्टनरले अस्वीकार गरेपछि महिलाहरू बार्गेनिङ गर्ने गरी केस दर्ता गर्न आउने अनुभव थापाको छ । ‘एकैपटक बलात्कार भनेर उजुरी आउँदैन, पहिले विवाद भएको निवेदन आउँछ, त्यहाँ बार्गेनिङ चल्छ, यो दिइस् भने छोड्छु नत्र छोडदिनँ । यति प्रोपर्टी चाहिन्छ अथवा मसँग विवाह गर भनेर पनि ब्ल्याकमेलिङ हुन्छ,’ थापा भन्छन्, ‘मलाई वैधानिक श्रीमती बना भनेर प्रेसर दिन्छन्, युवकले नमानेपछि बलात्कारको मुद्दा लिएर आउँछन् ।’

लिभिङ टुगेदरलाई फेक बलात्कारको नाममा ब्लाकमेलिङको अस्त्र बनाइनुका पछाडि केटाले विवाह गर्न अस्वीकार गर्नु, एक–अर्काप्रति अविश्वास, मनमुटाव, विवाद तथा आर्थिक पक्ष मुख्य कारण देखिन्छन् । यद्यपि बन्द नेपाली समाज तथा पुरानो पुस्ताको मनोवैज्ञानिक पक्षले समेत यसको कारकका रूपमा काम गरेको विज्ञहरू बताउँछन् । युवतीसम्बन्धी काम गर्ने संस्था गल्र्स नट ब्राइड नेपालका संस्थापक महासचिव खेम कार्की लिभिङ टुगेदरमा ब्रेक हुनु र यसलाई बलात्कार बनाइनुका पछाडिको मुख्य मनोवैज्ञानिक कारण पुस्तान्तरणलाई मान्छन् । ‘यो मान्छेसँग बसियो भने समस्या हुन्छ भन्ने भएपछि छुट्टिन बलात्कारको मुद्दा हाल्ने वा ब्लाकमेलिङ गर्ने गरिएको पाइन्छ,’ कार्की भन्छन्, ‘यसका पछाडिको मुख्य मनोवैज्ञानिक कारण पुस्तान्तरण नै हो । नयाँ पुस्ताकाहरू लिभिङ टुगेदरमा बस्छन् तर अभिभावकहरूले त्यसैलाई अपराध मान्ने प्रवृतिका कारण मुद्दासम्म पुग्छन् ।’

मनोविद् करुणा कुँवरको बुझाइ पनि डा. कार्कीकै जस्तो छ । कुँवर सम्बन्धमा देखा पर्ने फरकपन, घरेलु हिंसा, सम्बन्धलाई लङ टर्म लाने विषयमा देखिने विवाद आदिजस्ता कारणले लिभिङ टुगेदरमा बसेका महिलाहरू बलात्कारको चार्ज लगाउने अवस्थामा पुग्ने कुरा बताउँछिन् । ‘लिभिङ टुगेदरमा एउटाले लङ टर्म सोच्ने र अर्कोले लङ टर्म नसोच्ने । कल्चरल एस्प्याक्टमा नेपालमा महिलाहरू लिभिङ टुगेदर बसेपछि विवाह गर्नुपर्छ, लङटर्म जानुपर्छ भन्ने सोच्छन्,’ कुँवर भन्छिन्, ‘तर पुरुषले त्यसमा डिनाइ गरिदिँदा चार्ज लगाउने ठाउँ सिर्जना हुन्छ ।’ कुँवरका अनुसार लिभिङ टुगेदर बस्दादेखि नै दुवै जनाबीच भोलिका लागि पूर्ण रूपमा तयारी नहुनु, प्रशस्त छलफल नचलाइनु, अरूले थाहा पाएर महिलालाई गाह्रो पर्ने अवस्था सिर्जना हुनु, महिलाको विवाहको उमेर घर्किनुजस्ता कारणले पनि उनीहरू लङ टर्म रिलेसनका पक्षमा हुन्छन्, तर पुरुषले त्यसलाई अस्वीकार गर्नेबित्तिकै त्यसले समस्याको रूप लिन्छ ।



काठमाडौं, पोखरा, धरान, विराटनगर, नेपालगन्ज, बुटवल, धनगढीजस्ता सहरमा लिभिङ टुगेदर फस्टाउँदो क्रममा देखिन्छ । मन मिलेका बेला लिभिङ टुगेदर बस्ने र मन फाटेका बेला बलात्कारको उजुरी दिने क्रम पनि उत्तिकै छ । आखिर किन यस्तो हुन्छ त ? ‘लिभिङ टुगेदरमा काठमाडौं बाहिरबाट आउने मानिसहरू बढी देखिन्छन् । केटीहरू अभिभावकको अनुपस्थितिमा लिभिङ टुगेदरमा बस्छन्,’ कार्की भन्छन्, ‘अभिभावकले थाहा पाएपछि उनीहरूलाई छुटाउन पनि बलात्कारको मुद्दा हालिएको पाइन्छ ।’

हतारमा सम्बन्ध बनाउने र फुर्सदमा पछुताउने युवायुवतीको शैलीका कारण यस्ता घटना घट्ने थापाको तर्क छ । लिभिङ टुगेदर बस्नुपूर्व भविष्यका विषयमा प्रशस्त छलफल नहुनु, छिट्टै विश्वास गरेर रिलेसन सुरु गर्नु, विवाहका बारेमा स्पष्ट नहुनु, परिवारको मतलाई काट्न नसक्नु र सारत: लिभिङ टुगेदरलाई विस्तृत छलफलको विषय नबनाई सँगै बस्न हतार गर्नुजस्ता कारणले नेपालमा ‘लिभिङ टुगेदर सम्बन्ध दुर्घटित’ भएको पाइन्छ । विज्ञहरू यो गलत ट्रेन्डले वास्तविक बलात्कारका केसलाई समेत छायाँमा पार्नेतर्फ सचेत रहनुपर्ने बताउँछन् ।

महिला पनि पीडित

काभ्रेकी एक २३ वर्षीया युवती ब्याचलर्स पढ्ने क्रममा काठमाडौंमा डेरा गरी बस्थिन् । उनका बुवाआमा दुवै रोजगारीका सिलसिलामा दुबईमा थिए । कलेजमा उनी आफ्नै सहपाठीसँग प्रेममा परिन् । चितवनका उनका प्रेमी पनि काठमाडौंमा डेरामै बस्थे । पछि दुवै सँगै बस्न थाले । झन्डै डेढ वर्ष सँगै बसेपछि युवतीका प्रेमीले उनीमाथि कुटपिटलगायतका अत्याचार गर्न थाले । सुरुका केही दिन उनले सहिन् । उनको अत्याचार झन्–झन् बढेपछि ती युवती प्रहरीकहाँ पुगिन् । पछि प्रहरीले उनका प्रेमीलाई सम्झाइ–बुझाइ फर्कायो ।

यो त एउटा उदाहरण मात्र हो । लिभिङ टुगेदरमा बसेका युवतीहरू घरेलु हिंसाको सिकार भएका यस्तै प्रकृतिका तीन दर्जनभन्दा बढी निवेदन काठमाडौं प्रहरी परिसरमा छन् । प्रहरीका अनुसार लिभिङ टुगेदरमा बसेका युवतीहरूमाथि कुटपिट, गाली–गलौज मात्र होइन, यौनजन्य हिंसा पनि हुने गरेको छ । नेपाली समाजमा लुकाउनुपर्ने सम्बन्ध भएका कारण यस्ता घटनामा पीडितमध्ये कति त प्रहरीसम्मै पुग्दैनन् । केही पुगिहाले पनि आफ्ना प्रेमीलाई श्रीमान्का रूपमा प्रस्तुत गरेर उसले आफूमाथि घरेलु हिंसा गर्ने गरेको उजुरी प्रहरीलाई दिन्छन् । यसबाहेक पुरुषले सन्तान स्वीकार नगर्ने, सन्तान छाडेर भाग्ने, पटक–पटक गर्भपतन गर्न लगाएपछि विवाह नगरी छाड्नेजस्ता समस्याको सिकार पनि महिलाहरू नै हुने गरेका छन् ।

लिभिङ टुगेदरमा रहँदाको अश्लील भिडियो बनाउने र पछि त्यसैलाई हतियार बनाएर ब्लाकमेलिङ अनि चरित्रहत्या गरिएका घटना पनि प्रहरीकहाँ प्रशस्तै छन् । लिभिङ टुगेदरमा रहने महिलाहरूको पीडा घरेलु तथा यौनजन्य हिंसामा मात्र सीमित छैन । नेपालमा गैरकानुनी र अवैध मानिने लिभिङ टुगेदर रिलेसनका कारण कहिलेकाहीं आत्महत्या र हत्यासम्मका घटनासमेत घटेका छन् । २१ वैशाख २०७३ मा लिभिङ टुगेदरमा रहेकी नुवाकोटकी १८ वर्षीया अन्जना थापाले आफ्नो ज्यानै गुमाइन् । उनले ज्यान गुमाउनुको कारण तीन वर्ष लामो लिभिङ टुगेदर थियो । अन्जना र उनका लिभिङ टुगेदर पार्टनर २८ वर्षीय श्याम श्रेष्ठबीच मोबाइलका विषयमा झगडा भएपछि श्यामले अन्जनाको हत्या गरेका थिए । यस्तै गत वैशाखमा गोरखाकी पूर्णिमा विकको पनि उनकै लिभिङ टुगेदर पार्टनर पर्साका विजय तामाङले गरे । सम्बन्धमा देखिएको मनमुटाव नै पूर्णिमाले ज्यान गुमाउनुको कारण थियो ।

(व्यक्तिको निजत्वको सम्मान गर्दै यो आलेखमा उल्लेखित पात्रहरूको नाम परिवर्तन गरिएको छ ।)



कानुन निर्माण नै समस्या समाधान हो

लिभिङ टुगेदर किन बलात्कार बन्छ ?

मिल्दा लिभिङ टुगेदरमा बस्ने, सम्बन्धमा फाटो आएपछि केटीले आर्थिक लाभ प्राप्त गर्न डिमान्ड गर्ने गरेको देखिन्छ । विभिन्न कारणजस्तै आर्थिक कारण केटाकेटीको तेस्रो व्यक्तिसँग एक्स्टा अफेयर्स सुरु भएपछि मनमुटाव सुरु हुन्छ । विवाहको जस्तो लिभिङ टुगेदरमा केही प्रमाण पनि हुँदैन, अंश हक लिने कुरा पनि हुँदैन । त्यसैले केटालाई ट्रयापमा पार्न वा आफूले भनेजति सम्पत्ति लिन रेपलाई हतियार बनाइन्छ ।

यसले समाजमा कस्तो चुनौती खडा गरिरहेको छ ?

ठूलो चुनौती खडा गरिसकेको छ । यसमा सबै कुरा अवैध हुन्छ । पहिलो कुरा जसरी लिभिङ टुगेदर बसिरहेका छन्, यो केटा र केटीबीचको सम्झौता नै गैरकानुनी छ । कानुनले यसलाई मान्यता प्रदान गरेको छैन । यो चीज नै गैरकानुनी भएपछि यसबाट निस्कने जति पनि परिणाम हुन्छन्, स्वत: अवैध हुने भैहाले । बच्चा जन्मियो भने त्यो पनि अवैध हुने भयो, उसले कोबाट नागरिकता लिने, कसको नाममा जन्म दर्ता गर्ने ? बुवा कसलाई मान्ने भन्ने समस्या खडा हुने भयो । यो सम्बन्ध नै अवैध भएपछि यसबाट निस्कने हरेक परिणाम अवैध हुन्छन् । यसले कानुनी तथा व्यवहारिक समस्या मात्र सिर्जना गरेको छैन, ठूला—ठूला अपराधसमेत जन्माउन सक्छ ।

नेपालमा पनि लिभिङ टुगेदरको चलन बढिरहेको छ । मुख्य कारण के हो ?

ढिलो विवाह गर्ने प्रचलन पनि एउटा कारण हो । वैदेशिक रोजगारीलगायत विभिन्न सिलसिलामा मानिसहरू विदेश जाने भएकाले विदेशको देखासिकी अर्को कारण हो, त्यहाँ त कानुनी मान्यता पनि छ । यो हाम्रा लागि अर्काको कल्चर एडप्ट गरिएको पनि हो । स्वतन्त्रता, सेयर गरेर बस्ने कल्चर, वैदेशिक रोजगार आदि पनि यसका कारण हुन् ।

कानुनी रूपमा कस्ता समस्याहरू छन् ?

कानुनी रूपमा त यसबाट निस्कनै समस्या छ । बच्चा जन्मिएपछि अर्कै ठूलो समस्या छ । नाता, लोग्ने–स्वास्नीको सम्बन्ध, सामाजिक मान्यतालगायतका कुराहरूमा पनि तगारा छन् । लिभिङ टुगेदर बस्नेलाई नराम्रो मानेर काठमाडौंका घरबेटीले पनि त्यस्तो सम्बन्ध थाहा पाए घरबाट निकालिदिन्छन् । विवाह नगरी सँगै बस्ने कुरालाई हाम्रो सोसाइटीले पचाइसकेको छैन् । लिभिङ टुगेदरमा सबैतिर तनाव छ ।

समस्या पुरुषलाई बढी छ कि महिलालाई ?

दुवैलाई चुनौती छ । केटाले दुई–तीन वर्ष राख्ने, विवाह नगर्ने, छाडिदिने र अलपत्र पार्नेसम्मको चुनौती हुन्छ । परिवार र समाजले थाहा पायो भने महिलाको विवाह नहुने सम्भावना हुन्छ । केटाहरू त धेरैजसो बलात्कारमै फसेका छन् । लिभिङ टुगेदर बसेपछि युवतीको माग पूरा नभएको अवस्थामा रेपको उजुरी हालिएका घटना प्रशस्तै छन् । कतिपय जेल पनि गएका छन् । लिभिङ टुगेदर रिलेसन ब्रेक हुनेबित्तिकै दुवैलाई समस्या छ ।

यसको समाधानको उपाय के हुन सक्छ ?

यो विषयमा कानुन निर्माण हुनुपर्छ, कि यसलाई अवैध घोषणा गर्नुपर्‍यो । हाम्रोमा त कानुन नै छैन, बस्न पाउने भन्ने पनि छैन, नपाउने भन्ने पनि छैन । बस्नेहरू बसिरहेका छन्, यस्तो चलन दिन–प्रतिदिन बढिरहेको छ ।
M

जिल्ला अदालतका न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस !हार्दिक बधाइ एवम् शुभकामना🙏
29/12/2025

जिल्ला अदालतका न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस !
हार्दिक बधाइ एवम् शुभकामना🙏

मुद्दा दोहोर्याई पाऊँ भन्ने समबन्धमा देवानी प्रकृतिको मुद्दाको हकमा उच्च अदालतबाट फैसला प्रमाणीकरण भएको मितिले ६ महिना स...
26/12/2025

मुद्दा दोहोर्याई पाऊँ भन्ने समबन्धमा देवानी प्रकृतिको मुद्दाको हकमा उच्च अदालतबाट फैसला प्रमाणीकरण भएको मितिले ६ महिना सम्ममा नक्कल लिएको मितिले ४५ दिनभित्र र फौजदारी प्रकृतिको मुद्दामा उच्च अदालतबाट फैसला प्रमाणीकरण भएको मितिले एक वर्ष सम्ममा नक्कल लिएको मितिले ४५ दिनभित्र मुद्दा दोहोर्याई हेरी पाऊँ भन्ने निवेदन दर्ता गरी सक्नुपर्ने तथा सो म्याद नाघि आएमा दोहोर्याई पाऊँ भन्ने निवेदन दर्ता नहुने भन्ने पुर्ण ईजलासबाट भएको फैसला

काठमाण्डौ महानगरका मेयर बालेन साहका पिता रामनारायण साहप्रति हार्दिक श्रद्दान्जली💐शोकसन्तप्त परिवारमा गहिरो समवेदना🙏
01/12/2025

काठमाण्डौ महानगरका मेयर बालेन साहका पिता रामनारायण साहप्रति हार्दिक श्रद्दान्जली💐शोकसन्तप्त परिवारमा गहिरो समवेदना🙏

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजले शनिबार आफ्नी पार्टनर जोडी हेडनसँग क्यान्बेरास्थित प्रधानमन्त्री कार्यालयमै ...
29/11/2025

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बनीजले शनिबार आफ्नी पार्टनर जोडी हेडनसँग क्यान्बेरास्थित प्रधानमन्त्री कार्यालयमै विवाह गरेका छन्, जससँगै उनी पदमा रहँदै विवाह गर्ने अस्ट्रेलियाका पहिलो प्रधानमन्त्री बनेका छन्। ६२ वर्षीय अल्बनीज र ४६ वर्षीया हेडनबीच २०२० मा मेलबर्नको एक व्यापारिक कार्यक्रममार्फत भेट भएको थियो, र २०२४ को फेब्रुअरीमा इन्गेजमेन्ट भएको थियो। दम्पत्तीले पोस्टमार्फत “Married.” भन्दै खबर दिएका छन् र हनिमुनका सबै खर्च उनीहरूले आफैँ व्यहोर्ने बताएका छन्। यो अल्बनीजको दोस्रो विवाह हो भने हेडनको पहिलो विवाहबारे सार्वजनिक जानकारी खुलाइएको छैन।

अल्बनीजको व्यक्तिगत जीवन पनि निकै चर्चित छ। क्याम्परडाउनमा क्याथोलिक परिवारमा जन्मिएका उनले १४ वर्ष पुग्दासम्म बुवाको बारेमा सुनेको कथा वास्तविक नभएको थाहा पाए—आमाले इटाली यात्राका क्रममा भेटेर विवाहबिना नै उनलाई जन्माएका हुन्। आमाको निधनपछि मात्र उनले आफ्ना बुवा कार्लोलाई खोजेर भेटे। १२ वर्षमै आन्दोलनको नेतृत्वदेखि २२ वर्षमा लेबर पार्टीमा प्रवेश, १९९६ मा राष्ट्रिय राजनीतिमा प्रवेश र २०२२ मा प्रधानमन्त्री बन्ने यात्रासम्म उनको राजनीतिक जीवन उतार–चढावपूर्ण रह्यो।

29/08/2025

विवादको मुख्य कारण हो — अपारदर्शी प्रक्रिया र असमावेशी नियुक्ति।

भाषा समाप्त भएको दिन राष्ट्र समाप्त हुन्छ। चीन, जापान लगाएत अधिकांश युरोपियन रास्ट्रहरुमा आफ्नै देशको भाषालाइ किन प्राथम...
27/08/2025

भाषा समाप्त भएको दिन राष्ट्र समाप्त हुन्छ। चीन, जापान लगाएत अधिकांश युरोपियन रास्ट्रहरुमा आफ्नै देशको भाषालाइ किन प्राथमिकमा दिइएको? यो सरासर बिकाउ अभिव्यकी भन्नलाइ कुनै पनि युक्ति बाँकी नरहला। भाषाजस्तो विषयलाई सरकार तथा मन्त्रालयले यसरी गौण अविव्यक्ती दिनु अत्यन्तै लाचारीता र गैर-संवैधानिक विषय हो। यो पनि सार्वभौममिकता, स्वाधिनतामा, अखण्डता, एकता, रास्ट्रियतामा खलल पुर्याइ उपनिवेश तथा रास्ट्रघातलाई मौलाउने खेल हो । यसमा हाम्रो घोर आपत्ती छ। विश्वभित्र देश, रास्ट्र, भाषा, धर्म तथा रास्ट्रियतामा बडो भू-राजनितिक शक्ति लुकेको हुन्छ जहाँ शक्तिशाली रास्ट्रले हरदम कम शक्तिशाली रास्ट्रलाई प्रहार गर्छ । कसैले यो पाठ सिकाइदिनुहोला । भोली आफैंले आफैंलाई धिक्कार्ने काम कोहि कसैले नगर्नु।

यो अभियान व्यापक बनाऔँ । सशक्त आन्दोलन घोषणा गरौँ ।
25/08/2025

यो अभियान व्यापक बनाऔँ । सशक्त आन्दोलन घोषणा गरौँ ।

24/08/2025

यस फैसलाले सौतेनी आमा र सन्तानका सम्बन्ध, दोस्रो विवाह गरेको तर विवाह दर्ता कायम नभएको अवस्थामा लोग्ने स्वास्नी .....

हिजो माओबादीका कोटाबाट टेबिल ठोकेर यति मान्छे हामीलाई चाहिन्छ भनेर पठाएका लाई /  गएकालाई फिर्ता बोलाउनु होस । सक्नु हुन्...
24/08/2025

हिजो माओबादीका कोटाबाट टेबिल ठोकेर यति मान्छे हामीलाई चाहिन्छ भनेर पठाएका लाई / गएकालाई फिर्ता बोलाउनु होस । सक्नु हुन्छ ? उहाँहरूलाई सोध्नुहोस घुस खान्छन कि सुख्खा रोटी ?

24/08/2025

शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले चार वटा बुँदामा कारण देखाउन भनेर विपक्षी प्रधानमन्त्री ओलीसहि.....

21/08/2025

अमेरिकाले नेपालीलाई गिदै आएको TPS टेम्पोररी प्रोटेक्टेड स्टाटस सुविधा हटाउन अमेरिकाको एक अपिलेट अदालतले सरकारलाई बाटो खोलिदिएको छ। यसअघि अमेरिकाको तल्लो अदालतले सरकारको TPS हटाउने निर्णयबिरूद्ध रोक लगाउने आदेश दिएको थियो। यसबिरूद्ध ट्रम्प प्रशासनले अपिल गरेपछि उच्च अदालतले तल्लो अदालतको स्टे-अर्डर फुकुवा गरेको हो। अब अमेरिकामा रहेका TPS सुविधा प्राप्त ७००० नेपालीलाई सरकारले नेपाल फर्काउन सक्नेछ।
यसको अर्को पूर्ण सुनुवाइ नोभेम्बर १८ का लागि तोकिएको छ।

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779851222024

Website

Alerts

Be the first to know and let us send you an email when Divorce Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Divorce Nepal:

Share