Kantipur Law Associates Pvt. Ltd.

Kantipur Law Associates Pvt. Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kantipur Law Associates Pvt. Ltd., Baggikhana, Putalisadak, Kathmandu.

20/09/2024

काठमाडौं । पैसा भए के हुँदैन त्रिपुरेश्वरस्थित कम्पनी रजिष्टारको कार्यालयमा गए थाहा हुन्छ । त्यस कार्यालयमा का.....

एक सय रुपैयाँ पूँजीमै कसरी खुल्छ कम्पनी ?
31/05/2023

एक सय रुपैयाँ पूँजीमै कसरी खुल्छ कम्पनी ?

१७ जेठ, काठमाडौं । १५ जेठमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दा घोषणा...

29/05/2021

२०७7/७8 को आयमा वार्षिक 20 लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई 90 प्रतिशत, वार्षिक 20 लाख रुपैयाँदेखि 50 लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई 75 प्रतिशत र वार्षिक 50 लाखदेखि 1 करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई 50 प्रतिशतले आयकर छुट दिने व्यवस्था मिलाएको छु।
कोभिड- 19 बाट अत्याधिक प्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग, यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र सञ्‍चार गृहको करयोग्य आयमा 1 प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर 10 वर्ष पुर्‍याएको छु।
कम्पनी ऐन, 2063 तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, 2014 अनुसार आर्थिक वर्ष २०७५/७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नविकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल असोज मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिने व्यवस्था गरेको छु।
आयकर ऐन, 2058, मूल्य अभिवृद्धि कर ऐन, 2052 र अन्त:शुल्क ऐन, 2058 बमोजिम 2077 साल असार मसान्तभित्र भएको कर निर्धारण उपर चित्त नबुझाई आन्तरिक राजस्व विभाग वा राजस्व न्यायाधिकरण वा अदालतमा विचाराधीन मुद्दामध्ये झुट्टा तथा नक्‍कली विजहेकका मुद्दा सम्बन्धित करदाताले फिर्ता लिई निर्धारित कर र सोमा लागेको व्याजको 50 प्रतिशत रकम 2078 मंसीर मसान्तसम्म बुझाएमा बाँकी व्याज, शुल्क, थप दस्तुर र जरिवाना मिनाहा हुने व्यवस्था मिलाएको छु।
आयकर ऐन, 2058, मूल्य अभिवृद्धि कर ऐन, 2052 र अन्त:शुल्क ऐन, 2058 बमोजिम बक्यौता रहेको 2076 असार मसान्तसम्मको कर रकम र सोमा लागेको व्याज 2078 पुस मसान्तभित्र दाखिला गरेमा शुल्क, जरिवाना तथा थप दस्तुर मिनाहा हुने व्यवस्था गरेको छु।
आर्थिक वर्ष 2077/78 मा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले स्थापना गरेको कोभिड- 19 संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा योगदान गरेको रकम उक्त वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने व्यवस्था गरेको छु।
आर्थिक वर्ष 2077/78 मा व्यावसायिक सामाजिक जिम्मेवारी बहन गर्ने प्रयोजनका लागि छुट्याइएको रकममध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको विशिष्टीकृत अस्पताल निर्माण वा तोकिएको स्वास्थ्य संस्थालाई उपलब्ध गराएको कोभिड- 19 को उपचारसँग सम्बन्धित स्वास्थ्य उपकरण तथा सामग्रीमा भएको खर्च आयकर गणना प्रयोजनका लागि कट्टी गर्न दिने व्यवस्था मिलाएको छु।
निवृत्तभरण वापतको करयोग्य आय गणना गर्दा थप 25 प्रतिशत रकम छुट दिने व्यवस्था मिलाएको छु।
करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपी ग्याँसको खरिदमा तिरेको मूल्य अभिवृद्धि कर कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु। ढुवानी सेवा, ढुवानी साधनको भाडा, कार्गो सेवा, ई-लाइव्रेरी सेवा, निक्षेप सुरक्षण शुल्क, ट्रेकिङ्ग तथा टुर प्याकेज, साइलो तथा साइलो प्रयोगको सेवा शुल्क र उत्पत्तिको प्रमाण-पत्र जारी गर्दा लाग्ने शुल्कमा मूल्य अभिवृद्धि कर छुट दिएको छु।
वण्डेड वेयरहाउसको सुविधा अन्तर्गत निर्यातमूलक उद्योगले बैंक ग्यारेन्टीमा आयात गरेको कच्चा पदार्थबाट उत्पादित वस्तु समयमै निर्यात गर्न नसकेका उद्योगको लागि निर्यात गरी बैंक ग्यारेन्टी फुकुवा गर्ने म्याद 2078 चैत्र मसान्तसम्म बढाएको छु।
अक्सिजन ग्याँस, लिक्विड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य जीवनदायक सामग्री र औषधी आयात, उत्पादन तथा विक्री वितरणमा लाग्ने भन्सार महसूल, मूल्य अभिवृद्धि कर र अन्त:शुल्क 2078 पुस मसान्तसम्म छुट दिएको छु।
विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीय सवारी साधनको आयातमा अन्तःशुल्क पुरै खारेज गरी भन्सार महसुल समेत उल्लेख्य मात्रामा घटाएको छु।
इन्डक्सन चुल्होको भन्सार महसुल दर घटाएर 1 प्रतिशत कायम गरेको छु। रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर, पङ्खा लगायतका विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाएको छु।
शिशु स्वास्थ्य र पोषणलाई बढावा दिन बच्चाले खाने दुधको भन्सार महसुल 50 प्रतिशत घटाएको छु।
यस्तै, सरकारले करको दायरा पनि विस्तार गरेको छ । जुन यसप्रकार छ:

मूल्य अभिवृद्धि करको दर यथावत् राखेको छु। भन्सार महसूलका दरहरुमा सामान्य समायोजन गरेको छु। मदिरा, वियर, वाइन, चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्त:शुल्क वृद्धि गरेको छु।
छुटको सीमाभन्दा बढी करयोग्य वस्तु तथा सेवाको कारोबार गर्ने करदातालाई मूल्य अभिवृद्धि करको दायरामा ल्याइनेछ। मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमश: अनिवार्य रुपमा विद्युतीय प्रणालीबाट विजक जारी गर्नुपर्ने व्यवस्था मिलाइनेछ।
साना करदातालाई लाग्दै आएको करको दर यथावत राखी पूर्वानुमानित आय विवरण बुझाउने कारोवारको सीमा रु. 20 लाखबाट रु. 30 लाख पुर्‍याएको छु। कारोबारमा आधारित कर बुझाउने करदाताको कारोबारको सीमा रु. 50 लाखबाट रु. 1 करोड पुर्‍याएको छु। सामुहिक लगानी कोषको आयमा कर नलाग्ने व्यवस्था गरेको छु।
डेविट कार्ड, क्रेडिट कार्ड, क्यूआरकोड, स्क्यानटुपे लगायत अन्य विद्युतीय माध्यमबाट भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि करको 10 प्रतिशतले हुने रकम उपभोक्ताले तत्काल फिर्ता पाउने व्यवस्था कार्यान्वयन गरिनेछ।
औद्योगिक संरक्षण तथा लगानी प्रवर्द्धन
स्वदेशी उद्योगको संरक्षणका लागि औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी वस्तुको भन्दा कम्तिमा 1 तह कम हुने व्यवस्था मिलाएको छु। आन्तरिक उत्पादनका केही वस्तुमा लाग्दै आएको अन्त:शुल्क हटाएको छु।
चिया, जुट, चलचित्र, पश्मिना, ह्याचरी उद्योग र कृषि तथा नर्सरी फर्ममा प्रयोग हुने यन्त्र उपकरण र पार्ट पुर्जाको भन्सार महसुल छुट दिएको छु। नेपालमा दर्ता भएका सिपिङ्ग कम्पनीले कन्टेनर आयात गर्दा लाग्ने भन्सार महसुल घटाएको छु।
कृषिको व्यावसायीकरण गरी उत्पादन र रोजगारी वृद्धि गर्न व्यवसायिक कृषि आयमा लाग्ने करमा 50 प्रतिशत छुट दिएको छु। सामूहिक व्यावसायिक खेती गर्ने कृषि सहकारी संस्थाले आयात गर्ने एउटा ढुवानीको साधनमा लाग्ने भन्सार महसुलमा 50 प्रतिशत छुट दिएको छु।
कोभिड महामारीपछिको आर्थिक पुनरूत्थानलाई तीब्रता दिन आगामी आर्थिक वर्षको साउन १ गतेदेखि स्थापना हुने उत्पादनमुलक विशेष उद्योगको लागि संस्थागत आयकरको दर 5 वर्षभित्र 15 प्रतिशतमा कायम गर्ने गरी प्रत्येक वर्ष 1 प्रतिशत विन्दूले घटाउँदै जाने नीति अवलम्बन गरिनेछ।
स्टार्टअप व्यवसायलाई कारोबार सुरु गरेको मितिले 5 वर्षसम्म लाग्ने आयकरमा शत प्रतिशत छुट दिएको छु। निजी क्षेत्रका उद्योग प्रतिष्ठानले बढीमा 5 वटा स्टार्टअप व्यवसायलाई प्रति व्यवसाय रु. 1 लाखसम्मको बीउ पुँजी उपलब्ध गराएमा सो रकम करयोग्य आय गणना गर्दा कट्टी गर्न पाउने व्यवस्था मिलाएको छु।
स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई विक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा 20 प्रतिशत छुट दिने र विशेष उद्योगले निकासी गरी प्राप्त गरेको आयमा 10 प्रतिशत मात्र कर लाग्ने व्यवस्था मिलाएको छु।
बैंकहरूले विदेशी वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानीमा लाग्ने अग्रिम करको दर घटाएको छु। सहकारी बैंक तथा सहकारी संघ संस्थाले एक आपसमा ऋण लगानी बापत तिरेको ब्याजमा अग्रिम कर कट्टी गर्न नपर्ने व्यवस्था गरेको छु।
वातावरणमा प्रत्यक्ष असर पार्ने प्रयोग भइसकेका वस्तु मात्र कच्चा पदार्थका रुपमा प्रयोग गरी नयाँ वस्तु उत्पादन गर्ने उद्योगलाई कारोबार शुरु गरेको मितिले पहिलो 3 वर्षसम्म लाग्ने आयकरको 50 प्रतिशत र थप 2 वर्षसम्म 25 प्रतिशत छुट हुने व्यवस्था गरेको छु।
औद्योगिक क्षेत्र वा औद्योगिक ग्राम बाहिर सञ्‍चालनमा रहेका उद्योग औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थानान्तरण भएमा उत्पादन शुरू भएको 3 वर्षसम्म आयकरमा 50 प्रतिशत र त्यसपछिको 5 वर्षसम्म 25 प्रतिशत छुट दिने व्यवस्था गरेको छु।

Reshma Buddhacharya धेरै राम्रो लेख रचना !
08/11/2019

Reshma Buddhacharya धेरै राम्रो लेख रचना !

विषय प्रवेश राज्यको एउटा प्रमुख अंगको रुपमा रहेको न्यायपालिकाको मूल उदेश्य नै न्याय सम्पादन गर्नु हो । न्यायको य...

कम्पनी दर्ता गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ महशुलदरनेपाल सरकारले कम्पनी ऐन, २०६३ को देहायका दफाहरुको प्रयोजनको लागि देह...
11/11/2016

कम्पनी दर्ता गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ महशुलदर

नेपाल सरकारले कम्पनी ऐन, २०६३ को देहायका दफाहरुको प्रयोजनको लागि देहाय वमोजिमको दस्तुर तोकेको छ ।

कम्पनी संस्थापना प्रायोजनको लागि :

दर्ता भैसकेको कम्पनीले पूँजी वृद्धि गरेमा के गर्ने ?

कुल पुँजीको दस्तुरबाट पहिले तिरिसकेको दस्तुर घटाएर बाँकी रहेको दस्तुर नयाँ शुल्क अनुसार बुझाउनुपर्छ ।

घ) कम्पनी ऐन, २०६३ ले थप व्यवस्था गरेका दस्तुर यसप्रकार छ ।

१. दफा १३ को उपदफा (२) र (४) को प्रयोजनको लागि प्रा.लि.बाट प.लि.मा र प.लि.बाट प्रा.लि. मा परिणत गर्दा नयाँ दर्ता गर्दा लाग्ने दस्तुरको ५० प्रतिशत रकम ।

२. दफा २१ को उपदफा (३) को प्रयोजनको लागि कम्पनीको नाम परिवर्तन गर्दा लाग्ने दस्तुर नयाँ दर्ता गर्दा लाग्ने प्रचलित दस्तुरको २५ प्रतिशत वा बढिमा रु. ५ हजार ।

३. दफा २३ को उपदफा (६) र दफा २५ को उपदफा (२) को प्रयोजनको लागि प्रतिलिपि दस्तुर प्रतिपेज रु. १० ।

४. दफा ५६ को उपदफा (३) को प्रयोजनको लागि शेयर पूँजी वृद्धिमा लाग्ने दस्तुर । दफा ५६.१ (क) र (ख) को पूँजी वृद्धिको हकमा हाल कायम हुने अधिकृत पूँजीमा साविकमा तिरेको रजिष्ट्रेशन दस्तुर कट्टी गरी वाँकी हुन आउने रकम । दफा ५६.१ (ख) अनुसार साविक पूँजीमा हेरफेर नभएमा वा कमी भएमा र दफा ५६ .१ (ग) को हकमा रु. १ हजार ।

५. दफा १२४ को उपदफा (१) को प्रयोजनको लागि निरीक्षकको प्रतिवेदनको प्रतिलिपि पाउन लाग्ने दस्तुर रु. १ सय ।

६. दफा १३६ को उपदफा (१) को खण्ड (क) र दफा १५८ को उपदफा (१) को प्रयोजनको लागि कम्पनीको दर्ता

खारेज गर्दा लाग्ने दस्तुर रु. १० लाख रुपैयाँसम्म चुक्ता पूँजी भएको कम्पनी भए रु. १ हजार र सो भन्दा बढी चुक्ता पूँजी भएमा रु. ५ हजार ।

क) प्राईभेट लिमिटेड र पब्लिक लिमिटेड कम्पनीको हकमा

चुक्ता पुँजीको १ प्रतिशत रकम तिरेर कम्पनी खारेज गर्न सकिने गरी ऐन संशोधन गरिंदै http://bit.ly/2dUWZ1b
17/10/2016

चुक्ता पुँजीको १ प्रतिशत रकम तिरेर कम्पनी खारेज गर्न सकिने गरी ऐन संशोधन गरिंदै http://bit.ly/2dUWZ1b

काठमाडौं : सरकारले दर्ता भई लामो समयसम्म विवरण पेस नगरेका कम्पनीलाई खारेजीको अवसर दिने भएको छ । सरकारले कम्पनी ऐन ०७३ को पहिलो संशोधनमार्फत खारेजीको प्रक्रिया सरलीकरण गर्न लागेको हो ।…

19/05/2016

Corporate Lawer

नेपाली कांग्रेसको १३ औ माहाधिबेसनबाट सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवाज्युलाइ भारी मत लिइ निर्वाचित हुनु भएकोमा  आफनो...
08/03/2016

नेपाली कांग्रेसको १३ औ माहाधिबेसनबाट सभापतिमा वरिष्ठ नेता शेरबहादुर देउवाज्युलाइ भारी मत लिइ निर्वाचित हुनु भएकोमा आफनो कार्यकालको सफलताको लागि बधाइ तथा शुभकामना बक्त गर्द्छु ! जय नेपाल

29/02/2016
आन्तरिक राजश्व विभागको सुचना
09/11/2015

आन्तरिक राजश्व विभागको सुचना

29/09/2015

Address

Baggikhana, Putalisadak
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
18:00 - 19:00
Tuesday 09:00 - 17:00
18:00 - 19:00
Wednesday 09:00 - 17:00
18:00 - 19:00
Thursday 09:00 - 17:00
18:00 - 19:00
Friday 09:00 - 17:00
18:00 - 19:00
Saturday 09:00 - 17:00
18:00 - 19:00
Sunday 09:00 - 17:00
18:00 - 19:00

Telephone

9851029668

Website

Alerts

Be the first to know and let us send you an email when Kantipur Law Associates Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Kantipur Law Associates Pvt. Ltd.:

Share