20/12/2025
उध्याेग वाणिज्य कानून ब्यवसायी संघकाे दाेश्राे वार्षिक साधारण सभा संघका अध्यक्ष सम बहादुर भट्ट ज्यूकाे सभापतीत्वमा नेपाल बार एशाेसिएशनकाे अध्यक्ष प्राध्यापक वरिष्ठ अधिवक्ता विजय प्रसाद मिश्र ज्यू प्रमूख आतिथीकाे रुपमा उपस्थित भै भब्य रुपमा संचालन भयाे । सभामा स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष राम प्रसाद चापागाई र कार्यक्रम संचालन संघका महासचिव भगिरथ दुलालले गर्नुभएकाे थियाे । विशेष अतिथीकाे रुपमा नेपाल वारका उपाध्यक्ष सरस्वती श्रेष्ठ, तेज रावल, काेषाध्यक्ष, जगत बहादुर , सर्वाेच्व वारका अध्यक्ष अम्मर राउत ,उपत्यका भित्रका वारका अध्यक्ष सहितका पदाधिकारीकाे वाक्लाे उपस्थिती रहेकाे थियाे ।
सभाकाे दाेश्राे सत्रमा वार्षिक प्रतिवेदन तथा लेखा प्रतिवेदन पारित गरियाे ।