Sri Sathya Sai International Organization Nepal .

Call Directions

Sri Sathya Sai International Organization Nepal . The Sri Sathya Sai International Organization (SSSIO) of Nepal is a free, non-denominational voluntary organization.

It was founded by Bhagawan Sri Sathya Sai Baba outside India.

29/09/2026

Sathya Sai Centre Bhaktapur
शिरडी साई प्राण प्रतिष्ठा कार्यक्रम
वर्षा विच नगरसंकिर्तन

देवघाटधाम, असोज १२, २०८३ — निरन्तर वर्षासँगै आएको नारायणी नदीको बाढीका कारण देवघाटस्थित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरि...
28/09/2026

देवघाटधाम, असोज १२, २०८३ — निरन्तर वर्षासँगै आएको नारायणी नदीको बाढीका कारण देवघाटस्थित वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूको दैनिक जीवन प्रभावित बनेको अवस्थामा श्री सत्य साई अन्तर्राष्ट्रिय संगठन, नेपाल उनीहरूको कठिन समयमा सहयोग र सहाराका रूपमा उभिएको छ।

नारायणी नदीको बाढीका कारण विस्थापित भएका वृद्धाश्रमका १२० जना ज्येष्ठ नागरिकहरूका लागि संगठनले आत्मीयता र करुणाका साथ भोजनको व्यवस्था गरेको छ। यो सेवा केवल भोजन उपलब्ध गराउने उद्देश्यले मात्र नभई जीवनको उत्तरार्धमा रहेका आमाबुबासरहका ज्येष्ठ नागरिकहरूलाई विपद्को यस कठिन घडीमा माया, अपनत्व र मानवीय सहानुभूति प्रदान गर्ने उद्देश्यले गरिएको हो।

यस सेवाको नेतृत्व आदरणीय साईराम पुरुषोत्तम अर्यालज्यू तथा चितवनस्थित उहाँको टोलीले गर्नुभएको थियो।

Wonderful work May swami bless all the volunteers ❤️🙏
27/09/2026

Wonderful work
May swami bless all the volunteers ❤️🙏

शुभकामना तथा आभार वक्तव्यभगवान श्री सत्य साई बाबाको दिव्य कृपा, सान्निध्य र अनुकम्पाबाट “108 Mirrors to Know Thyself (आफ...
24/09/2026

शुभकामना तथा आभार वक्तव्य

भगवान श्री सत्य साई बाबाको दिव्य कृपा, सान्निध्य र अनुकम्पाबाट “108 Mirrors to Know Thyself (आफूलाई चिन्न १०८ ऐना)” पुस्तकको नेपाली अनुवाद गर्नुभएकोमा श्री राजेन्द्र कुमार श्रेष्ठज्यू प्रति श्री सत्य साई अन्तर्राष्ट्रिय संगठन नेपाल हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछ।

यस पुस्तकले नेपाली भक्तजन तथा पाठकहरूलाई भगवान श्री सत्य साई बाबाका दिव्य विचार, चिन्तन र आत्ममननलाई सरल रूपमा बुझ्न तथा जीवनमा आत्मसात् गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गर्दछौं।

यस पुण्य कार्यका लागि हार्दिक बधाई व्यक्त गर्दै भगवान श्री सत्य साई बाबाको दिव्य कृपा र आशीर्वाद सदैव उहाँमाथि रहोस् भनी प्रार्थना गर्दछौं।

श्री सत्य साई अन्तर्राष्ट्रिय संगठन नेपाल

23/09/2026

राहत सेवा पछि पिडितको तर्फबाट आफ्नो दुःख व्यक्त गर्नु हुंदै टिमुरे वाडीपिडित ॥

दोस्रो चरणको राहत सेवा 🙏🏻🕉️श्री सत्य साई इन्टरनेशनल अर्गनाइजेशन नेपालद्वारा आज काठमाडौं स्वयम्भूनाथस्थित मुस्ताङ् गुम्वा...
23/09/2026

दोस्रो चरणको राहत सेवा 🙏🏻🕉️

श्री सत्य साई इन्टरनेशनल अर्गनाइजेशन नेपालद्वारा आज काठमाडौं स्वयम्भूनाथस्थित मुस्ताङ् गुम्वा होल्डिङ सेन्टरमा रहेका रसुवा जिल्लाका १६३ जना बाढी प्रभावितहरूलाई दोस्रो चरणको राहत सामग्री वितरण कार्य सम्पन्न गरिएको छ।

राहत सामग्रीको व्यवस्थापन तथा सेवाकार्यमा राष्ट्रिय परिषद्का पदाधिकारीहरू, सत्य साई स्कुलका प्रधानाध्यापक, केन्द्रका अध्यक्षज्यू एवं सक्रिय सदस्यज्यूहरू लगायत भक्तजनहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

Swami told to expand but some people are narrowing the teaching and guidance of Bhagwan Sri Sathya sai Baba 🙏 दुईपिप्लेम...
17/09/2026

Swami told to expand but some people are narrowing the teaching and guidance of Bhagwan Sri Sathya sai Baba 🙏
दुईपिप्लेमा अर्को एउटा समूह छ।
र त्रिशूली SSSIO सँग आबद्ध छैन।
म तपाईंहरूलाई जानकारी गराउन चाहन्छु कि,
हालसम्म SSSIO का १० वटा केन्द्रहरू छन्। र एउटा सत्य साई विद्यालय पनि छ।
सबै केन्द्रहरू स्वामीप्रतिको श्रद्धा र भक्तिमा आधारित छन्, कुनै निश्चित व्यक्ति वा भगवान्को महासमाधिपछि सिर्जना गरिएको कुनै पनि अनेकनामका मानव निर्मित संगठन प्रति होइनन्।

सेवा संगठन स्थापना हुनुभन्दा पहिले स्वर्गीय चन्द्रशेखर साईरामद्वारा दर्ता गरिएको केन्द्रीय परिषद् कहाँ छ?
र GC मा सहभागी हुनुअघि कति जना भक्तहरू तथा केन्द्र अध्यक्षहरूसँग यसबारे सोधिएको थियो?
बन्द भएका केन्द्रलाई चलाएमान् बनाउनुस् ॥
Best wishes .

राष्ट्रिय अध्यक्ष
जय साई राम

श्री सत्य साई अन्तर्राष्ट्रिय संगठन नेपालआधिकारिक महिला पोशाक तथा स्कार्फ अनावरण कार्यक्रममिति: २०८३ भदौ २९ गते, सोमबारश...
14/09/2026

श्री सत्य साई अन्तर्राष्ट्रिय संगठन नेपाल
आधिकारिक महिला पोशाक तथा स्कार्फ अनावरण कार्यक्रम
मिति: २०८३ भदौ २९ गते, सोमबार

श्री सत्य साई अन्तर्राष्ट्रिय संगठन नेपालद्वारा आयोजित विशेष भजन कार्यक्रमका अवसरमा संगठनको आधिकारिक महिला पोशाक (साडी) तथा स्कार्फको औपचारिक अनावरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संगठनको आधिकारिक महिला पोशाक (साडी) को अनावरण उपाध्यक्ष सुमन शर्मा ज्यू तथा राष्ट्रिय महिला संयोजक रत्न केसीज्यूबाट संयुक्त रूपमा सम्पन्न भयो।
त्यसैगरी, संगठनको स्कार्फको अनावरण राष्ट्रिय सेवा संयोजक विजया सुवेदीज्यूबाट सम्पन्न भयो।

यस औपचारिक पोशाक तथा स्कार्फले संगठनका सदस्यहरूमा एकता, अनुशासन, गरिमा र संगठनात्मक पहिचानलाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
भगवान् श्री सत्य साई बाबाको दिव्य आशीर्वाद सम्पूर्ण साई परिवारमा सदा सर्वदा रहिरहोस्।

Aum Sri Sairam ❤️🙏
13/09/2026

Aum Sri Sairam
❤️🙏

नेपाल कानून व्यवसायी परिषद् द्वारा लिइएको ३३औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।Nepal Bar Counci...
18/09/2025

नेपाल कानून व्यवसायी परिषद् द्वारा लिइएको ३३औं अधिवक्ता तहको लिखित परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।
Nepal Bar Council

Address

Kathmandu

Telephone

+9779866316781

Website

Alerts

Be the first to know and let us send you an email when Sri Sathya Sai International Organization Nepal . posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category