Third Eye Law Associates

Third Eye Law Associates Firm Consultant Services

चेक अनादर सम्बन्धी श्री सर्वोच्च अदालतबाट प्रतिपादित निर्णय। सर्वसाधारणको जानकारीका लागि पोस्ट गरिएको हो ।
14/03/2026

चेक अनादर सम्बन्धी श्री सर्वोच्च अदालतबाट प्रतिपादित निर्णय। सर्वसाधारणको जानकारीका लागि पोस्ट गरिएको हो ।

Court vocabulary.
23/02/2026

Court vocabulary.

Government of Nepal has greatly amended its FDI policy. The areas of investing are mentioned on Nepal Gazzet as below.
22/02/2026

Government of Nepal has greatly amended its FDI policy. The areas of investing are mentioned on Nepal Gazzet as below.

The judgement of Supreme court of Nepal regarding polygamy/Biogamy.The verdict has issued by SC In different time.Source...
21/02/2026

The judgement of Supreme court of Nepal regarding polygamy/Biogamy.The verdict has issued by SC In different time.

Source:Facebook posted matrials.

Source: Judge, भुवन गिरी,सबैले पढेर लाभ लिनु होला !
21/02/2026

Source: Judge, भुवन गिरी,
सबैले पढेर लाभ लिनु होला !

20/02/2026
सङ्‍घीय मन्त्रालय, सङ्‍गठित संस्था र स्वायत्त निकायहरूलाई जरूरी सूचना~~~~~~~~~~~~~~~विधायन ऐन, २०८१ ले व्यवस्था गरेबमोजि...
20/02/2026

सङ्‍घीय मन्त्रालय, सङ्‍गठित संस्था र स्वायत्त निकायहरूलाई जरूरी सूचना
~~~~~~~~~~~~~~~

विधायन ऐन, २०८१ ले व्यवस्था गरेबमोजिम जारी भएका नियमावली, निर्देशिका, कार्यविधि लगायतका कुनै पनि प्रत्यायोजित विधायन सो ऐन जारी भएको एक वर्षभित्र अर्थात् यही चैत्र २ गतेभित्र कानून मन्त्रालयमा दर्ता गराई दर्ता नम्बर लिई सो नम्बर राखी प्रकाशन गर्नुहोला। अन्यथा प्रकाशन नभएका कुनै पनि प्रत्यायोजित विधायनले मान्यता पाउने छैन। (सो ऐनको दफा २७ र ३५)

देहायको प्रत्यायोजित विधायन कानून मन्त्रालयले दर्ता गर्नेछैन:-

१. ऐनले दिएको अधिकारविना बनाइएको(दफा १३),
२. कसूर र दण्ड सजाय जस्ता सारवान व्यवस्था राखिएको (दफा १५),
३. अर्को कुनै प्रत्यायोजित विधायन बनाउने अधिकार राखिएको (दफा १५)।

माथि उल्लेख भएबमोजिम दर्ता नभएको कुनै पनि प्रत्यायोजित विधायन कानून नमानिने हुँदा त्यस्तो विधायनबमोजिम गरिएको काम कारबाही बैध मानिने हुँदैन।
Source: Parashwor Dhungana

19/02/2026

अपराध गरेर सिमाना कट्ने दिन गए। नेपाल र भारतबीच आज यस्तो सम्झौता भयो, जसले अपराधीहरूको सातो लिनेछ।

यहाँ नेपाल-भारत पारस्परिक कानूनी सहायता (Mutual Legal Assistance - MLA) सम्झौताको विस्तृत विवरण प्रस्तुत गरिएको छ। यो सम्झौता फागुन फागुन ६, २०८२ (फेब्रुअरी १८, २०२६) मा सम्पन्न भएको हो।

१. यो सम्झौता के हो? (What is this Agreement?)
यो नेपाल र भारतबीच भएको एउटा बाध्यकारी कानूनी संयन्त्र (Legally Binding Framework) हो।
यसअघि, यदि कुनै अपराधी नेपालमा अपराध गरेर भारत भाग्थ्यो भने, नेपाल प्रहरीले अनौपचारिक रूपमा वा कूटनीतिक (परराष्ट्र मन्त्रालय) बाटोबाट अनुरोध गर्नुपर्थ्यो, जुन प्रक्रिया धेरै लामो र झन्झटिलो थियो। कतिपय अवस्थामा "सुपुर्दगी सन्धि" (Extradition Treaty) पुरानो (१९५३ को) भएकाले प्रमाण जुटाउन र अपराधी फिर्ता ल्याउन कानूनी बाधा थियो।

यो नयाँ MLA सम्झौताले आपराधिक मामिलामा अनुसन्धान, अभियोजन (prosecution) र प्रमाण संकलन मा दुई देशले एक-अर्कालाई मद्दत गर्नैपर्ने कानूनी दायित्व सिर्जना गरेको छ।

२. के-के कुरामा परिवर्तन आउँछ? (Key Changes)
यो सम्झौता लागू भएपछि मुख्यतया ३ वटा क्षेत्रमा "ब्रेकथ्रु" हुनेछ:

प्रमाणको बैधानिकता (Legality of Evidence): पहिले भारतीय प्रहरीले पठाएको कागजात वा प्रमाण नेपालको अदालतमा "प्रमाण" को रूपमा ग्रहण गर्न गाह्रो हुन्थ्यो। अब यो सम्झौता अन्तर्गत भारतबाट प्राप्त कल डिटेल (CDR), बैंकिङ स्टेटमेन्ट, र डिजिटल फरेन्सिक रिपोर्ट ले नेपालको अदालतमा बलियो प्रमाणको मान्यता पाउनेछ।

बैंकिङ र वित्तीय अपराध: यदि कुनै व्यक्तिले नेपालको सहकारी वा बैंक ठगी गरेर भारतमा सम्पत्ति लुकाएको छ भने, अब नेपाल सरकारले भारत सरकारलाई त्यो सम्पत्ति रोक्का गर्न वा जफत गर्न सिधै कानूनी अनुरोध पठाउन सक्छ। यो विशेष गरी सहकारी ठगी प्रकरण र हुन्डी कारोबार को अनुसन्धानमा "गेम चेन्जर" साबित हुन सक्छ।

साइबर अपराध: सर्भरहरू (Facebook, Google, etc.) धेरैजसो भारत वा तेस्रो मुलुकमा हुँदा डाटा पाउन गाह्रो थियो। भारतसँगको यो सम्झौताले डिजिटल अपराधको 'IP Address' र 'Location Trace' गर्न छिटो र भरपर्दो संयन्त्र दिनेछ।

३. संयन्त्र कसरी काम गर्छ? (The Mechanism)
तपाईंले "सिधै सहकार्य" भन्नुभएको कुराको प्राविधिक अर्थ यस्तो हुन्छ:

केन्द्रीय अधिकारी (Central Authority): दुवै देशले यसका लागि 'केन्द्रीय अधिकारी' तोक्नेछन् (प्रायः गृह मन्त्रालय अन्तर्गत)।

अब प्रहरीले हरेक सानो कुराका लागि कूटनीतिक पत्र (Diplomatic Note) पर्खिनु पर्दैन। तोकिएको 'केन्द्रीय अधिकारी' मार्फत प्रहरी–प्रहरी (Agency-to-Agency) सूचना आदानप्रदान तीव्र गतिमा हुनेछ।

४. FATF को 'ग्रे लिस्ट' र यसको सम्बन्ध (The FATF Connection)
यो सम्झौता नेपालका लागि 'लाइफलाइन' हो।

समस्या: फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) ले नेपाललाई 'ग्रे लिस्ट' (निगरानी सूची) मा राख्नुको एउटा मुख्य कारण "अन्तर्राष्ट्रिय कानूनी सहकार्यको अभाव" (Lack of International Cooperation) थियो। नेपालले 'मनी लाउन्डरिङ' गर्ने अपराधीहरूलाई विदेशबाट प्रमाण झिकाएर कारबाही गर्न नसकेको आरोप थियो।

समाधान: खुला सिमाना भएको छिमेकी भारतसँग यो सम्झौता गरेपछि, नेपालले FATF लाई देखाउन सक्छ कि– "हामीसँग अब क्रस-बोर्डर मनी लाउन्डरिङ रोक्ने बलियो कानूनी आधार छ।" यसले नेपाललाई ग्रे लिस्टबाट बाहिर निस्कन ठूलो 'पोइन्ट' दिनेछ।

यो केवल एउटा कागज मात्र होइन, यो नेपाल प्रहरी र सरकारी वकिलहरूका लागि एउटा बलियो हतियार हो, जसले सिमाना पार गरेर लुक्ने अपराधी र लुकाइएको सम्पत्तिसम्म पुग्ने बाटो खोल्छ।

यो जानकारी सबै नेपाली माझ पुर्‍याउन सेयर (Share) गर्नुहोस्। अब अपराधीहरूले सिमाना काटेर बच्न पाउने छैनन्।
Source: Facebook post accordingly treaty.

19/02/2026

ऐनको मस्यौदा गर्दा-
कसुर कायम गर्ने र दण्ड सजाय गर्ने सम्बन्धी व्यवस्था लेख्‍ने तरिका
~~~~~~~~~~~~~~~~~~~~~~~~~~

कुनै कार्यलाई कसुर कायम गर्ने व्यवस्था गर्दा देहायबमोजिम गर्नुपर्छः-

१. नेपालको संविधानको धारा २०मा "तत्काल प्रचलित कानूनले सजाय नहुने कुनै काम गरे बापत कुनै व्यक्ति सजायभागी हुने छैन र कुनै पनि व्यक्तिलाई कसुर गर्दाको अवस्थामा कानूनमा तोकिएभन्दा बढी सजाय दिइने छैन।" भन्‍ने व्यवस्था छ। यसबाट कसुर गर्दाको अवस्थामा कायम रहेको कानूनले तोकेभन्दा बढी सजाय गर्ने गरी ऐन बनाउनु हुँदैन।

२. फौजदारी कसुर कायम गर्दा कानून बनाउनुभन्दा अघि कसुर नमानिएको कार्य गरेको रहेछ भने त्यसरी विगतमा गरेको कार्यलाईसमेत हाल सजाय गर्ने खालको व्यवस्था राख्‍नुहुँदैन। ऐन प्रारम्भ हुनुभन्दा अघि भएको कार्य वा घटेको घटनामा सजाय हुने भूतलक्ष्यी वा पश्‍चात्दर्शी असर (Retrospective Effect) हुनेगरी कसुर कायम गर्नुहुँदैन।(Criminal law should not be retrospective.) नेपालको संविधानले त्यस्तो कार्यमा रोक लगाएको छ {धारा २०को उपधारा (४)}

३. नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धिले कसुर नमानेको विषयमा कसुरको व्यवस्था गर्नु उपयुक्त हुँदैन। त्यस्ता सन्धिले कसुर मानेको विषयमा कसुरको व्यवस्था गर्नुपर्ने हुन्छ।

४. कसुरको व्यवस्था गर्दा अन्य ऐनमा यस्तै प्रकारको कार्यलाई कसुरमाने वा नमानेको सम्बन्धमा पनि विचार गरी कसुर मानेको भए सामाञ्‍जस्यता कायम हुनेगरी कसुर कायम गर्नुपर्ने हुन्छ।

५. कसुर कायम गरिएको कार्यलाई स्पष्ट, सरल र किटानीसाथ लेख्‍नुपर्छ। व्याख्‍याको गुञ्‍जायस हुनेगरी लेख्‍नुहुँदैन।

६. कुनै अकार्य (Omission) अर्थात् कुनै काम नगर्नुलाई पनि कसुरमा राख्‍नुपर्ने भए त्यस्तो अकार्य स्पष्ट रूपमा लेख्‍नुपर्छ।

७. कुनै कार्य वा अकार्यलाई कसुर कायम गर्दा अपराधीकरणका सिद्धान्तबमोजिम गर्नुपर्छ।


कुनै कसुरमा सजायको व्यवस्था गर्दा देहायबमोजिम गर्नुपर्छः-


१. कुनै कार्यलाई पहिला कसुर कायम गर्नुपर्छ। त्यसपछि मात्र त्यसको उल्लङ्‍घनमा हुने दण्ड सजायको व्यवस्था गर्नुपर्छ। भ्रष्टाचार निवारण ऐन, २०५९मा लेखेजस्तो एकैचोटी सजाय लेख्दा बोधगम्य, सरल र उपयुक्त मानिँदैन।

२. कसुरको गम्भीरता तथा त्यस्तै प्रकृतिको कसुरलाई अन्य प्रचलित कानूनले निर्धारण गरेको दण्ड सजायको मात्रालाई समेत विचार गर्नुपर्छ।

३. ऐनमा कसुर र सजाय हुने विषय तोकिएबमोजिम हुने भनी अधिकार प्रत्यायोजन गर्नुहुँदैन। कसुर कायम गरी सजाय “तोकिएबमोजिम हुने” भन्‍ने व्यवस्था पनि राख्‍नुहुँदैन। कसुर कायम गरिसकेपछि सजायको व्यवस्था पनि ऐनमा नै लेख्‍नुपर्छ। कसुर कायम गर्ने र सजाय निर्धारण गर्ने विषय प्रत्यायोजन गर्नमिल्दैन।

४. सामान्यतया अर्धन्यायिक निकाय वा अधिकारीबाट सुरु कारवाइ र किनारा हुने मुद्‍दामा कैद सजायको प्रावधान राख्‍नुहुँदैन। अपवादको रूपमा कैद सजाय राख्‍नैपर्ने देखिएमा एक वर्षभन्दा कम सजाय हुने व्यवस्था लेख्‍नुपर्छ। नेपालको संविधानले एक वर्षभन्दा बढी कैद सजाय हुने फौजदारी मुद्‍दा अदालत, विशिष्टिकृत अदालत, सैनिक अदालत वा न्यायिक निकायलेमात्र हेर्नसक्ने व्यवस्था गरेको छ। {धारा १५२को उपधारा (२) र धारा ३००को उपधारा (७)}

५. कैद सजायमा स्वविवेकीय अधिकारको व्यवस्था राख्दा कसुरको मात्रा र गाम्भीर्यताअनुसार सजाय निर्धारण गर्नुपर्ने व्यवस्था राख्‍नुपर्छ। सकभर कैद सजायको तल्लो हद राख्‍नु उपयुक्त हुँदैन। कैद सजायको तल्लो हद राखिएकोमा सजायको तल्लो हद र उपल्लो हदको फराकिलो अन्तर हुनुपर्छ। किनभने कानूनमा सबै परिस्थिति उल्लेख गर्न सम्भव नहुँदा तल्लो हद वढी राखिएको अवस्थामा न्यायकर्ताले न्यूनतम तल्लो हदको सजाय गर्नैपर्ने हुन्छ।

६. कैद सजायको तल्लो र उपल्लो हद राख्‍दा न्यायकर्ताको विवेक प्रयोग गर्ने गरी व्यवस्था गर्नुपर्छ। कसुर ठहर भएको अवस्थामा न्यायकर्ताले तत्लो हदभन्दा कम सजाय गर्न मिल्दैन। कसुरकोमात्राअनुसार तल्लो हदभन्दा कममात्राको कसुर देखिएमा पनि न्यूनतम तल्लो हदको सजाय गर्नै पर्ने हुन्छ। कसुरको मात्राअनुसार सजाय तोक्नुपर्ने न्यायको सिद्धान्त रहेको हुँदा त्यस्तो अवस्थामा न्यायकर्ताले सजाय नगरी सफाइ दिने सम्भावना रहन्छ।

उदाहरणको रूपमा साविकको नयाँ मुलुकी ऐनमा ज्यानमार्ने उद्योगको कसुरमा पाँच वर्षदेखि वाह्र वर्षसम्म कैद हुनसक्ने व्यवस्था रहेको थियो। पाँच वर्षभन्दा कम कैद हुने कसुरको मात्रा देखिएमा सोही कारणले न्यायकर्ताले ज्यानमार्ने कसुर ठहर नगरी कुटपिटमा परिणत गर्ने गरेको कारण ज्यानमार्ने उद्योग मुद्‍दाको कसुर कायम दर एकदम न्यून रहेको थियो। त्यसैले ऐनमा अपवाद बाहेक कैद सजायको तल्लो हद राख्‍नु उपयुक्त हुँदैन। तर न्यायकर्ताले विवेक प्रयोग गर्ने आधारहरू कानूनमा स्पष्ट लेखिदिनु पर्छ। फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४मा यी आधारहरू उल्लेख गरिएको हुँदा अन्य ऐनमा दोहोर्‍याउनु पर्दैन।

७. कुनै अवस्थामा सजाय छुट पाउने भए सो अवस्था स्पष्ट रूपमा लेख्‍नुपर्छ।

८. कसुरको मात्रा र सजायको अनुपात मिलेको हुनुपर्छ।

९. कसुरको मात्रा निर्धारणमा समयसापेक्ष परिवर्तन आउन सक्नेतर्फ ध्यान दिनुपर्छ।

१०. कसुर कायम नै नगरी सजायको व्यवस्था गर्नुहुँदैन। केही नेपाल ऐनहरूमा कसुर कायम नै नगरी एकैचोटी सजायको व्यवस्था गरेको देखिन्छ। जस्तैः- भ्रष्टाचार निवारण ऐन, २०५९को परिच्छेद-२ का कसुरहरूमा र मुलुकी अपराध संहिताको दफा १७७को दफा शीर्षकमा ज्यानमार्ने कार्यलाई कसुर कायम गरेको देखिँदैन। यो त्रुटिपूर्ण व्यवस्था हो। मस्यौदाकारले यस्तो त्रुटि गर्नुहुँदैन।

११. एकै कसुरको लागि उही तहको अदालतमा एकपटकभन्दा बढी मुद्‍दा चलाउने र सजाय गर्ने व्यवस्था राख्‍नुहुँदैन। संविधानले रोक लगाएको छ।

१२. चोरी, ठगी, जालसाँज, किर्ते जस्ता परम्परागत कसुरमा कम सजाय हुने र लागू औषध, मानव बेचबिखन तथा ओसार-पसार,सङ्‍गठित अपराध, भ्रष्टाचार लगायतका गम्भीर प्रकृतिका अपराधमा धेरै सजाय हुने व्यवस्था गर्नुपर्छ।

१३. वित्तीय वा आर्थिक अपराधमा सजाय सम्बन्धी व्यवस्था लेख्‍दा कैद सजाय कम र जरिबाना, क्षतिपूर्ति वा हानि-नोक्सानी भराउने सजाय बढी राख्‍नुपर्छ।

१४. समान प्रकृतिको सरकारवादी हुने कसुरमा बढी र दुनियाँवादी हुने कसुरमा कम सजायको व्यवस्था राख्‍नुपर्छ।

१५. आम मानिसलाई हुने सजायभन्दा सुरक्षाको जिम्मा लिएका व्यक्ति, अभिभावकत्व वा संरक्षकत्व निर्वाह गर्ने र राज्यको उच्च ओहदामा बसेका व्यक्तिलाई थप सजाय हुने व्यवस्था राख्‍नुपर्छ। किनभने रक्षक नै भक्षक हुनु थप कसुर हो।

१६. कसुर पुनः दोहोर्‍याउने वा पटके रूपमा कसुर गर्नेलाई थप सजाय हुने व्यवस्था गर्न बिर्सनुहुँदैन। पेसेवर कसुरदारलाई सजायमा छुट हुन नसक्ने व्यवस्था गर्नुपर्छ।

१७. सजाय निर्धारण गर्दा पीडित पक्षलाई सदैव ध्यान दिनुपर्छ। पीडितलाई उचित क्षतिपूर्ति निर्धारण गर्ने विषय प्राथमिकतामा राखी सजाय सम्बन्धी व्यवस्था निर्धारण गर्नुपर्छ।

१८. मानव अधिकारको गम्भीर उल्लङ्‍घन हुने कसुर र सरकारवादी हुने गम्भीर कसुरमा मिलापत्रको व्यवस्था राख्‍नुहुँदैन।

१९. मानव बेचबिखन तथा ओसार-पसार, लागू ‌औषध कारोबार, सङ्‍गठित अपराध, वायुयान अपहरण जस्ता अन्तर्राष्ट्रिय कसुरमा छिमेकी देशहरूमा गरिएको सजाय सम्बन्धी व्यवस्थाको अनुकूल हुने गरी सजाय प्रस्ताव गर्नुपर्छ।

२०. ज्येष्ठ नागरिक, अपाङ्‍गता भएका व्यक्ति, बालबालिकाले कसुर गरेकोमा सजाय कम वा छुट हुनसक्ने व्यवस्था राख्‍नुपर्छ। यस सम्बन्धी नेपालमा छुट्‍टै कानूनहरू रहेकोले प्रत्येक ऐनमा व्यवस्था गरिरहनु आवश्यक छैन।

कैद वा जरिबाना सम्बन्धी व्यवस्था लेख्‍दा देहायका सिद्धान्तका आधारमा लेख्‍नुपर्छः-

१. कैद वा जरिबाना वा दुवै सजाय सम्बन्धी व्यवस्था लेख्‍दा यति रूपैयाँ जरिबाना बराबर यति दिन कैद भन्‍ने मापदण्ड तय गरेर सोही अनुपातमा लेख्‍नुपर्छ। मुलुकी अपराध संहिताले दश हजार रूपैयाँ जरिबाना बराबर एक वर्ष कैद गर्नुपर्ने मान्यता अवलम्बन गरेको छ। दश हजार रूपैयाँ वा एक वर्ष कैद वा दुवै सजायको अनुपातमा कैद र जरिबानाको व्यवस्था गरेको छ। सोही मापदण्ड अवलम्बन गरेर अन्य विशेष ऐनहरूमासमेत सजायको व्यवस्था लेख्‍न सकिन्छ। नेपालका धेरै ऐनहरूमा कैद र जरिबानाको व्यवस्था जथाभाबी लेख्‍ने गरेको देखिन्छ। दण्ड नीनि निर्धारण गरेर सोही बमोजिम सबै कानूनहरूमा सुधार गर्नुपर्ने र अब बन्‍ने नयाँ कानूनमा त्रुटि नगरी एकरूपता हुनेगरी यस सम्बन्धी व्यवस्था लेख्‍नुपर्छ।

२. जरिबानामात्र हुने कसुरमा जरिबाना कति लेख्‍ने भन्‍ने निर्क्योल गर्दा देहायका आधारमा गर्नुपर्छः-

 कसुरबाट राज्य वा कसैलाई पुग्नसक्ने हानि वा क्षतिको अनुमानित मौद्रिक परिमाण,
 कानूनी दायित्व र कसुरकोमात्रा,
 आर्थिक कसुरमा धेरै जरिबाना हुने परम्परागत कसुरमा कम जरिबाना हुने सिद्धान्त,
 अन्य कानूनमा सोही प्रकृतिको कसुरमा व्यवस्था गरेको जरिबानाको व्यवस्था,
 सिमाना जोडिएको र खुला सिमाना भएको छिमेकी देशको कानूनमा सोही प्रकृतिको कसुरमा भएको जरिबानाको व्यवस्था,
 प्रदेश र स्थानीय तहको हकमा सोही प्रकृतिको कसुरमा सङ्‍घीय कानूनले व्यवस्था गरेको जरिबाना।

३. कैद बापत जरिबाना हुने व्यवस्था गर्दा अनुपात मिलाएर लेख्‍नुपर्छ। एक दिन कैदको कुनै श्रमिकले पाउने न्यूनतम ज्याला बराबरको रकम वा अन्य जरिबानाका सिद्धान्तमा आधारित भएर जरिबाना गर्ने व्यवस्था गर्नुपर्छ।

कसुरदार ठहरिएको व्यक्तिबाट कैद बापत रकम लिँदा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५को उपदफा (३)मा नेपाली नागरिकको हकमा प्रतिदिनको तीनसय रूपैयाँका दरले र उपदफा (५)मा विदेशीको हकमा प्रतिदिन पाँचसय रूपैयाँका दरले लिनुपर्ने व्यवस्था गरेको देखिन्छ।

४. अनुसन्धान गर्ने, मुद्‍दा चलाउने, मुद्‍दा हेर्ने र पुनरावेदन सम्बन्धी व्यवस्था लेख्‍ने तरिका

ऐनको मस्यौदामा कसुर र सजायको व्यवस्था राखिएमा त्यस्तो कसुर सम्बन्धी मुद्‍दाको अनुसन्धान गर्ने, मुद्‍दा चलाउने, मुद्‍दा हेर्ने र पुनरावेदन गर्ने स्पष्ट व्यवस्था लेख्‍नुपर्छ। निश्‍चित रकम भन्दा बढी जरिबाना हुने व्यवस्था राखिएमा पनि त्यस्तो जरिबाना गर्ने आधार, जरिबाना गर्ने अधिकारी, जरिबाना गर्ने आधार र एकतह पुनरावेद गर्ने व्यवस्था लेख्‍नुपर्छ। यहाँ निश्‍चित रकम भनेको नगण्य सानो रकमलाई भनिएको हो।
Source: Parashwor Dhungana

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ फागुन ५)    #राष्ट्र_बैंकको_सन्देश
17/02/2026

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देश (२०८२ फागुन ५) #राष्ट्र_बैंकको_सन्देश

17/02/2026

नेपाल सरकार र गणतन्त्र भारत सरकारबिच पहिलो पटक फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता (Agreement between the Government of Nepal and the Government of the Republic of India on Mutual Legal Assistance in Criminal Matters) मा हस्ताक्षर सम्पन्न भएको छ।

आज कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आयोजित हस्ताक्षर समारोहमा माननीय कानून मन्त्री अनिल कुमार सिन्हा, सचिव म पाराश्‍वर ढुङ‍्गाना तथा मन्त्रालयका सहसचिव उपसचिवहरू, परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरू र भारतीय राजदूतावासका कर्मचारीहरूको उपस्थितिमा नेपाल सकारकारकाे तर्फबाट कानून मन्त्रालयका सहसचिव श्री विनोद कुमार भट्टराईले र भारत सरकारकाे तर्फबाट समकक्षी नेपालका लागि भारतीय महामहिम राजदूत श्री नवीन श्रीवास्तवले साे सम्झौतामा हस्ताक्षर गर्नु भएको हो।

फौजदारी विषयमा दुई मुलुकबिच पारस्परिक कानूनी सहायता आदानप्रदान गर्ने उद्देश्यले साे सम्झाैता सम्पन्न गरिएको हो। सो सम्झौताले फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कारबाहीका क्रममा प्रमाण सङ्कलन तथा आदानप्रदान लगायतका विषयमा दुवै मुलुकका सक्षम अधिकारीबिच सहयोग आदानप्रदान गर्नको लागि विधिवत् मार्ग प्रसस्त गर्नेछ । यसले विधिको शासन सुदृढीकरण गर्न तथा न्याय प्रशासनमा संस्थागत समन्वय अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। यस सम्झौताको कार्यान्वयनसँगै दुवै देशका केन्द्रीय अधिकारीहरूविच सहकार्य अझ सबल एवं परिणाममुखी हुने अपेक्षा गरिएको छ। उक्त सम्झौता नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान, अभियोजन र न्याय निरूपणलाई थप प्रभावकारी बनाउन कोशेढुङ्गा साबित हुनेछ र यसले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी गर्ने कार्यलाई निवारण गर्ने सम्बन्धी पारस्परिक मूल्याङ्कनमा समेत सकारात्मक सहयोग पुर्‍याउने छ ।
Source: Parashwor Dhungana

The supreme Court of Nepal has issued an intrim order concerning the Dolma Foundation.
13/02/2026

The supreme Court of Nepal has issued an intrim order concerning the Dolma Foundation.

Address

Kathmandu Metropolitan City-29, Anamnar
Kathmandu
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Third Eye Law Associates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share