08/10/2026
ए बाबा सलाम.........
यि हुन लक्ष्मण बाबा । विश्वविद्यालयमा कानून शिक्षक, वरिष्ठ अधिवक्ता, नेपाल बारको २०४२-४५ को अध्यक्ष, महान लोकतान्त्रिक समाजवादी, कानूनको लेखक, २०४७ सालको संविधान निर्माता मध्ये एक , सर्वोच्च अदालतको न्यायाधीश र सेकेन्ड म्यानको हैसियतले न्याय परिषदको वरिष्ठ सदस्य। यिनलाई वकील न्यायाधीश सबैले सम्मानका साथ लक्ष्मण बाबा भन्थे। यिनले लगभग ११ वर्ष सर्वोच्चको न्यायाधीश खांदा पनि त्यो खैरो खैरो देखिने चेक वाला पुरानो टुईटको कोट बाहेक अर्को कोट लगाएको देखिएन। नयाँ घर जग्गा पनि कहि कतै जोडेको देखिएन। वकील हुंदै बनाएको वानेश्वर एभरेष्ट होटल पछाडिको त्यही चाइनिज इटाको घरमा बसेर अवकाश भए र त्यही सम्पत्ति भोग गरेर व्रम्हलीन भए। २०६२/६३ को पुन लोकतन्त्र फिर्तीको आन्दोलनमा म उनको अन्तर्वार्ता लिन जांदा सामान्य कोठाको सामान्य सोफामा बसेर उनको अन्तर्वार्ता लिई "लिगल पोष्ट"मा छापेको अहिले जस्तो लाग्छ। सामान्य योग ध्यान मात्र गर्ने यिनको आचार विचार भने "बाबा" वा सन्तकै थियो।
यिनले चोलेन्दरको दमन गरेर न्याय परिषदमा नाम सम्म उच्चारण गर्न दिएका थिएनन। त्यसैले चोलेन्दर पुनरावेदन अदालतमा अस्थायी न्यायाधीशमा झुन्डिरहेका थिए। जसै यि अवकाशमा गए त्यसको केही समय पछि शाही शासन शुरु भयो। चोलेन्दर एकाएक दरबारीया शक्तिको नजिक र प्रभावशालि भए। त्यस माथी प्रधान न्यायाधीश हरिप्रसाद शर्मा शाही शासन ठीक हो भन्दै हिड्न थाले पछि त यिनी झन प्रभावशालि भए र स्थायी न्यायाधीश भए।
पछि सर्वोच्च आउन अनुप, मीनबहादुर र खिलराजले रोकेकोमा एकाएक खिलराज मंत्री परिषदको अध्यक्ष खान गए पछि दामोदर शर्माले विविध कारणवश कडा अडान लिन सकेनन। वरिष्ठ सदस्य रामकुमार शाहलाई यिनले आफ्नो पक्षमा पारेको कारण कडा स्वभाव र अडान भाको रामकुमार शाहको जोडको अगाडि दामोदर शर्मा निरिह भए र यिनी प्रधान न्यायाधीशको रोलमा परेर सर्वोच्च आए । प्रधान न्यायधिश भएसि रामकुमार शाहको गुन तिर्न सिटिभिटिमा प्रशासन समुहको उपसचिव स्तरको कर्मचारी रामकुमारकी छोरी रेणुका शाहलाई उच्च अदालतको न्यायाधीश बनाए। अरु उलफट्याङ पनि धेरै गरे। हाल चोलेन्दर भ्रष्टाचार गरेर अकूत सम्पत्ति जोडेको आरोपमा सम्पति शुद्धिकरण लगायतका कानून कार्यान्वयन निकायको पंजामा परेका छन। न्यायाधीश पनि कस्तो कस्तो व्योहर्न पर्ने! कहाँ चोलेन्दर जस्तो द्रव्य पिपासुको आरोप लागेको न्यायाधिश कहाँ न्यायमूर्ती लक्ष्मन अर्याल। श्रद्धाले बोल्दा लक्ष्मन बाबा। सलाम छ लक्ष्मन बाबा।
शुभ रात्रि!परमात्मा परमेश्वरलाई प्रणाम!🙏