Nepal Scroll

Nepal Scroll नेपाल स्क्रोल 📰
ताजा समाचार, स्थानीय अपडेट र राष्ट्रिय घटनाहरू एकै ठाउँमा।
सत्य र छिटो जानकारी। 🇳🇵🙏🏻

05/09/2026

🌙✨ शुभरात्रि! ❤️

आजको सबै थकान बिर्सेर मिठो निद्रा लागोस्।
भोलिको दिन अझ राम्रो, सुखद र सफल रहोस्। 🙏💫

शुभरात्रि, मिठो सपना! 😴❤️

05/09/2026

🚨 BREAKING NEWS 🇨🇭🇳🇵 | स्विट्जरल्यान्डबाट नेपाललाई थप ठूलो सहयोग
विनाशकारी बाढीपछि स्विट्जरल्यान्डले नेपाललाई थप १० लाख अमेरिकी डलर (करिब रु. १५ करोड) मानवीय सहायता घोषणा गरेको छ। ❤️🙏
यससँगै स्विट्जरल्यान्डको तत्कालीन मानवीय सहयोग कुल २० लाख अमेरिकी डलर (करिब रु. ३० करोड) पुगेको छ।
🇨🇭 स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (SDC) ले पुनःस्थापना तथा दीर्घकालीन रूपमा विपद् सहनशील पूर्वाधार निर्माणका लागि स्विस मानवीय सहायता विज्ञहरू समेत परिचालन गर्ने भएको छ।
यो सहयोग बाढी प्रभावित समुदायको पूर्वाधार पुनर्निर्माण र पुनःस्थापनामा प्रयोग गरिनेछ।
🙏 कठिन समयमा नेपालको साथमा उभिएकोमा स्विट्जरल्यान्डप्रति हार्दिक धन्यवाद। 🇨🇭❤️🇳🇵
🇨🇭🇳🇵

05/09/2026

🚨 ११ दिनपछि सुरुङबाट चिनियाँ नागरिकको सकुशल उद्धार! 🙏🇨🇳🇳🇵
भोटेकोशी बाढीपछि सुरुङभित्र फसेका चिनियाँ नागरिकलाई ११ दिनपछि सकुशल उद्धार गरिएको छ। 🙏❤️
दिनरात खटिएर उद्धारमा जुट्ने सम्पूर्ण सुरक्षाकर्मी तथा उद्धार टोलीलाई सलाम। 🇳🇵👏
मानवताको जित ❤️
सकुशल उद्धारका लागि हार्दिक बधाई! 🙏🙏
#नेपालसमाचार #भोटेकोशीबाढी #उद्धार 🇳🇵❤️

05/09/2026

🚨 दुःखद अपडेट 💔🇳🇵
नेपाल प्रहरीले आज बिहान ५ बजे सार्वजनिक गरेको अपडेटअनुसार बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या १,३४४ पुगेको छ।
विपद्का कारण ठूलो मानवीय क्षति भएको छ। प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य अझै जारी छ।
पीडित परिवारप्रति हार्दिक समवेदना। 🙏
सम्पर्कविहीन तथा प्रभावित सबैको सकुशल उद्धारको कामना। 🇳🇵❤️
#नेपालसमाचार #बाढीपहिरो #हार्दिकसमवेदना 💔🙏

🚨 BREAKING NEWS 🇺🇳🇳🇵संयुक्त राष्ट्रसंघ (UN) ले नेपाललाई बाढी तथा विपद् प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका ला...
05/09/2026

🚨 BREAKING NEWS 🇺🇳🇳🇵
संयुक्त राष्ट्रसंघ (UN) ले नेपाललाई बाढी तथा विपद् प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि ४ करोड ९६ लाख अमेरिकी डलर (करिब रु. ७.५ अर्ब) सहयोग गर्ने भएको छ। ❤️🙏
विपद्को कठिन समयमा नेपालको साथमा उभिएकोमा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय समुदायप्रति हार्दिक आभार। 🇳🇵❤️
नेपाल उठ्नेछ। 🙏🇳🇵
#नेपाल 🇳🇵❤️

04/09/2026

🚨 यता विपद्को यस्तो अवस्था छ, उता फेसबुकका ‘विद्वान्’हरूको सुझावको ओइरो!
यता बाढीले जनधनमा ठूलो क्षति पुर्‍याइरहेको छ, उद्धार र राहतका लागि राज्यका संयन्त्र दिनरात खटिरहेका छन्।
उता फेसबुकका ‘विद्वान्’हरू भने गाई–भैंसीको गोबर सोर्ने मेसिनदेखि सुंगुरको लिदी सोर्ने मेसिनसम्मका भिडियो पोस्ट गर्दै सरकारलाई ज्ञान बाँड्न व्यस्त छन्। 🤦‍♂️
समस्या समाधानका लागि सुझाव दिनु राम्रो कुरा हो, तर कुन बेला के कुरा आवश्यक छ भन्ने विवेक पनि चाहिन्छ।
हाम्रो देशमा चाहिनेभन्दा नचाहिने विज्ञ धेरै भए जस्तो छ!
#व्यंग्य #नेपाल 🇳🇵

🚨 बाढी आएको ९ दिनपछि उद्धार गरिएका सञ्जय शाहको भावुक भनाइ 🙏भोटेकोशी बाढी आएको ९ दिनपछि उद्धार गरिएका सञ्जय शाहले आफू पाव...
04/09/2026

🚨 बाढी आएको ९ दिनपछि उद्धार गरिएका सञ्जय शाहको भावुक भनाइ 🙏
भोटेकोशी बाढी आएको ९ दिनपछि उद्धार गरिएका सञ्जय शाहले आफू पावर हाउसको कन्ट्रोल रुममा काम गर्ने र बाढी आउँदा अरूको ज्यान बचाउन लाग्दा आफूभित्रै फसेको बताएका छन्।
उहाँका अनुसार सामान्य अवस्थामा कन्ट्रोल रुममा ४/५ जना मात्रै हुने भए पनि घटनाका बेला ४०/४५ जना थिए।
“कन्ट्रोलमै म भएपछि मेरो जिम्मेवारी सबैको ज्यान बचाउनु थियो। त्यस्तो हुँदा म एक्लै भागेर भएन, सबैलाई बचाउन पर्यो। सबैलाई भगाएँ, यसमै मेरो समय गयो र म आफैँ निस्किन पाइनँ।”
उहाँले पावर हाउसको टनेल लामो भएकाले भित्र अझै मानिसहरू हुनसक्ने आशंका पनि व्यक्त गरेका छन्।
बाढी आएको दिन सम्झिँदै उहाँले भन्नुभयो—
“१० गते १० बजे यस्तो भएको थियो। भित्र ‘हरे कृष्ण’ महामन्त्र जपेर बसेको थिएँ।” 🙏
❤️ ९ दिनसम्म मृत्युको मुखमा संघर्ष गरेर जीवित उद्धार भएका सञ्जय शाहको साहस र धैर्यलाई सलाम। 🇳🇵🙏
#भोटेकोशीबाढी #रसुवाबाढी #हरेकृष्ण 🇳🇵

Breaking GoodNews: त्रिशुली 3A को सुरुङ भित्र एकजना भन्दा धेरै व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धार टोलीले नआत्...
04/09/2026

Breaking GoodNews: त्रिशुली 3A को सुरुङ भित्र एकजना भन्दा धेरै व्यक्तिको आवाज सुनिएको पुष्टि भएको छ । उद्धार टोलीले नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको छ । ❤️

04/09/2026

🪷🙏 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🙏🪷
भगवान श्रीकृष्णको कृपा, प्रेम, शान्ति र सकारात्मक ऊर्जाले तपाईं तथा सम्पूर्ण परिवारको जीवन सुख, समृद्धि र सफलताले भरिपूर्ण बनोस्। 💙✨
श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना! 🇳🇵🦚
राधे राधे! 🙏💙
#श्रीकृष्णजन्माष्टमी #जन्माष्टमी #शुभकामना 🇳🇵

03/09/2026

I got over 50 reactions on my posts last week! Thanks everyone for your support! 🎉

Address

Damak
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Scroll posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category