नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति काँकडभिट्टा

  • Home
  • Nepal
  • Jhapa District
  • नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति काँकडभिट्टा

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति काँकडभिट्टा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति काँकडभिट्टा, Legal, 001, Jhapa District.

मजदुरको हक अधिकार र रक्षाको लागी सदैब क्रियाशील संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको बिशेष दिन अर्थात  ४४ औं स्था...
24/06/2023

मजदुरको हक अधिकार र रक्षाको लागी सदैब क्रियाशील संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको बिशेष दिन अर्थात ४४ औं स्थापना दिवसको अवसरमा संगठन मेचीनगर समिति काँकडभिट्टाले मजदुर द्धारा रक्तदान गर्दै लागू औषध दुर्व्यसन विरुद्ध सचेतना सहित ट्राफिकलाई लागु औषध दुर्व्यसन किट हस्तान्तरण गरी भब्य रुपमा ब्यापक सहभागिता सहित कार्यक्रम सम्पन्न गरिएको छ ।
राजकुमार सुवेदी ज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम को सञ्चालन सचिव श्री दावा तामाङले गर्नु भएको थियो भने आतिथ्यता श्री गोपाल चन्द्र बुढाथोकी,श्री प्रसाद मैनाली,मीना उप्रेति, एकराज तिम्सीना ,मोहन रिजाल,रामकुमार श्रेष्ठ, खडानन्द भण्डारी ,बिष्णु श्रेष्ठ, किरण तामाङ्गको उपस्थिति रहेको उक्त कार्यक्रममा अध्यक्ष राजकुमार सुवेदीज्यूले आगामी दिनमा श्रमिकको हक र अधिकार अझ सुनिश्चित गर्न सकियोस भन्ने कामना सहित देशभित्र र देश बाहिर कार्यरत सम्पूर्ण श्रमजीवी बर्गमा बिशेष शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरियो ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति काँकडभिट्टाले २०७८/०९/१४ गते  सम्मान साथै  राहत वीतरण कार्यक्रम सम्पन्...
30/12/2021

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति काँकडभिट्टाले २०७८/०९/१४ गते सम्मान साथै राहत वीतरण कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको मिति: २०७८ पौष ७,८ र ९ गते बुटवलमा सम्पन्न ११ औ राष्ट्रिय महाधिवेशनबाट मेचीनगर कमिटी अध्यक्ष खडानन्द भण्डारी केन्द्रीय सदस्यमा र देबी प्रसाद भट्टराई केन्द्रीय उप महासचिवमा सर्वसम्मत चयन हुनुभएकोमा मेचीनगर कमिटिद्वारा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ
साथै मजदुर मान बहादुर को दुबै मृगौला खराब भएको हुँदा उपचारार्थ सगठनद्वारा निजको परिवार लाईं राहत प्रदान गरेको छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति काँकडभिट्टाले  आज मिति :२०७८/०८/१८ गते राहत वीतरण कार्यक्रम सम्पन्न गर...
04/12/2021

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति काँकडभिट्टाले आज मिति :२०७८/०८/१८ गते राहत वीतरण कार्यक्रम सम्पन्न गरेको छ ।
मजदुर हरुको हक अधिकार र रक्षाको लागी सदैब क्रियाशील संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले सदस्यद्वय सिताराम दाहाल र कमल ढकाल लाई दुर्घटना राहत स्वरुप नगद प्रदान गरिएको छ ।
अध्यक्ष: श्री खडानन्द भण्डारी
उपाध्यक्ष: श्री मोहन रिजाल
सचिव: श्री दुर्गा खड्का

18/07/2021
18/07/2021

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति काँकडभिट्टाका पूर्व कोषाध्यक्ष आदरणीय श्री हरी सिग्देल ज्यूको ममतामयी माता को आज मिति : २०७८ श्रावण ३ गते भएको असामयिक निधनले स्तब्ध बनाएको छ स्व. माता प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दछौं।
अध्यक्ष: श्री खडानन्द भण्डारी
उपाध्यक्ष: मोहन रिजाल
सचिव: दुर्गा खड्का
एवम् समस्त
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति परिवार काँकरभिट्टा

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति काँकडभिट्टाका  अध्यक्ष आदरणीय श्री खडानन्द भण्डारी ज्यूको पुजनिय  पिता...
27/06/2021

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति काँकडभिट्टाका अध्यक्ष आदरणीय श्री खडानन्द भण्डारी ज्यूको पुजनिय पिता त्रिलोचन भण्डारी ज्यूको मिति : २०७८ असार १२ गते ८६ बर्षको उमेरमा भएको असामयिक निधनले स्तब्ध बनाएको छ स्व. पिता प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दछौं।
ईन्चार्ज: किरण तामाङ्ग
उपाध्यक्ष: मोहन रिजाल
सचिव: दुर्गा खड्का
एवम् समस्त
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति परिवार काँकरभिट्टा

मजदुरको हक अधिकार र रक्षाको लागी सदैब क्रियाशील संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको बिशेष दिन अर्थात  ४२ औं स्था...
23/06/2021

मजदुरको हक अधिकार र रक्षाको लागी सदैब क्रियाशील संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको बिशेष दिन अर्थात ४२ औं स्थापना दिवसको अवसरमा संगठन मेचीनगर समिति काँकडभिट्टाले दीप प्रज्वलन गरी साथै नयाँ सदस्यता बिस्तार गरी कार्यक्रम सम्पन्न गरिएको छ । काँकरभिट्टा बसपार्कमा बुधबार साँझ दिप प्रज्वलन गरी सामाजिक दुरी कायम राख्दै भब्य रुपमा ब्यापक सहभागिता सहित कार्यक्रम सम्पन्न गरिएको छ ।

संगठन मेचीनगर समिति काँकडभिट्टाको सचिव श्री दुर्गा खड्का ज्यूले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा ईन्चार्ज श्री किरण तामाङ्ग र अध्यक्ष खडानन्द भण्डारी ज्यूले आगामी दिनमा श्रमिकको हक र अधिकार अझ सुनिश्चित गर्न सकियोस भन्ने कामना सहित देशभित्र र देश बाहिर कार्यरत सम्पूर्ण श्रमजीवी बर्गमा बिशेष शुभकामना व्यक्त गर्नुभएको थियो ।

मे १ श्रमिक वर्गले लामो संघर्ष पछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन अर्थात बिश्वभरिका श्रमिकको आठ घण्टा काम, आ...
01/05/2021

मे १ श्रमिक वर्गले लामो संघर्ष पछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन अर्थात बिश्वभरिका श्रमिकको आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका अधिकारको स्मरण गराउने बिशेष दिन ।
यसवर्ष कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण श्रमिक दिवसको अवसरमा संगठन मेचीनगर समिति काँकडभिट्टा द्वारा कुनै पनि औपचारिक कार्यक्रम गर्न नसकिएको हुँदा क्षमा चाहन्छौं 🙏🙏। १३२ औं मे दिवसले श्रमिकको हक र अधिकार सुनिश्चित गर्न सकोस भन्ने कामना सहित देशभित्र र देश बाहिर कार्यरत सम्पूर्ण श्रमजीवी वर्गमा शुभकामना व्यक्त गर्दछौं । बिश्व श्रमिक दिवस बिशेष र अर्थपूर्ण बन्न सकोस🙏🙏
अध्यक्ष : श्री खडानन्द भण्डारी
सचिव : श्री दुर्गा खड्का
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति परिवार काँकडभिट्टा

मलामी जाने बारे सूचना               🌹श्रद्धाञ्जली 🌹   नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति काँकरभिट्टाको का...
09/04/2021

मलामी जाने बारे सूचना
🌹श्रद्धाञ्जली 🌹
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति काँकरभिट्टाको कार्यसमिति कोषाध्यक्ष आदरणीय श्री पूर्ण अधिकारी(टंक) ज्यूको ममतामयी माता चन्द्र कुमारी अधिकारीको हिजो २०७७ चैत्र २६ गते आकस्मिक निधन भएको र आज २७ गते दिनको १२ बजे स्थानिय मेची नदिमा अन्त्येष्टि गरिने भएको हुँदा समस्त संगठन परिवार उपस्थित् भईदिन हुन अनुरोध गर्दछौं।
अध्यक्ष: खडानन्द भण्डारी
सचिव:दुर्गा खड्का

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एक नम्बर प्रदेश कमिटी अध्यक्ष आदरणीय श्री सन्तोष बान्तवा राई ज्यूको पुजनिय पिता धन ब...
31/03/2021

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एक नम्बर प्रदेश कमिटी अध्यक्ष आदरणीय श्री सन्तोष बान्तवा राई ज्यूको पुजनिय पिता धन बहादुर राई को ८० बर्षको उमेरमा भएको असामयिक निधनले स्तब्ध बनाएको छ पिता प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दछौं।
अध्यक्ष: खडानन्द भण्डारी
उपाध्यक्ष: मोहन रिजाल
सचिव: दुर्गा खड्का
एवम् समस्त नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति परिवार काँकरभिट्टा

13/03/2021

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय अध्यक्ष कमरेड आदरणीय श्री भीमज्वाला राई ज्यूको पुजनिय पिता मदनमोहन राई ज्यूको ६७ बर्षको उमेरमा भएको असामयिक निधनले स्तब्ध बनाएको छ पिता प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दछौं।
अध्यक्ष: खडानन्द भण्डारी
उपाध्यक्ष: मोहन रिजाल
सचिव: दुर्गा खड्का
एवम् समस्त नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति परिवार काँकडभिट्टा

Address

001
Jhapa District

Telephone

+97723562792

Website

Alerts

Be the first to know and let us send you an email when नेपाल यातायात स्वतन्त्र मजदुर संगठन मेचीनगर समिति काँकडभिट्टा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category