Chet Raj Joshi

Chet Raj Joshi समाचार मनोरञ्जन लेख रचना साहित्य शिक्षा people

31/12/2025

29/12/2025

म नेपाल हासेको हेर्न चाहान्छु ।

29/12/2025

हार्दिक श्रद्धाञ्जली ती सपनाहरुलाई जुन सपना तिमी र म सँगै हुँदा देखेका थियौं !! #😭💔

29/12/2025

निर्वाचन आचारसंहिता, २०८२ अनुसार सबैले पालाना गर्नुपर्ने आचारसंहिताका बुँदाहरु:

१. सार्वजनिक संस्था वा निकाय अन्तर्गतको स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष/विपक्षमा प्रयोग गर्न नपाइने ।

२. निर्वाचन व्यवस्थापन र मतदाता शिक्षा लगायतका कार्यक्रमहरुमा अवरोध हुने कार्य वा निर्वाचनको सामग्री वा सुचना बिगार्न वा थपघट गर्न नहुने ।

३. सार्वजनिक संस्था, विश्वविद्यालय, विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरेर निर्वाचन सम्बन्धी भेला वा प्रचारप्रसार गर्न/गराउन नहुने ।

४. राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न अङ्कित कपडा, पहिरन, ट्या'टु, झोला जस्ता साङ्केतिक सामग्रीको उत्पादन, प्रयोग, बिक्रीवितरण वा प्रदर्शन गर्न/गराउन नहुने ।

५. घर वा जग्गा धनीको अनुमति बिना निजको सम्पत्तिमा राजनीतिक गतिविधि तथा प्रचारप्रसार गर्न नहुने ।

६. ज्येष्ठ नागरिक, महिला, कुनै समुदाय तथा अ'पाङ्गता भएका व्यक्तिहरुको भावनामा आँच पुग्ने र चरित्र ह'त्या गर्ने गरि निर्वाचनको प्रचारप्रसार गर्न/गराउन नहुने ।

७. विद्यार्थीहरूलाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न/गराउन नदिने ।

८. निषेधित क्षेत्रमा सभा, भेला, जु'लुस, बैठक, प्रचारप्रसार लगायतका कार्य गर्न नहुने ।

९. सार्वजनिक आवागमनमा अवरोध पुग्ने गरि सभा, भेला, जु'लुस गरेर प्रचारप्रसार गर्न/गराउन नहुने ।

१०. सामाजिक सञ्जालबाट भ्रा'मक समाचार सम्प्रेषण गर्न/गराउन नहुने ।

११. निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउन्ट चलाउन वा झुटो साइट खोल्न नहुने ।

१२. AI को प्रयोग गरेर निर्वाचनलाई प्रभाव पार्नेगरि हो'च्या"उन, दुष्प्र'चार गर्न, भ्रा'मक सुचना सम्प्रेषण गर्न, अप'मान गर्न, hate speech लगायतका भ्रा'मक टीकाटिप्पणी गर्न नहुने ।

१३. कुनै प्रयोजनको लागि प्रकाशित सामग्रीलाई AI को प्रयोगले निर्वाचन प्रभाव पार्ने गरि तो'डमोड गरेर सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट, LIVE stream, tag वा mention गर्न नहुने ।

१४. निर्वाचन आयोगका आयुक्त तथा कर्मचारीको प्रतिष्ठामा असर पर्ने गरि ला'ञ्छना लगाउन नहुने ।

१५. चरित्र ह'त्"या गर्न, व्यक्तिगत ला'ञ्छना लगाउन, मानहा'नी गर्न र यस्ता सामग्रीहरुको उत्पादन तथा प्रकाशन वा प्रशारण गर्न/गराउन नहुने ।

१६. उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखी मतदान सम्पन्न नभएसम्म मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने ।

१७. निर्वाचनलाई असर पुर्याउने गरि विचार राख्न, प्रचारप्रसार गर्न तथा सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट, LIVE Stream, tag वा mention गर्न/गराउन नहुने ।

१८. मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने ।

१९. मतदाता वा मतदानमा खटिएका कर्मचारीसँग वादवि'वाद वा हतोत्साहित गर्ने कार्य गर्न नहुने ।

२०. अनुमतिबिना क्यामेरा, भिडियो क्यामेरा, ड्रोन, मोबाइल वा अन्य उपकरणबाट मतदानस्थल र मतगणना स्थलको तस्बिर लिन/भिडियो खिच्न नहुने ।

२१. निर्वाचनको स्वच्छता र निष्पक्षतलाई असर गर्ने गरि कुनैपनि कार्य गर्न नहुने ।

28/12/2025

भौतिक विकास त चाहिन्छ । गति फरक भएपनी सधैं चलिरहन्छ ।
तर, आम जनताले न्याय लिन अदालत, प्रहरी प्रशासन र स्वास्थ्य सेवा लिन अस्पताल पुग्दा राज्य महशुस गर्न सक्ने गरि विकास गर्नुपर्छ । ।
अन्यथा सुख देखिए पनि खुशी नहुन सक्छ ।
नयाँ पुराना सबैलाई यही सुझाव अनि शुभकामना ।।

23/12/2025

हेर्ने नजरमा 👀 खोट छ भने जस्तोसुकै पावरफुल चस्मा 🕶️👓️ लगाएनी केही फरक पर्दैन ।
#शुभ_रात्री

नेताहरुले देश सम्हाल्न सकेनन् भने राजा आउनु पर्छ भन्ने अभिव्यक्ति दुई पटक राष्ट्रपति भएको मान्छेले बोली सकिन । भनेपछि सब...
22/12/2025

नेताहरुले देश सम्हाल्न सकेनन् भने राजा आउनु पर्छ भन्ने अभिव्यक्ति दुई पटक राष्ट्रपति भएको मान्छेले बोली सकिन । भनेपछि सबैलाई थाहा त रहेछ नि देश सम्हाल्न सक्ने राजा नै हुन कठिन समय आयो भने राजा नै गुहार्नु पर्छ भन्ने । तर सहज परिस्थिति रहुन्जेल देश चुस्ने मात्र उदेश्य हो नेताहरुको।

नेपालमा राजसंस्था फर्किन सक्ने अर्थपूर्ण अभिव्यक्ति दिदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, “उहाँ नेपालको राजा हो । राजपरिवारको वरिष्ठ सदस्य हो । नेपाल एकीकरणको नेतृत्व गर्ने राष्ट्रनिर्माता भनेर पृथ्वीनारायण शाहलाई सम्मान गर्छौँ, उहाँको सन्तति हो । त्यो हिसाबले सम्मान छ । उहाँले राजगद्दी जसरी त्याग गर्नुभयो, त्योप्रति पनि मेरो सम्मान छ । जनताको नासो जनतालाई फिर्ता दिन्छु भनेर आफैँ गाडी ड्राइभ गरेर श्रीमती लिएर राजगद्दी त्यागेर हिँडेको व्यक्ति हो । त्यसैले उहाँलाई देशप्रति माया छ भन्ने मलाई विश्वास छ । उहाँलाई देशको माया छ, फेरि राजा बन्न सक्नुहुन्छ । देश अस्थिर भइरह्यो, पार्टीहरूले कमान्ड गर्न सकेनन् भने कसैले न कसैले त सम्हाल्नुपर्‍यो नि।”

20/12/2025

कसैले २५ वर्षमै विवाह गरेर १० वर्षपछि सन्तान पाए,
कसैले ३४ वर्षमा विवाह गरेर १ वर्षमै पाए।
कसैले २३ वर्षमा मास्टर डिग्री गरेर ११ वर्षपछि मनपर्ने काम पाए,
कसैले ३० वर्षमा पढाइ सकेर ९ वर्षपछि आफ्नो सपना पुरा गरे।

कोही १५ वर्षमै निर्देशक बनेर ५० वर्षमै बिते,
कोही ५० वर्षमा त्यो पद पाएर ९० वर्षसम्म बाँचे।
भारत अमेरिकाभन्दा समयमा १० घण्टा अगाडि छ,
तर त्यसले अमेरिका ढिलो छ भन्ने होइन।

ओबामाले ५५ वर्षमै अवकाश पाए,
ट्रम्पले ७० वर्षमा त्यही काम सुरु गरे।

जीवनमा सबैजना आफ्नै समयमा हुन्छन्।
कोही अघि, कोही पछि — तर सबै आफ्नो बाटोमा।
अरूलाई हेरेर आफ्नो गति नतोकिनुहोस्।
बस् आफ्नो यात्रामा साँचो रहनुहोस्, निरन्तर लागिरहनुहोस्।

बाटो घुमाउरो होला,
तर फिर्ता नफर्कनुहोस् —
किनभने छोटो बाटो पनि त्यहीँबाटै फेरी सुरु हुन्छ।

बरु सोच्नुहोस् —
शायद तपाईंको अर्को प्रयास नै अन्तिम चोट हुनेछ
जसले तपाईंको ढोका खोलिदिनेछ 🔥

20/12/2025

भाकल पूरा भएन भने मानिसहरु मन्दिर परिवर्तन गर्दछन,उपचार राम्रो भएन भने डाक्टर परिवर्तन गर्दछन।
तर अमुक दल बाट बिकासको निकास भएन भने दल बदल्ने निर्णय किन न गर्ने रहेछन् ...??

18/12/2025

युरेापियन :- हामी " शिक्षित " खेाज्छैां।
जापान :- हामी "दक्ष " खेाज्छैां।
अमेरिकन :- हामी " शिक्षा+ दक्षता " खेाज्छैा।
भारत :- हामी " प्रमाण पत्र" खेाज्छैां।
नेपाल :- हामी " पार्टीकेा सदस्यता " खेाज्छैां।

१) कतै समिति वनाउनु पर्येा - आफ्नै दलकेा हुनु पर्येा।
२) कतै नियुक्ति गर्नु पर्येा - आफ्नै दलकेा हुनु पर्येा ।
३) कतै सरुवा गर्नु पर्येा- आफ्नै दलकेा हुनु पर्येा ।
४) कतै सम्मान गर्नु पर्येा - आफ्नै दलकेा हुनु पर्येा ।
...........
जहाँ जे गर्नु पर्याे - आफ्नै दलकेा हुनु पर्येा ।

अरु त विर्सिदिऊँ श्रद्धाञ्जली र समवेदना कार्यक्रम पनि आफ्ना दलकेा भए गर्ने / नभए नगर्ने सम्मकेा संस्कार अहिले सम्म पनि व्याप्त देखिन्छ।

दलिय कित्ताकाटकेा सामाजिक यो व्यथिति अति भयो ।

Address

Dhangadhi

Telephone

+9779825684661

Website

https://www.facebook.com/chet.rajjoshi.522

Alerts

Be the first to know and let us send you an email when Chet Raj Joshi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Chet Raj Joshi:

Share