29/10/2025
Doctrine of Continuity of Validity Vs. Doctrine of Necessity --- सामान्य जानकारी -----
---- Doctrine of Continuity of Validity (वैधताको निरन्तरताको सिद्धान्त) सामान्य वा स्थिर अवस्थामा लागू हुने एक महत्वपूर्ण legal principle हो। यस सिद्धान्त अनुसार, कुनै पनि कार्य वा निर्णय एकपटक validly performed under law भएमा, त्यो कार्य तबसम्म वैध रहन्छ जबसम्म कुनै competent authority वा न्यायिक निकाय (judicial body) द्वारा त्यसलाई अमान्य (invalidated) घोषित गरिएको हुदैन । यसको उद्देश्य राज्यको कानूनी संरचनामा stability, predictability, र continuity of governance सुनिश्चित गर्नु हो। उदाहरणस्वरूप, संसद् विघटन भए पनि त्यसअघि पारित भएका कानूनी व्यवस्था, नियुक्ति र प्रशासनिक निर्णयहरू स्वतः रद्द हुँदैनन्, ती वैधकै रूपमा जारी रहन्छन्। यस सिद्धान्तले rule of law अन्तर्गत राज्य सञ्चालनमा निरन्तरता र वैधानिकता कायम राख्ने आधार प्रदान गर्छ।
----- त्यस्तै, Doctrine of Necessity (आवश्यकताको सिद्धान्त) भने असामान्य वा आपतकालीन (abnormal or exceptional) अवस्थाको सिद्धान्त हो। जब संवैधानिक वा कानूनी व्यवस्था अस्थायी रूपमा निष्क्रिय हुन्छ वा सामान्य प्रक्रिया अनुसरण गर्न असम्भव हुन्छ, त्यस्तो अवस्थामा राज्यको अस्तित्व, सार्वजनिक हित र प्रशासनिक कार्यक्षमता कायम राख्नका लागि गरिएको कार्यलाई temporary legal validity प्रदान गरिन्छ। यस सिद्धान्तको सार “Necessity knows no law but creates one for itself or creates law for the moment.” ” भन्ने वाक्यांशमा निहित छ।
✔️यी दुवै सिद्धान्त एकअर्काका complementary legal doctrines हुन्। सामान्य अवस्थामा Doctrine of Continuity of Validity लागू हुन्छ, जसले वैधानिक स्थायित्व सुनिश्चित गर्छ, जबकि असामान्य वा संकटपूर्ण अवस्थामा Doctrine of Necessity लागू हुन्छ, जसले राज्यको अस्तित्व र कार्यप्रणालीलाई अस्थायी कानूनी आधार प्रदान गर्छ। तर कहिलेकाहीँ बलियो परिस्थिति (necessity) ले कमजोरलाई (continuity) अस्थायी रूपमा ओझेल पार्न सक्छ—जस्तै गोरू जोत्ने बेलामा बलियोले कमजोरलाई धकेल्ने जस्तो। अन्ततः, कानूनी दृष्टिले
general rule सधैं पहिला लागू हुन्छ ( general rule prevails first)
र necessity केवल exceptional condition मा मात्र प्रयोग गरिन्छ (necessity operates merely as an exception to safeguard the functioning of the state during extraordinary conditions.)
-------- यी सिद्धान्त बारे बाकि अर्को दिन चर्चा गराैला।
Raj Jaishi ❤️🖋️