28/10/2025
💥समस्या समस्या समस्या💥
हाल Business VISA को 更新 (renewal) नहुने र
出国準備30日・31日 (PREPARATION VISA) भिसा दिएका केसहरू धेरै देखिँदै छन् 😥
यो हप्ता मात्र २ जना यही कारणले ठुलो समस्यामा पर्नु भइसकेको छ।
विशेषगरी NAGOYA क्षेत्रका, “सस्तो” भनेर प्रसिद्ध एक जना ZEIRISHI कार्यालय का Client हरूमा यस्तो समस्या बढी देखिएको छ।
📉 कारण:
※ अत्यधिक घाटा (BAD AUDIT REPORT)、अवास्तविक बिक्री र खराब हिसाबकिताब
पहिले यस्ता केसहरू पनि पास हुन्थे तर अहिले IMMIGRATION ले कडा चेक गर्ने भएकोले 10月16日 अघि दिएको आवेदन पनि अस्वीकृत हुँदैछन्‼️
🔹 出国準備 VISA (PREPARATION VISA)
👉 ३० दिन र ३१ दिनका दुई प्रकारका हुन्छन्।
३१ दिनको VISA भएकोले, पुनः आवेदन गरेर २ महिना जति समय थप्न सकिन्छ।
तर, घाटा भएको पुरानो हिसाब (BAD AUDIT REPORT) परिवर्तन गर्न नसकिने भएकाले
फेरि आवेदन गर्दा पनि पुनः Business VISA पाउने सम्भावना लगभग शून्य छ 😔
🔹 अब के गर्न सकिन्छ?
✅ 技能ビザ(COOK VISA) बाट आएका हुनुहुन्छ भने —
अर्को व्यक्तिलाई Owner बनाएर, COOK VISA मा फर्किने प्रयास गर्न सकिन्छ।
✅ 留学生ビザ(STUDENT VISA) बाट आएका हुनुहुन्छ भने —
अर्को राम्रो कम्पनीमा जागिर पाउने हो भने 技術・人文知識・国際業務VISA (Engineer/Specialist) मा
फेरि आवेदन गर्न सकिन्छ (तर पहिलेको आफ्नो पसलमा काम गर्न भने मिल्दैन, अवैध हुन्छ)।
🔹 हाम्रो सहयोग र सुझावहरू:
1️⃣ पसल बिक्री गर्न सकिन्छ भने :
हामीले करार, कागजात प्रक्रिया र खरिद-विक्री प्रक्रिया सस्तो दरमा मिलाइदिन्छौं।
हामीसँग 不動産資格 (रियल इस्टेट लाइसेन्स) पनि छ।
2️⃣ यदि बिक्री सम्भव छैन भने:
हामीले अस्थायी रूपमा पसल चलाएर नयाँ खरिददार खोज्ने व्यवस्था गर्न सक्छौं।
👉पसल लाई जस्तो छ त्यस्तै नछोडि भागेमा या भाडा नतिरी भागेमा घर मालिकले (Owner) IMMIGRATION मा रिपोर्ट गर्न सक्छ,
त्यो अवस्थामा फेरि पटक जापान आउन निकै गाह्रो हुन्छ!
कसैले खरिद गर्न चाहनुभयो भने पनि सम्पर्क गर्नुहोस्।
(हामीसँग केही ग्राहकहरू छन् जसले पसल बिक्री गर्न खोजिरहेका छन्)
3️⃣ परिवार भएका मानिसहरूका लागि :
यदि हाम्रो कार्यालयले तपाईंको पसल सम्हाल्यो भने, तपाईंको बच्चाको जीवनयापन , बसोबासको सहयोग र सोही पसलमा पार्टटाइम काम गर्ने वातावरणको व्यवस्था गरिन्छ। हाईस्कूल सकेपछि, स्थायी बसोबास (定住者) VISA पाउन सकिने गरी पनि सहयोग गरिन्छ।"
4️⃣ यदि फर्किनु परेमा गर्नु पर्ने कुरा:
市/区役所(WARD OFFICE) मा कर र स्वास्थ्य बीमा तिर्नुहोस्।
नतिरी फर्किएमा, फेरि जापान आउन नपाइने जोखिम हुन्छ।
📄 सरकारी जानकारी 👉
https://www.soumu.go.jp/main_content/000679117.pdf
https://www.soumu.go.jp/main_content/000679118.pdf
5️⃣ भविष्यमा फर्किन चाहनेहरूका लागि:
नेपल फर्किएर JLPT N4 + SSW EXAM पास गरेपछि
SSW 1号 VISA मा जापान फर्किन सकिन्छ।
हाम्रो कार्यालय SSW को सहयोग पनि गर्न सक्छ।
त्यसैले SSW 1号 → 2号 (परिवारसहित स्थायी काम)
सम्मको सहयोग गर्न सक्छौं।
💬 अहिले धेरै जना मालिकहरू अचानक व्यवसाय बन्द गर्न बाध्य भएका छन्,
त्यसले कर्मचारी र परिवार सबैलाई असर गरेको छ।
हामी यस्ता सबै समस्यामा निशुल्क परामर्श र सहयोग दिइरहेका छौं।
📩 छिटो सम्पर्क गर्नुहोस्,
अझ ढिला गर्नुभयो भने सच्याउन नसकिने गल्ती हुन सक्छ!
🙏 जापानमा रहन चाहने साथीहरू, अहिले नै सल्लाह लिनुहोस् 🙏
ापानबासी नेपालीNepali in Japan जापानमा बस्ने हामी नेपालीNRN JAPANJapan Working VisaNepali In Japan