12/08/2022
सम्माननीय मुख्यमन्त्री पीएस तामाङद्वारा बुमटारमा वृद्धाश्रमको उद्घाटन
मिति : 12.8.22
सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेमसिंह तामाङ गोले ज्यूले आज दक्षिण सिक्किमको बुमटारमा निर्मित वृद्धाश्रमको उद्घाटन गर्नुभयो।
सिक्किम सरकारद्वारा विशाल रूपमा निर्मित यस वृद्धाश्रमको उद्घाटनको अवसरमा मुख्यमन्त्रीकी धर्मपत्नी श्रीमती कृष्ण राई गोले, मन्त्री डा. एमके शर्मा, जिल्लापाल लगायत विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
उद्घाटित चारतल्ले यस भवनमा असहाय वृद्ध-वृद्धाहरूलाई राखिनेछ भने यसको सञ्चालन एक नाम्चीको सक्रिय सामाजिक संस्था दृष्टिले गर्नेछ भने यसको देखरेख चै जिल्लापाल कार्यालयले गर्नेछ।
यस वृद्धाश्रम संचालन को निम्ति राज्य सरकारले प्रत्येक वर्ष सीएसआर कोष मार्फत् 10 लाख रुपियाँ प्रदान गरिने मुख्यमन्त्रीले बताउनुभयो।
यस वृद्धाश्रममा महिला तथा पुरुष वार्ड सुन्दर रूपमा निर्माण गरिएको छ भने यहाँ डाक्टर,नर्स समेतले सेवा उपलब्ध गराउनेछन् ।
वहाँले जिम्मेवारीको साथमा वृद्धाश्रम सञ्चालन गर्नसक्ने कोही सामाजिक संस्था भए सरकारले सहयोग गर्ने वचन दिनुभयो। वर्तमानमा धेरै मानिसहरू समाजसेवाको निम्ति काम गर्ने गरेको बताउँदै यस वृद्धाश्रम सञ्चालकले त्यस्ता व्यक्तिहरूसँ सहयोगको निम्ति अपील गर्न मुख्यमन्त्रीले सुझाउ दिनुभयो।