JB Migration & Visa Services

JB Migration & Visa Services We commit to provide ethical counselling for Australian education and visas from Qualified and exper

Significant reduction to Nomination placements in ACT. Total number -1200 only. (23/24)
24/08/2023

Significant reduction to Nomination placements in ACT.

Total number -1200 only. (23/24)

01/09/2022

अष्ट्रेलियामा पी आर् प्राप्त गर्ने अवसर बढ्दै

भर्खरैमात्र क्यान्बेरामा सम्पन्न रोजगार शिखर सम्मेलनले अष्ट्रेलियाको सरकारलाई बार्षीक माईग्रेसन ईन्टेकलाई १६०,००० बाट बढाएर कम्तिमा दुईलाख पुर्याउनुपर्ने सुझाव दिएको छ । कोभीड-१९ को महामारीपछी थलिएको अर्थतन्त्रलाई उकास्न, बढ्दो दक्ष कामदारको माग पुर्ती गर्न र यसको असरबाट सेवा प्रभावित बनेका क्षेत्रहरु, जस्तै : स्वास्थ्य, शिक्षा, आई टी र हस्पिटालिटीलाई ग्राह्यता दिनेगरी अष्ट्रेलियाको ईमिग्रेसनले निकट भविष्यमै केही नयॅा पोलिसीहरु ल्याउने अॅाकलन गर्न सकिन्छ । लगभग दुईबर्षभन्दा बढी समयदेखी सुषुप्त अवस्थामा रहेको सव्क्लास् १८९ भीजाको लागी ६५ पोईन्ट्मा मात्र भीजाको लागी निमन्त्रणा गर्नुले पनि अष्ट्रेलियन ईमिग्रेसनले आन्तरिकरुपमा केही गृहकार्य अगाडी बढाईरहेको बुझ्न सकिन्छ ।

के होलान् त आउॅदा दिनहरु

स्किल्ड माईग्रेसन भीजा अन्तर्गत सव्क्लास् १८९ भीजाको लागी ईन्भीटेसन् दिएसंगै क्यान्बेराबासी आबेदकहरुको सव्क्लास् १९० र ४९१ भीजा पाउने मौका बढेको हो । त्यसैगरि, स्किल्ड ईन्डिपेन्डेनट (सव्क्लास् १८९) भीजा अघिल्लो बर्षभन्दा लगभग तेब्बरको संख्यामा नोमिनेसन् दिने देखिएकोले पनि पहिलेभन्दा केही कम पोईन्ट्स्मा स्टेट र रिजनल् नोमीनेसन् पाउने मौका रहनेछ भन्दा फरक नपर्ला । अर्को महत्वपुर्ण पक्ष भनेको पहिले हटाईएका र बन्द गरिएका स्किल्ड अकुपेसनलाई फेरी लिस्टमा राख्नुलाई पनि स्किल्ड माईग्रेसनको दृष्टिकोणबाट सकारात्मक नै मान्नुपर्दछ ।

गतबर्षको भन्दा ७२० बढी नोमीनेसन् दिने बताएको एसीटी माईग्रेसनले अझै कोटा बढाउने ठॅाउ बिद्यमान नै रहेको जनाएको छ । अष्ट्रेलियाभरी तीसहजार भन्दा बढी स्किल्ड माईग्रेसन बढाएको ईमिग्रेसनले यो सॅख्या अझै बढाउने सॅकेत गरेसॅगै सबै स्टेट र टेरीटोरी लगायत रिजनल एरियामा पनि स्किल्ड भीजा पाउने मौका बढ्ने अपेक्षा गर्न सकिन्छ। त्यसैले सबै आबेदकहरुलाई हतोत्साही नबनी धैर्यताको साथ स्किल्ड माईग्रेसनका लागी अत्यावश्यक आफ्नो कागजपत्रहरु अद्याबधीक राख्न र आवश्यकता अनुसार रजीस्टर्ड माईग्रेसन कन्सल्ट्यान्टहरुसॅग सम्पर्क गर्न सुझाव गर्दछौं ।

धन्यबाद्
बिक्रम सुबेदी
Bikram Subedi
रजीस्टर्ड माईग्रेसन् कन्सल्ट्यान्ट
क्यान्बेरा

https://www.facebook.com/106666784386667/posts/594922995561041/?d=n
10/08/2022

https://www.facebook.com/106666784386667/posts/594922995561041/?d=n

क्यान्बेरा (ए सी टी )बाट पी आर् लिन चाहनेहरुको लागी आयो यस्तो खुशीको खबर

ए सी टी ले राज्यस्तरीय र ग्रामीण स्तरीय गरी दुई भिन्न प्रकारका स्किल्ड माइग्रेसन भीजाका लागि नोमिनेशन प्रदान गर्ने गरेको छ। नोमिनेशन प्रक्रिया सहज र पारदर्शी बनाउनकालागि यस राज्यले अष्ट्रेलियामा नै पहिलोपटक मेट्रिक्स सिस्टमबाट नोमिनेशन प्रदान गर्ने बिल्कुलै नयाँ अनि बैज्ञानिक प्रक्रिया सन २०१८ बाट नै सुरु गरेको हो ।

अस्ट्रेलियाको अध्यागमन बिभाग ले हरेक बर्ष हरेक स्टेट र टेरीटोरीहरुलाई केहि निश्चित कोटाहरु ग्रामिण तथा राज्य स्तरिय भिसाका लागि छुट्याउने गर्दछ, जस अन्तर्गत यसपाली ढिलै गरेर भएपनि २०२२/२३ आर्थिक बर्षका लागि केहि सिमित (अन्तरिम भनिएको छ ) कोटाहरुमा नोमिनेशन प्रदान गर्नका लागि स्वीकृत गरिसकेको छ । मेट्रिक्स सिस्टम शुरु भएपछि २०१९ मा जम्मा १२०० कोटा पाएको एसिटीले हरेक बर्ष बढाउंदै लगेर यसपाली भने २७२० नोमिनेशन प्रदान गर्ने जनाएको छ जुन गतबर्षको भन्दा ७२० बढी हो। ए सी टी माईग्रेसन सर्भीसेसले यसबर्ष सबक्लास ४९१ मा १९२० र सबक्लास १९० मा ८०० नोमीनोशन प्रदान गर्ने जनाएको छ। यससॅगै क्यान्बेराबाट पी आर लिनका लागी यहॅा बसाईं सरेका र यतै बसेर पढिरहेका अनि काम गरिरहेकाहरुमा हर्षोल्लास् छाएको छ ।

गत जूनको अन्तिम सातामात्र आउॅदो एकबर्षका लागी २५० भन्दा बढी स्किल्ड अकुपेसनहरुलाई अकुपेसन लिस्टमा अटाएको “अस्ट्रेलियन क्यापिटल टेरीटोरि माईग्रेसन सर्भिसेस”ले आगामी समयका लागि यस राज्यबाट कुन आधारमा नोमिनेशन प्राप्त गर्न सकिन्छ भन्ने गाइडलाइन, परिमार्जन सहित प्रकाशन गरिसकेको छ ।

थप जानकारीको लागी हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

धन्यबाद् ।

हजुरको जय होस् ।

Bikram Subedi
Registered Migration Advisor
Canberra

ACT government received an interim allocation for the 2022-2023 program year.1. Skilled Nominated (subclass 190) visa: 8...
10/08/2022

ACT government received an interim allocation for the 2022-2023 program year.

1. Skilled Nominated (subclass 190) visa: 800 places

2. Skilled Work Regional (subclass 491) visa: 1920 places

क्यानबेराबाट सबक्लास् १९० र ४९१ नोमिनेसन् प्राप्त गर्ने सॅंभावना कस्को बढी होला? क्यानबेरा सर्नु उपयुक्त होला की नहोला ?
27/07/2022

क्यानबेराबाट सबक्लास् १९० र ४९१ नोमिनेसन् प्राप्त गर्ने सॅंभावना कस्को बढी होला? क्यानबेरा सर्नु उपयुक्त होला की नहोला ?

क्यानबेराबाट सबक्लास् १९० र ४९१ नोमिनेसन् प्राप्त गर्ने सम्भावना कस्को बढी होला? क्यानबेरा सर्नु उपयुक्त होला की नहोला ?

हाल, अष्ट्रेलियाका अन्य रिजनल् एरियाहरुमा, त्यहॅा बसेको, पढेको र काम गरेको आधारमा नोमिनेसन प्रदान गर्ने र सजिलो नोमिनेसन् प्रकृया छ जस्ले गर्दा हाल भीक्टोरिया र एन् एस् डब्ल्यूकै रिजनल्, तास्मानिया, एडिलेड, नर्दन टेरीटेरी अनि वेस्टर्न अष्ट्रेलिया जानेहरुको चाप राम्रै देख्न सकिन्छ ।हालै एसीटी माईग्रेसन सर्भिसेसद्वारा प्रशारित जानकारी अनुसार सवक्लास् ४९१ को लागी ६५ मेट्रिक्स् पोईन्ट्स भन्दा धेरै पोईन्ट्स् भएका करिव २४०० आवेदनहरु रहेको र सवक्लास् १९० का लागी ८५ मेट्रिक्स् पोईन्ट्स् भन्दा धेरै पोईन्ट्स् भएका करिव ४०० आवेदनहरु नोमीनेसनको पर्खाईमा छन् र आबेदकहरुको पोईन्ट्स् पनि बढ्दो क्रममा नै छ ।

अष्ट्रेलीयाको ईमिग्रेसनले प्राथमिकतामा राखेका अकुपेसन होल्डरहरुको अहिले बसिरहेकै स्थानबाट सवक्लास १८९ भीजाको लागी नोमीनेसन आउने सॅंभावना बढेकाले अर्को स्टेट जानुपर्ने वा रिजनल एरिया सर्नुपर्ने आवश्यकता नपर्न सक्छ । सिॅंगल आबेदकहरु र स्किल सेलेक्टमा ८० पोईन्ट्स् वा सो भन्दा धेरै पोईन्ट्स् भएकाहरु जस्को ॲाफु बसिरहेको र काम गरिरहेको स्टेटबाट नोमीनेसन् आउने संभावना छ, त्यस्ता आबेदकहरुलाई क्यान्बेरा उपयुक्त ठाऊॅ नहुन सक्छ ।

त्यसैगरी डिपेन्डेन्टको अंग्रेजी भाषामा दख्खलता नभएको अवस्थामा पनि क्यान्बेरालाई नोमीनेसनको लागी उपयुक्त स्थान मानिंदैन । तर दुवैजना आबेदक स्किल्ड भएको र दुबैले स्किल्ड अकुपेसनमा काम पाएको अवस्थामा क्यानबेरा, अष्ट्रेलियाका अन्य स्टेट वा रिजनल एरियाभन्दा धेरै छिटो र सजिलोसॅंग नोमीनेसन पाउने ठॅांऊ हुनसक्छ।

सबैभन्दा आकर्षक चाहीं एसीटीबाट पी. एच् डी. गरेका आबेदकहरुलाई छ, जसलाई मेट्रिक्स् लज गरेलगत्तै नोमीनेसन् लज गर्न आब्ह्वान गर्छ एसीटी माईग्रेसनले । त्यसैगरि आफ्नो स्किल्ड अकुपेसनमा धेरै अनुभव भएका, पहिले एसीटीमा पढेका र बसेका अनि अहिले ओभरसीज रहेका आबेदकहरुको लागी पनि एसीटि अरु स्टेटभन्दा बढी आकर्षणको केन्द्र बनेको छ किनकी अफसोर एप्लिकेसनको हकमा एसीटी माईग्रेसन सर्भीसेसले कम मेट्रिक्स् पोईन्ट्स्मा नोमीनेसनका लागी आब्हान गरिरहेको छ।

यसले गर्दा पहिले एसीटिमा उच्चशिक्षा अध्ययन गरेर आफ्नो देश फर्किएकाहरुले पनि उल्लेख्यरुपमा नोमीनेशन् पाईरहेका छन् एसीटीबाट। जस्को कारण एसीटीमा हाल बसिरहेका, काम गरिरहेका र पढिरहेकालाई अलि धेरै प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ ।त्यसैले क्यानबेरामा पी आर् लिनको लागी अरु स्टेटबाट बसाईं सर्नु अघि यहॅाको वास्तविक परिस्थितीलाई बुझेर र माईग्रेसन एक्सपर्टहरुको सल्लाह लिएर मात्र निर्णय गर्नु उपयुक्त हुन्छ ।

धन्यबाद् !

Bikram Subedi
Canberra

https://www.facebook.com/106666784386667/posts/583795146673826/?d=n
24/07/2022

https://www.facebook.com/106666784386667/posts/583795146673826/?d=n

क्यान्बेराबाट पी आर सजिलै आउॅछ त ?

आउनुहोस् !! यी भाईबहिनीहरुको केसस्टडी बाट शुरु गरौं :

नीरू र रुपा असाध्यै मिल्ने साथी, संगै नर्सिंगमा स्नातक सकेर पी आरको लागी वसाईं सर्ने क्रममा निरु NSW को सेन्ट्रल कोस्टमा नर्सिंग काम पाएर त्यतै जान्छिन् र रुपा क्यानबेरामा नर्सिंग काम पाएर क्यान्बेरातिर सर्छिन्। बसाईं सरेको १ बर्ष नपुग्दै निरुले सवक्लास् ४९१ भीजा प्राप्त गरिसकिन् भने रुपा क्यान्बेरा बसेर १ बर्षे डिप्लोमा सक्ने क्रममा छन् । उनीसंग अहिले ६५ मेट्रिक्स् पोईन्ट्स छ र अगस्टको १८ तारिकपछिमात्र ८० मेट्रिक्स् पोईन्ट्स् पुग्दैछ । बर्तमान प्रक्षेपण अनुसार रुपाले छिटोमा सेप्टेम्बरमा मात्र नोमीनेसन् पाउनेछिन् भने भीजाको लागी थप केही महिना कुर्नुपर्ने छ ।

अमित र रुपेस सिड्नीबाट मास्टर्स ईन् आई टी गरि प्रोफेसनल ईयर् २०२१ को फेव्रुअरीमा नै सकेका हुन् । स्किलसेलेक्ट ईन्डिपेन्डेन्ट पोईन्ट्स् रुपेसको ६० मात्र, अमितको ७५। अमितले आईटी मै काम पाएर सिड्नी नै बसे १९० भीजा लज गर्ने आशमा, रुपेश हिंडे - क्यान्बेरातिर । मार्च २०२१मा क्यान्बेरा आएको रुपेसको ३ महिनापछि एसीटीबाट सवक्लास् ४९१ नोमीनेसन् आयो भने अमित अब भीजा सकिन लागेकाले कता जाऊं के गरौं भनि अलमल्ल परेका छन् ।

मेलवर्नबाट अकाउन्टिंगमा मास्टर्स गरेका अनिल र मुकेसले केही समयसम्म कता जाने भनेर निर्णय गर्नै सकेनन्। टी आर् पाएपछि मुकेस रिजनल भिक्टोरिया सरेर काम गर्न थाले । अनिलको कामबाट राम्रो कमाई भैरहेकाले उन्ले पछि सर्ने भाका सार्दै मेलवर्नमै बसिरहे । रिजनल भिक्टोरिया गएको मुकेसको सवक्लास ४९१ को नोमिनेसन आएर भीजा लज गरेर बसेका छन् भने अनिलले फेरी स्टुडेन्ट भीजा लज गरेर बसेका छन् ।

नीता र अमिशा दुवैले सीड्नीबाट मास्टर्स अफ् सोसियल् वर्क पढिसकेर वेलफेयर वर्कर अकुपेसनबाट ७० पोईन्टस्मा ई ओ आई लज गरेका थिए, २०२१ को शुरुवाततिर। अमिशा NSW कै रिजनल् एरिया सर्छिन् भने नीता एसिटी । ८ महिनापछि NSW ले दुवैलाई स्टेट नोमीनेसन् १९० भीजाको लागी आव्हान गर्दछ- दुर्भाग्यबस् नीताले १९० नोमीनेसन् गुमाउंछिन् किनकी उनी बिगत ८ महिनादेखी एसीटिमा बसिरहेकी हुन्छिन् ।

उपर्युक्त सबै स्टेट या रिजनल माईग्रेससन् सम्बन्धि केसहरु बास्तबिकतामा आधारित हु्न् । यी केसहरुबाट के स्पष्ट देख्न सकिन्छ भने धेरैजसो आबेदकहरु होहल्लाको भरमा, कुनै रिसर्च नै नगरी, अन्धधुन्द भौंतारिरहेका थिए र छन् । जस्ले गर्दा आफ्नो हातमा आईसकेको पीआरको नोमिनेसन पनि फुस्किएको देख्न सकिन्छ भने कतिपय अन्यौलमै रहेको भेटिन्छ। यस्ले गर्दा समयको बर्बाद त हुन्छ नै, आर्थिक असर र मानसिक तनाव समेत हुन्छ ।

अष्ट्रेलियाको कुनैपनि स्टेट वा रिजनल एरिया सर्नुअघि आफ्नो स्किल्ड अकुपेसन्, त्यो ठाऊॅको डीमाण्ड लिस्टमा छ, छैन निर्क्यौल गर्नुपर्दछ । कति समय बस्नुपर्ने हो, काम कति गर्नुपर्ने हो, पढ्नु पर्ने अनिवार्यता छ वा छैन, आफ्नै स्किल्ड अकुपेसनमा काम गर्नुपर्ने हो या जुनसुकै काम गरेपनि हुने हो, यी सबै कुरा बुझेर मात्र सर्नु बुद्धिमतापुर्ण हुन्छ । "पोहोर साल साथीभाईले नोमिनेसन् पाए, मेरो नी त्यै केस् त हो नी" भनेर हचुवाको भरमा र बस्तुस्थिती नबुझी सर्दा "हातमा लाग्यो शुन्य" हुन सक्दछ ।

हरेक स्टेट र रिजनल एरियाहरुले आफ्नो माईग्रेसन पोर्टलमा नोमीनेसनका लागी चाहिने आवश्यकताहरु स्पष्टरुपमा तोकेकै हुन्छन् । अनि थप जानकारी चाहिएमा र सो स्टेट वा रिजनल् एरियाको नोमिनेसन् प्याट्रन बुझ्न अनि योजना बनाउनका लागी अनुभवी माईग्रेसन् एक्स्पर्टको सल्लाह सुझाव लिन सकिन्छ ।

क्रमश:

धन्यबाद् ।

Bikram Subedi
Registered Migration Consultant
Canberra

कत्तिको सजिलो छ त क्यान्बेराबाट नोमीनेसन प्राप्त गर्न ?
21/07/2022

कत्तिको सजिलो छ त क्यान्बेराबाट नोमीनेसन प्राप्त गर्न ?

कत्तिको सजिलो छ त क्यान्बेराबाट नोमीनेसन प्राप्त गर्न ?

क्यान्बेराले बिगतमा कुनैबेला, अरु स्टेटबाट नोमीनेसन् प्राप्त गर्न एकदमै गार्हो भएका आवेदकहरुलाई (जस्तैः अकाउन्टिंग, जम्मा ६० मेट्रिक्स् पोईन्ट्स्- सन्२०१९) र गतबर्षमात्र आई टी लाई ५० मेट्रिक्स् पोईन्ट्मा नोमीनेसनको लागी आव्हान गरेको उदाहरण धेरै पुरानो भएको छैन । सायद त्यही प्याट्रनको आशले हुनसक्छ - छिटै नोमीनेसन् पाएर पी आर् लज गर्ने अभिप्रायले धेरै नेपाली टेम्पोररी भीजाहोल्डरहरु क्यानबेरातिर आकर्षित भएको, बिशेष गरी सीड्नी र मेलवर्नबाट ।

अर्को महत्वपुर्ण पक्ष भनेको उमेर ४० नाघेपनि र NAATI, PY नगरेपनि क्यान्बेरा मेट्रिक्स्मा उच्च पोईन्ट्स् भएको खण्डमा स्किल सेलेक्टमा जम्मा ६५ मात्र भएपनि नोमीनेसन् आउने एकमात्र अन्तिम मौका पाउने स्थानको रुपमा प्रख्यात छ क्यान्बेरा ।

हाल, अष्ट्रेलियाका अन्य रिजनल् एरियाहरुमा, त्यहां बसेको, पढेको र काम गरेको आधारमा नोमिनेसन प्रदान गर्ने र सजिलो नोमिनेसन् प्रकृया छ जस्ले गर्दा हाल तास्मानिया, एडिलेड, नर्दन टेरीटेरी अनि वेस्टर्न अष्ट्रेलिया जानेहरुको चाप राम्रै देख्न सकिन्छ ।

क्यान्बेराको नोमिनेसन सिस्टम् जतिसुकै व्यबहारिक र बैज्ञानिक भनिएता पनि अस्थिर र एकदमै अफ्ठेरो रहेको धेरै आबेदकहरुको गुनासो छ । स्किलसेलेक्ट अन्तर्गत् जम्मा ६५ पोईन्ट्स् मात्र भएपनि नोमीनेसन् प्राप्त गर्न सकिने सकारात्मक पक्ष भएता पनि क्यान्बेराको मेट्रिक्स सिस्टम अन्तर्गत पोईन्ट्स जम्मा गर्न भने धेरै नै अफ्ठ्यारो नै छ । औषतमा हेर्ने हो भने क्यान्बेराबाट सबक्लास ४९१ भीजाको नोमिनेसन लिन कम्तिमा पनि अढाई बर्ष लाग्ने देखिन्छ । बर्ष २०२०/२१ मा आई टी र नर्सिंग अकुपेसनका लागी आकर्षक मानिएको क्यान्बेरा २०२१/२२ मा आईपुग्दा सबैभन्दा धेरै प्रतिस्पर्धा गर्नुपर्ने स्किल्ड अकुपेसन् बनेका छन् । क्यानबेरामा नै संचालित् साना ब्यावसायहरुबाट नोमिनेसन् लिने प्रकृया पनि अरु रिजनल एरीयाहरुबाट भन्दा केही बढी झन्झटिलो र अप्ठ्यारो रहेको गुनासो धेरै आबेदकहरुको रहेको छ ।

सकारात्मक पक्ष :

आ. व. २०२१/२२ मा जम्मा २२,४०० कोटा स्टेट र रिजनल भीजाको लागी छुट्याएको अष्ट्रेलियन् ईमिग्रेसन्ले २०२२/२३ को लागी दोब्बर बढी ४५,००० कोटा छुट्याएकाले धेरै आबेदकहरुले पी आर् र पी पी आर् पाउने सम्भावना बढेको हो । बिगत् दुई बर्ष भन्दा बढी समयदेखी कोभीड्को कारणले धेरै आबेदकहरु बाहिरै अड्किएकाले, अष्ट्रेलीयामा बसेको, काम गरेको र पढेको आधारमा अनसोर् भएका आबेदकहरुको मौका अधिक रहेको आंकलन गर्न सकिन्छ । त्यसैगरि, स्किल्ड ईन्डिपेन्डेनटमा अघिल्लो बर्षभन्दा लगभग तेब्बरको संख्यामा नोमिनेसन् दिने देखिएकोले पनि पहिलेभन्दा केही कम पोईन्ट्स्मा स्टेट र रिजनल् नोमीनेसन् पाउने मौका रहनेछ भन्दा फरक नपर्ला ।

क्रमश:

Bikram Subedi
Registered Migration Consultant
Canberra

Address

2 Carpenter Close
Calwell, ACT
2905

Opening Hours

Monday 9am - 5pm
Tuesday 9am - 5pm
Wednesday 9am - 5pm
Thursday 9am - 5pm
Friday 9am - 5pm

Telephone

+61477636016

Alerts

Be the first to know and let us send you an email when JB Migration & Visa Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to JB Migration & Visa Services:

Share