Help Desk in Portugal

Help Desk in Portugal helping hand

राहदानी बुझिलिने सम्बन्धमा।
05/30/2024

राहदानी बुझिलिने सम्बन्धमा।

05/23/2024
(क्रोएसियाको PR सम्बन्धमा)______________________तलको चित्रमा रातो डट लगाइएको भागहरू हेर्नुहोला। माथि ( नम्बर ३) मा लेखिए...
05/18/2024

(क्रोएसियाको PR सम्बन्धमा)
______________________
तलको चित्रमा रातो डट लगाइएको भागहरू हेर्नुहोला। माथि ( नम्बर ३) मा लेखिएको छ temporary resident permit लिएको मितिले लगातार तीन बर्ष बसेपछि PR एपलाई गर्न पाइने लेखिएको छ। शरणार्थिको हकमा भने लगातार दश बर्ष बसेको हुनुपर्छ।

यसरी तेस्रो मुलुकका नागरिकले PR को लागि डकुमेन्ट सबमिट गरेको डकुमेन्टलाई पुलिस स्टेशनको सम्बन्धित शाखाले Ministry of internal affairs ले approval दिएपछि तपाईंको PR बन्छ।

खासमा क्रोएसियाको यो भिसा, रेसिडेन्स परमिट लगायतका immigration सम्बन्धित विषयहरू पुलिसको एक शाखाले हेरे पनि यसको उपल्लो निकाय भनेको Ministry of internal affairs नै हो।PR को केसमा पनि तपाईंले कुनै वकील hire गरे सजिलो होला।

यो माथिको जानकारी अफिसियल हो। यसको बारेमा Croatia सरकारको अफिसियल वेबसाइट मा हेर्न यसलाई अंग्रजीमा ट्रान्सलेट गर्न सक्नुहुन्छ : https://mvep.gov.hr/informacije-za-gradjane-244593/konzularne-informacije-22730/boravak-stranaca/odobrenje-boravka-u-hrvatskoj/22762

(हामीले यो कामका लागि तपाईंको डकुमेन्टमा सहयोग गर्न सक्दैनौं। तपाईंलाई जानकारी दिएको मात्रै हो।)

Uvjeti za odobravanje ulaska, boravka i rada stranaca propisani su odredbama Zakona o strancima (Narodne novine, br. 133/20), Zakona o državljanima država članica Europskog gospodarskog prostora (EGP) i članovima njihovih obitelji (Narodne novine, br. 66/19, 53/20, 144/20) te pripadajućim podza...

(VFS/EMBASSY APPOINTMENT AVAILABLE.)All Country Appointment Available Here Needy Person Contact with Us. We Will Help Yo...
05/15/2024

(VFS/EMBASSY APPOINTMENT AVAILABLE.)

All Country Appointment Available Here Needy Person Contact with Us. We Will Help You in Getting Your Appointment. If Any Service you need we Mentioned Below.
✌️ All Country Filling Processing A to Z
✌️ Flight Ticket
✌️ Hotel Booking
✌️ Visa Filing
✌️ Travel Insurance
👍 All Country Languages Translator Available Here
👉Police Clearance Certificate (PCC)
Marriage Certificate & Birth Certificate Other Document Attested
Service Provided.
(INDIAN, NEPALI & BANGLADESHI)
ANYONE NEED

(CONTACT US: HELP DESK IN PORTUGAL )

05/14/2024

About AIMA email (problem of link expired and problem about you cant open your gmail):

*PROBLEM OF LINK EXPIRED:
1) if you have clicked in the wrong link, what happen is, next, you will not be able to generate the papper to pay in this moment. It will show the link is expired bla bla bla.
Just reply that email saying you have clicked in the wrong link and you need to generate the DUC document for payment. Soon or later aima will send you again new email to issue the DUC document of payment.
2) dont forget, this email and the payment of fees its only for people that:
> have expression of interest M.I. art 88 or 89.
> didnt pay the fees before.
> you dont have residence card/title allready.
This is NOT for renewal or for other article or people they have allready the card.
Its Only 88 or 89 cases that need the card and follow the requirements.

*PROBLEM YOU CANT OPEN YOUR GMAIL, YAHOO, ETC
1) Send one email to AIMA ([email protected]) and write the sample abouve and edit your informations, after that wait for AIMA solution:

05/10/2024

AIMA इमेलको बारेमा (निरन्तर):

1) यदि तपाईंले गलत लिङ्कमा क्लिक गर्नुभयो भने, त्यसपछि के हुन्छ, तपाईंले यस क्षणमा भुक्तान गर्न पेपर उत्पन्न गर्न सक्षम हुनुहुने छैन। यसले लिंकको म्याद सकिएको bla bla bla देखाउनेछ।
तपाईंले गलत लिङ्कमा क्लिक गर्नुभएको छ भनी मात्र त्यो इमेलको जवाफ दिनुहोस् र तपाईंले भुक्तानीको लागि DUC कागजात उत्पन्न गर्न आवश्यक छ। चाँडै वा पछि aima ले तपाईंलाई भुक्तानीको DUC कागजात जारी गर्न फेरि नयाँ इमेल पठाउनेछ।

2) नबिर्सनुहोस्, यो इमेल र शुल्क को भुक्तान यो मान्छे को लागी मात्र हो कि:
> रुचिको अभिव्यक्ति छ M.I कला 88 वा 89।
> पहिले शुल्क तिरेको छैन।
यो नवीकरण वा अन्य लेखको लागि होइन। ८८ वा ८९ मात्रै ।

05/10/2024

AIMA इमेलको बारेमा (निरन्तरता):

१) गलत link मा click गर्नुभएको छ भने के हुन्छ, अर्को, तपाईंले यस पलमा भुक्तानी गर्न प्यापर उत्पन्न गर्न सक्नुहुने छैन। यसले लिङ्कको म्याद समाप्त भएको देखाउँदछ ब्ला ब्ला ब्ला।
गलत लिङ्कमा क्लिक गर्नुभएको छ र भुक्तानीको लागि DUC डकुमेन्ट जनरेट गर्नुपर्छ भन्ने इमेलको जवाफ मात्र दिनुहोस्। चाँडै वा पछि आइमाले तपाईंलाई भुक्तानीको डयूसी डकुमेन्ट जारी गर्न फेरि नयाँ ईमेल पठाउनेछ।

2) नबिर्सनुहोस्, यो ईमेल र शुल्कको भुक्तानी यो केवल मानिसहरूको लागि मात्र हो:
> चासोको अभिव्यक्ति M.I. कला 88 वा 89 छ।
> पहिले शुल्क तिरेको छैन।
यो नवीकरणको लागि वा अन्य लेखको लागि होइन। ८८ वा ८९ मात्र ।

05/10/2024

हामीले भर्खरै पुष्टि गरेका छौं कि 10 दिनको अन्तरालमा, तपाईले रकम तिर्न असफल भएमा तपाईको sapa खाता स्वतः रद्द हुनेछ र यो सबै फेरि गर्नुपर्नेछ। हामीले यो समस्याको समाधान खोज्न सकेका छैनौं। तपाईं सबैको भलाइको आशा छ।

05/08/2024

AIMA बाट इमेलको बारेमा (यसले कसरी काम गर्छ):

मानिसहरूले AIMA बाट AIMA को शुल्क तिर्न सम्बन्धित इमेलहरू प्राप्त गरिरहेका छन्।

यो इमेल वास्तविक र सही छ

यसले कसरी काम गर्छ:
1) मानिसहरूले त्यो इमेल प्राप्त गरे कि निर्देशनहरू पालना गर्नुपर्छ र सम्बन्धित शुल्कहरू तिर्नु पर्छ। नोट गर्नुहोस् कि इमेलहरू पछि आए, जस्तै SAPA मा सन्देशहरू पहिले आउँदै थिए। मलाई थाहा छैन त्यो इमेलको लागि प्रतीक्षा समय।
2) त्यसोभए यदि तपाइँ ति लिङ्कहरूमा भुक्तानी गर्न सक्षम हुनुहुन्छ भने, त्यसपछि अपोइन्टमेन्ट मिति सन्देशको लागि पर्खनुहोस् (यसले समय लिनेछ, तर AIMA इमेलको यो क्षण पैसा चाहन्छ)।
3) यदि तपाइँ त्यो प्रणाली र इमेलको प्राविधिक समस्याको कारण भुक्तानी गर्न सक्नुहुन्न भने, तपाइँले त्यो समस्याको स्क्रिनसट लिनुहोस् र स्क्रिनसटको साथ ईमेलको जवाफ दिनुहोस् र तपाइँको समस्याको बारेमा जानकारी दिनुहोस्।

सबैलाई नमस्कार!आजदेखि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ मा नेपालको NCell बाट समेत निःशुल्क कल गर्न मिल्ने व्य...
05/08/2024

सबैलाई नमस्कार!
आजदेखि श्रमाधान कल सेन्टरको पैसा नलाग्ने नम्बर ११४१ मा नेपालको NCell बाट समेत निःशुल्क कल गर्न मिल्ने व्यवस्था लागु गरिएको छ। श्रम तथा रोजगारका कुनै पनि विषयमा जिज्ञासा भए उक्त नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ। वा तल दिएको सूचना बमोजिम सम्पर्क गर्नुहुन समेत सूचित गरिन्छ।

05/07/2024

(भिसा रिजेक्ट कसरी हुन्छ, अनि के गर्ने?)
_______________________________
हामीलाई धेरै भन्ने गरेका छन् "मलाई पोर्चुगलले रिजेक्ट गर्यो।" या अन्य त्यस्तै देशहरुले। वास्तबमा यो वाक्य आफैमा गलत छ। कुनैपनि देशले तपाईंलाई रिजेक्ट गर्ने होइन।

खासमा work permit भिसा लाग्न मुख्य ३ कुराको म्याच हुनुपर्छ:
१) employer ( कम्पनी) को ब्याकग्राउन्ड र अहिले कामदार चाहिएको अवस्था।
२) employer कम्पनीले पहिला आफ्नै देशमा कामदार खोजेको, नभेटेको अनि युरोपियन मुलुकको हकमा EU member मुलुकमा पनि कामदार नभेटेको र तेस्रो मुलुकबाट ल्याउन पर्ने बाध्यता भएको प्रमाण।
३) कम्पनी र त्यस कामको लागि तपाईंको ब्याकग्राउन्ड म्याच हुनुपर्ने कागजात ( कहिलेकाहीँ इन्टरभ्यु पनि)।

सोच्नुहोस् त नेदरल्याण्ड्सको एक कृषि फर्मलाई ट्र्याक्टर चलाउने कामदार चाहियो। नेपालको एक पाइलट पढेको मान्छेले आफ्नो शीपको काम नपाएकाले युरोप भासिने भन्दै एपलाई गर्यो, कम्पनीले सेलेक्ट पनि गर्यो। एम्बेसीलाई संका भयो "पाइलटले किन कृषि कामको लागि आउँदै छ? पक्कै पोर्चुगल भाग्न होला" अनि रिजेक्ट गर्यो। ल अब भन्नुस् के त्यो पाइलट अयोग्य भएर रिजेक्ट भएको हो?

तसर्थ, तपाईं अयोग्य भएर रिजेक्ट हुने होइन। तपाईंको सीप र कामको प्रकृति नमिलेर रिजेक्ट हुने हो। त्यसैले भिसा रिजेक्ट हुनुमा रोजगारदाता कम्पनीको ब्याकग्राउन्ड र अन्य डकुमेन्टको तालमेल नमिलेको पनि हुनसक्छ।

एकदम ख्याल गर्नुहोस्
__________________
जसरी बिहे गर्दा डिभोर्सको बारेमा सोचिदैन, जसरी गाडी किन्दा दुर्घटनाको बारेमा सोंचिदैन त्यसरी नै भिसा लगाउँदा रिजेक्ट हुने बारेमा सोचिँदैन; तर यो हुनसक्छ। त्यसैले कुनै पनि भिसाको लागि एम्बेसी या VFS मा डकुमेन्ट पेश गर्ने बेलामा सबै डकुमेन्टको एक एक कपी फोटोकपी गरेर राख्नुस्। सम्भव नभए मोबाइलले फोटो खिचेर भएपनि राख्नुस्। किनकि यो पाली भिसा रिजेक्ट भए अर्को पटक एपलाई गर्दा डकुमेन्टको तालमेल मिलाउन पर्छ।

किन त्यसो गर्ने?
हामी नेपाली एजेन्ट डुप्लिकेट काम गर्न एक्सपर्ट हुन्छौ। अहिले तपाईंलाई भिसा लगाउन ५ वर्ष देखि प्लम्बरको कम गरेको भनेर एपलाई गर्नुहुन्छ, भिसा रिजेक्ट हुन्छ अनि अर्कोपल्ट अर्को एजेन्टले फेरि ६ वर्षदेखि कुकको कम गरेको डकुमेन्ट बनाएर बुझाउँछ। सोच्नुस् त अनि के होला रिजल्ट?

एउटा देशको भिसा रिजेक्ट भए अर्को मा असर गर्छ?
________________________________________
सेञ्जनको भिजिट या बिजनेस भिसा ( टाइप C) भए असर गर्नसक्छ तर नेसनल भिसा ( टाइप डी) मा असर गर्दैन। त्यसो त युरोपले तपाईंको रेकर्ड ३ वर्षमा पुरै क्लियर गर्दिन्छ।त्यसैले रिजेक्ट हुँदैमा आत्तिन पर्दैन तर अर्कोपल्ट एपलाई गर्दा डकुमेन्ट चाहिँ ज्यादा ख्याल गर्नुहोस्।

05/06/2024

राम्ररी बुझौ, खासमा युरोपको वर्किङ भिसा कसरी लाग्छ:
____________________________________________
धेरै यूरोपियन देशमा जाडोमा हिउँ पर्ने हुनाले गर्मी सुरु हुनासाथ कामको चाप हुन्छ। त्यसको लागि working visa apply गर्ने उत्तम समय अहिले हो। माल्टाको भने बार्है मासा राम्रो मौसम हुन्छ।
धेरैलाई लाग्छ तपाईंलाई युरोपको कम्पनीले hire गर्यो भने एम्बेसी गयो, भिसा एप्लाई गर्यो, पायो। तर वास्तबमा यो त्यस्तो सजिलो विषय होइन। यसका विभिन्न मापदण्ड हुन्छन्।
खास कसरी हुन्छ काम?
__________________
मानौं तपाईंलाई कुनै युरोपका कम्पनीले मन पराए, अब भिसा एप्लाई गर्नको लागि पहिला त्यो कम्पनीले लोकल मान्छेलाई priority दिनुपर्ने हुन्छ। यदि त्यस देशको मान्छे पाएन भने EU मुलुकभित्र खोज्नु पर्छ। यसलाई क्रोएसियामा लेबर मार्केट टेस्ट भनिन्छ। अन्य European union भित्र पनि यस्तै नियम हुन्छन्। उनीहरूले locally बिज्ञापन गरेर निश्चित समयमा मान्छे नपाएको प्रमाण देखाएपछि बल्ल non EU मान्छे ल्याउनको लागि योग्य ( eligible) हुन्छन्।

डकुमेन्ट केके चाहिन्छ?
__________________
रोजगारदाताले पहिला EU भित्र कामदार खोजेको र नपाएको प्रमाण सहित सम्बन्धित निकायमा तपाईंको डकुमेन्ट, तपाईं र उक्त कम्पनीबीचको कन्ट्रयाक्ट पेपर ( बेसिक तलब, working days/ hours खुलाएर), तपाईंलाई ल्याएर राख्ने ठाउँ ( accommodation proof) को प्रमाण सहित उसले पहिला आफ्नै देशको निकायमा work permit एपलाई गर्नुपर्छ। देश अनुसार निकाय फरक फरक हुन्छन्। जस्तो रोमानियामा immigration office, चेक रिपब्लिकमा Labor office, क्रोएसियामा पुलिस स्टेशन। त्यहाँ कम्पनीको बारेमा चेक हुन्छ, मान्छे चाहिए नचाहिएको हेरिन्छ। क्रोएसिया, पोल्याण्डमा त पुलिस नै कम्पनी भिजिट गरेर चेक गर्छ। परमिट एपलाई गर्न महिनौ लाग्न सक्छ। पछिल्लो समय माल्टा, पोल्याण्ड, रोमानियामा ४ देखि ७ महिनासम्म लागेका रेकर्ड छन्। अनि बल्ल तपाईंको परमिट ready हुन्छ।
परमिट आएपछि तपाईंले त्यसको साथमा भिसा फर्म, फोटो, पुलिस रिपोर्ट, मेडिकल रिपोर्ट, ट्राभल ईन्सुरेन्स लगायतका डकुमेन्ट सहित VFS मा जम्मा गर्नुपर्छ। VFS नभएको देशमा सिधै एम्बेसीमा पनि जम्मा गर्न सकिन्छ। ध्यान दिनुहोस्, work permit आफैमा काम गर्ने कागज भएपनि तपाईंको ब्याकग्राउन्ड चेक गर्ने, जान दिने नदिने भन्ने निर्णय गर्ने चाहिँ एम्बेसीले हो। पछिल्लो समय work permit आएका पोल्यान्डका धेरैलाई एम्बेसीले रिजेक्ट गरेका पनि छन्।

अष्ट्रेलिया, क्यानाडा working visa:
_____________________________
यी दुई देश झन् युरोप भन्दा पनि कडा छन्। अरु प्रोसेस मिल्दो जुल्दो भए पनि यी देशले workpermit मा skilled manpower मात्र भित्र्याउँछन्। युरोपले काम गर्ने भिसा class D भनेर तोकेको छ भने यी दुई देशले विभिन्न sub class पनि बनाएका छन्। Skilled हुनको लागि पोइन्ट बेसिस नियम छन्। यसका लागि तपाईंले IELTS गर्नैपर्छ। हो, काम गर्न जान पनि IELTS माग्छन्। अनि यी देशको भिसा प्रोसेसिङ पनि प्राय त्यहाँको इम्मिग्रेशनमा registered lawyer ले मात्र गर्दछन्।

( हाम्रो उद्देश्य सल्लाह दिनु मात्र हो)

Address

Avenida
Lisbon

Telephone

+351933700455

Website

Alerts

Be the first to know and let us send you an email when Help Desk in Portugal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Help Desk in Portugal:

Share