30/08/2026
🙏 सामाजिक उत्तरदायित्व निर्वाहमा हाम्रो सानो प्रयास 🙏
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ हाम्रो तर्फबाट रु. १,७१,२९३/- (एक लाख एकहत्तर हजार दुई सय त्रियानब्बे रुपैयाँ) सहयोग प्रदान गरेका छौँ।
भविष्यमा हाम्रो संस्थाको PAN नं. ३०४५७१२९३ मा रहेका सबै अंकहरू मिल्ने गरी रकम सहयोग गर्न सक्ने सामर्थ्य प्राप्त होस् भन्ने मनोकामनासहित, यसपटक PAN नम्बरमा रहेका आधा अंकहरू मात्र मिलाउन सकेकोमा क्षमाप्रार्थी छौँ।
आगामी दिनमा अझ प्रगतिशील, सबल र सक्षम बन्दै समाजलाई आवश्यक पर्दा अझ ठूलो योगदान गर्न सक्ने सामर्थ्य प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ।
सक्दो सहयोग गर्न सम्पूर्णमा हार्दिक अपिल। 🙏