Online Legal Advice Nepal

Online Legal Advice Nepal Your go-to hub for reliable legal counsel in Nepal!

Get expert guidance and support for all your legal queries, right from the comfort of your home. ⚖️

02/09/2025

युनिटी ठगी मा पर्नु भएको थियोे भने सूचना अनुसार १ महिना भित्र निवेदन दिनु होला ।

16/07/2025

विवाहित छोरीहरुले पनि पैतृक सम्पत्तिमा समान हक पाउने भन्ने संवैधानिक एवं कानूनी व्यवस्था कुन मितिदेखि लागू हुने भन्ने विषयमा सर्वोच्च अदालतको पाँच सदस्यीय बृहत पूर्ण इजलासमा राय बाझिएको छ ।

तीन जना न्यायाधीशले संविधान जारी भएलगत्तै मुलुकी ऐन संशोधन भएको मितिपछि विवाह गर्ने महिलाहरुलाई मात्रै त्यो हक आकर्षित हुने व्याख्या गरेका छन् । मुलुकी ऐनको ११ औं संशोधनपछि नै महिलाहरुले अंशमा समान हक पाउने व्यवस्था भएको र त्यतिबेलादेखि नै व्यवस्था लागू हुने भन्ने दुई न्यायाधीशको राय अल्पमतमा परेको हो ।

न्यायाधीशहरु मनोजकुमार शर्मा, शारंगा सुवेदी र अब्दुल अजीज मुसलमानले संविधान जारी भएपछि मात्रै त्यो व्यवस्था कार्यान्वयन हुनुपर्ने दृष्टिकोण अघि सारेका हुन् । मुलुकी ऐनको ११ औं संशोधनलाई लागू हुने मिति(कट अफ डेट) राख्नुपर्ने व्याख्या गरेका न्यायाधीशहरु सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको राय अल्पमतमा परेको हो । १० असोज, २०५९ मा मुलुकी ऐनको ११ औं संशोधन भएको थियो ।

पाँच सदस्यिय इजलासमा तीन जना न्यायाधीशहरु शर्मा, सुवेदी र मुसलमानको रायमा बहुमत पुगेकाले त्यो नै फैसलाको रुपमा मान्य हुन्छ । लैंगिक न्यायका दृष्टिकोणले प्रगतिशिल मानिए पनि न्यायाधीशहरु मल्ल र पौडेलको राय भने अल्पमतमा परेको छ ।

छोरीलाई अंश नदिएपछि….

एक दम्पत्तीका तीन छोरीहरु थिए । २०४९ सालमा पहिलो श्रीमतीको मृत्युपछि बाबुले दोस्रो विवाह गरे, उनीहरुबाट एक/एक छोराछोरीको जन्म भयो । पहिलो श्रीमतीको जेठी छोरी अमेरिकामा बस्थिन् ।

उनका बाबु र कान्छीआमाले २०४३ सालमै छोरीले अमेरिकामा विवाह गरेको र उतैको नागरिकता लिएको भन्दै अंश दिन अस्विकार गरे ।

आफूलाई बाबु र कान्छीआमाले खानलाउन नदिएको र हेला गरेको भन्दै उनले बाबुआमा विरुद्ध अंशमुद्दा हालिन् । उनको दावीमा, ६ अंशको एक भाग आफूले पाउनुपर्ने थियो ।

जिल्ला अदालत काठमाडौंले जेठ, २०६८ सालमा जेठी छोरीले माग गरे अनुसार, ६ भागको १ भाग अंश पाउने भनी फैसला गरिदियो, जसलाई २०७० सालमा तत्कालिन पुनरावेदन अदालत पाटनले पनि सदर गरेको थियो ।

त्यो फैसला विरुद्ध बाबुआमा सर्वोच्च अदालत पुगे ।

सर्वोच्च अदालतले २०७६ सालमा जटिल कानूनी प्रश्न समावेश भएको विवाद पूर्ण इजलासबाट निरुपण हुने भन्दै मुद्दालाई तीन सदस्यिय पूर्ण इजलासमा पठायो ।

पूर्ण इजलासमा मुद्दा चलिरहेका बेला कानून संशोधन भयो । पूर्ण इजलासले ‘मुद्दा चल्दैको अवस्थामा कानून संशोधन भएकाले कुन कानूनका आधारमा मुद्दा छिन्ने भन्ने अन्यौल हटाउन’ पाँच सदस्यिय बृहत पूर्ण इजलासले विवाद निरुपण गर्नुपर्ने राय दियो ।

२०७२ सालमा संविधान जारी भएपछि सम्पत्तिको हकमा छोराछोरीविच विभेद नहुने व्यवस्था छ । त्यही संवैधानिक व्यवस्थाका आधारमा मुलुकी ऐन संशोधन भएको थियो ।

संविधान अनुसार मुलुकी ऐन संशोधन भएपछि १४ असोज, २०७२ देखि सम्पत्तिमा छोराछोरीविच समान हकको व्यवस्था लागू भयो ।

विवाहिताले अंश माग्न मिल्दैन

न्यायाधीशहरु मनोजकुमार शर्मा, शारंगा सुवेदी र अब्दुल अजीज मुसलमानले २०७२ सालभन्दा अघि विहे भएको छोरीहरुको हकमा पुरानै कानूनी व्यवस्था आकर्षित हुने व्याख्या गरे ।

उनीहरुले आफ्नो रायमा भनेका छन्, ‘अदालतमा जुन समयमा मुद्दा दर्ता हुन्छ, सोही समयमा नै प्रचलनमा रहेको कानून आकर्षित हुने देखिन्छ ।’

२०६४ सालमा मुलुकी ऐन संशोधन हुनुअघि विवाहित छोरीहरुले अंश पाउने भन्ने व्यवस्था नदेखिएको र मुद्दा हाल्ने ती जेठीछोरीले चैत, २०५१ मै विहे गरेको देखिएको भन्दै तीन न्यायाधीशले उनले बाबुआमाबाट अंश नपाउने फैसला गरे ।

बहुमत राय भएकाले उनीहरुको रायले पुनरावेदन र जिल्ला अदालतको फैसला उल्टियो । बाबुआमाविरुद्ध अंशमुद्दा हालेकी ती छोरीले अंश नपाउने भइन् ।

तर न्यायाधीशहरु सपना प्रधान मल्ल र महेश शर्मा पौडेलले यो मामिलामा फरक राय लेखे । उनीहरुको दावीमा ती जेठीछोरीले अंश पाउनुपर्ने देखिन्थ्यो । उनीहरुले जिल्ला र पुनरावेदन अदालतको फैसला सदर हुनुपर्ने राय दिएका थिए ।

न्यायाधीशहरु सपना प्रधान मल्ल र महेश शर्मा पौडेलको रायमा, १० असोज २०५९ मा मुलुकी ऐनको ११ औं संशोधनबाट नै छोरीले अंश पाउने अधिकार भएको हो ।

१४ असोज, २०७२ मा भएको मुलुकी ऐनको संशोधनले त्यो दायरा अझै फराकिलो पारेर बिहे भएका छोरीहरुले समेत पैत्रिक सम्पत्तिमा अंश पाउने व्यवस्था थपिएको थियो ।

‘छोरीलाई अंश दिनुपर्छ’

न्यायाधीशहरु प्रधान र पौडेलले आफ्नो रायमा भनेका छन्, ‘पहिले नै न्यायको याचना लिई अदालतमा प्रवेश गरी विचाराधिन विवादमा निजले अंश नपाउने भनी इन्कार गर्नु संविधान र कानूनको मनसाय तथा व्यवस्था अनुकुल हुदैन ।’

दुई न्यायाधीशहरुले अदालतमा मुद्दा विचाराधिन रहेकै अवस्थामा विवाहित छोरीले पनि पैत्रिक सम्पत्तिमा अंश पाउने गरी कानूनमा संशोधन भएको औल्याएका छन् ।

अनि मुद्दा हाल्ने जेठी छोरीको हक सिर्जना भइसकेको अवस्थामा उनी विवाहित वा अविवाहित हुने भन्ने प्रश्न नै गौण हुने न्यायाधीशद्वयको राय छ ।

उनीहरुले आफ्नो रायमा भनेका छन्, ‘यी वादी (बाबुआमाविरुद्ध मुद्दा हाल्ने जेठी छोरी) विवाहित रहे/नरहेको जस्ता प्रश्नमा प्रवेश गर्नु आवश्यक नदेखिएको र सो कुरा अब प्रस्तुत मुद्दामा प्रासङ्गिक नभएको…।’

बहसका क्रममा बाबुआमाको तर्फबाट वकालत गरेका कतिपय कानून व्यवसायीहरुले विवाहित छोरीले पैत्रिक र पतिबाट पनि अंश पाउने अवस्थाले असमानताको अवस्था सिर्जना भएको जिकिर गरेका थिए ।

तर अल्पमतमा परेका न्यायाधीशहरुले ‘विवादमा नभएको प्रश्नमा प्रवेश गर्नै आवश्यक नभएको’ राय लेखेका छन् । उनीहरुले ‘कानूनी व्यवस्थाको संवैधानिकता परीक्षणका लागि यो विवाद आएको होइन’ भन्दै त्यो तर्कको विषयवस्तु विवादको मूल प्रश्न नभएको औल्याएका छन् ।

‘विवाहित छोरीले अंश नपाउने हो भने यो अदालतले फेरि पनि भेदभावलाई प्रश्रय दिएको अर्थमा लिनुपर्ने भयो,’ न्यायाधीशहरु मल्ल र पौडेलले आफ्नो रायमा भनेका छन्, ‘संविधान र कानूनले प्रत्याभूत गरेको विवाहित छोरीको पैतृक सम्पत्तिमाथिको अंश हकलाई संकुचत गर्ने गरी यस अदालतबाट कुनै पनि किसिमको दृष्टिकोण राख्न हुँदैन ।’

16/07/2025

कम्पनी ऐन, २०६३ (संसोधन सहित) को दफा ८१ को उपदफा (७) मा यो उपदफा प्रारम्भ हुँदाका बखत यस ऐन बमोजिम कुनै कम्पनीले कार्यालयमा बुझाउन बाँकी विवरण, सूचना, वा जानकारी संवत् २०८२ साल असार मसान्तभित्र बुझाएमा यस ऐन बमोजिम विवरण, सूचना, वा जानकारी ढिला बुझाए बापत लाग्ने जरिबानामा नब्बे प्रतिशत छुट दिइनेछ। भन्ने कानूनी व्यवस्था अनुसार कम्पनीहरुले यस कार्यालयमा बुझाउन बाँकी विवरण, सूचना, वा जानकारी सहितको निवेदन संवत् २०८२ साल असार ३२ गते कार्यालय समय ( अपह्नान्ह ५.०० बजे) भित्र अनलाईनको माध्यमबाट CAMIS प्रणालीमा प्रविष्ट गरि सक्नु पर्ने व्यहोरा यसै सूचनाको माध्यमबाट सरोकारवाला सम्बन्धित सबैलाई जानकारी गराईन्छ । भन्ने कम्पनी रजिष्ट्रारको कार्यालय,त्रिपुरेश्वर, काठमाण्डौकाे जानकारी ।

06/06/2024

बैंकिङ कसुर मुद्दा दर्ताको लागि आवश्यक कागजातहरु-:

१. जाहेरी दरखास्त (कारोवारको स्पष्ट बिवरण, रकम दिएको प्रमाण खुलाउने),

२. चेक को प्रतिलिपी,

३. Bounce Slip (insufficient fund उल्लेख भएको मात्र दर्ता हुने) ३ पटक बाउन्स हुनुपर्ने।

४. जाहेरवालाको नागरीकताको प्रतिलिपी,

५. प्रतिवादी सँग आर्थिक सम्वन्ध खुल्ने अन्य कागजातहरू,

* रकम रू.१० लाख भन्दा बढी रकमको चेक भएमा आम्दानीको स्रोत अनिवार्य खुलाउनुपर्ने छ जसमा :-

१. जग्गा जमिन वा घर बेचेको राजीनामा कागज,

२. शेयर बेचेको प्रमाण पत्र र सो को Transaction,

३. कर चुक्ता, प्यान नं. कम्पनी रजिष्ट्रार कार्यालयको प्रमाण पत्र, नाता प्रमाणित (घर परिवार भएमा),

४. कर्मचारी भए मासिक तलब विवरण,

५. Remittance UHT statement,

६. वित्तिय संस्थाको कर्जा प्रमाण पत्र र बैंकमा भुक्तानी भएको स्टेटमेन्ट।

७. बैदेशिक रोजागारीमा गएको पासपोर्ट र भिषाको प्रतिलिपी र तलवी बिवरण रकम पठाएको प्रमाण,

Note: आम्दानीको स्रोत खुलाउदा आधिकारीक प्रमाणलाई मान्यता दिइनेछ ।

*Company को हकमा :

१. Company को बोर्ड संञ्चालकले गरेको आधिकारिक अख्तियारीको निर्णय र कम्पनिको letter head मा प्रदान गरिएको अख्तियारनामाको पत्र,

२. कम्पनी दर्ता प्रमाणपत्र ।

३. आर्थिक बर्षको कर चुक्ताको प्रमाणपत्र ।

४. PAN दर्ताको प्रमाणपत्र ।

NOTE:- जाहेरी दर्ता गर्न आउदा जाहेरवाला स्वयं यस परिसरमा उपस्थित हुनुपर्नेछ ।

बुद्ध जयन्तीको मंगलभाव सहितको शुभकामना
23/05/2024

बुद्ध जयन्तीको मंगलभाव सहितको शुभकामना

14/05/2024
11/05/2024

अपुताली पाउने हकवालाको प्रथमिकताक्रम ः
क) सगोलको पति वा पत्नी
ख) सगोलको छोरा, छोरी वा पत्नी
ग) सगोलका बाबु, आमा, सौतेनी आमा, छोरा छोरी तर्फका नाति नातिनी, नातीनी बुहारी,
घ) भिन्न भएका पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, सौतेनी आमा,
ङ) भिन्न भएका छोरा तर्फका नाती, नातीनी
च) भिन्न भएका बाजे बज्यै
छ) सगोलका जिजुबाजे, जिजुबज्यै, दाजु, भाई, दिदि, बहिनी, विधवा भाउजू वा भई बुहारी
ज) सगोलका काका,काकी, भतिजा भतिजी,
झ) भिन्न भएका दाजु, भाई, दिदी, बहिनी, विधवा भाउजू वा भाई बुहारी

Address

Kathmandu Metropolitan City Ward No 10 Kathmandu
Kathmandu
44600

Telephone

+9779851153561

Website

Alerts

Be the first to know and let us send you an email when Online Legal Advice Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Online Legal Advice Nepal:

Share