Bidhan Law Associates

Bidhan Law Associates law firm

समान उमेर समूहका र केही निश्चित उमेरको अन्तरालमा मात्रै भएको प्रेम सम्बन्ध र यौन चाहनाका कारण शारीरिक सम्पर्क हुने अवस्थ...
19/05/2024

समान उमेर समूहका र केही निश्चित उमेरको अन्तरालमा मात्रै भएको प्रेम सम्बन्ध र यौन चाहनाका कारण शारीरिक सम्पर्क हुने अवस्थालाई कानूनको यन्त्रवत व्याख्या गरी सजाय निर्धारण गर्न नहुने ।

वैवाहिक जोडी बीचमा आपसी सहमतिमा हुन सक्ने करणी अपराधिक मनसाय नभई सामाजिक मूल्य मान्यता, समाज विकासको आधारभूत पक्ष एवम् शारीरिक आवश्यकता भएकोले विवाहित पति पत्नी बीचको आपसी सहमति र भावनाका साथ भएको शारीरिक सम्पर्कलाई अन्यथा रुपमा हेरी कसूर कायम गर्नु न्यायोचित हुँदैन। विवाह गरी सँगै बस्ने सहमति गर्नु र विवाह गरी सँगैसाथै रहेको अवस्थामा भएको शारीरिक तथा यौनसम्बन्धलाई लिएर जबरजस्ती करणीजस्तो गम्भीर कसूरमा कठोर सजाय गर्नु समेत विवेक सम्मत नहुने ।

०७५-CR-१९१५ वैवाहिक वलत्कार सम्बन्धी फैसला )
https://supremecourt.gov.np/court/public/media/2024_04/1c8dd6976afe515b4dd8e7890ac040b4.pdf

15/04/2024

नेपालमा सम्बन्ध विच्छेद (Divorce) सम्बन्धी पछिल्लो १० वर्षको तथ्यांक :
- २०७० सालमा ३९४ वटा,
- २०७१ मा १३ सय ७५ वटा,
- २०७२ मा १ हजार ६५ वटा,
- २०७३ मा २ हजार २८३ वटा,
- २०७४ मा २ हजार ७७६ वटा,
- २०७५ मा ३ हजार ९३५ वटा,
- २०७६ मा ५ हजार ८४६ वटा,
- २०७७ मा ६ हजार ६४४ वटा,
- २०७८ मा १४ हजार २७९ वटा,
- २०७९ मा १८ हजार ३४० वटा,
- २०८० मा ३७ हजार वटा ।

स्रोत: आर्थिक सर्वेक्षण २०८०/०८१

14/04/2024

सर्वोच्च अदालतको पछिल्लो आदेशले काठमाडौँको ठमेलस्थित छायाँ सेन्टरको भविष्य संकटमा परेको छ । चैत २० गते सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र कुमार चुडालको संयुक्त इजलासले छायाँ सेन्टर सरकारी जग्गामा बनेको ठहर गरेपछि यसको भविष्य संकटमा परेको हो ।
सर्वोच्चको आदेशमा उक्त कम्प्लेक्स रहेको ६ वटा कित्ता जग्गामध्ये २ कित्ता २०४४ सालसम्म सरकारी रहेको ठहर गरिएको छ । कित्ता नम्बर १६७ र कित्ता नम्बर १०४० को उक्त जग्गा व्यक्तिको नाममा कसरी दर्ता हुन पुग्यो त्यसको विवरण पठाउन गुठी संस्थान र मालपोत कार्यालयको नाममा सर्वोच्चले आदेश जारी गरेको छ । त्यसमध्ये कित्ता नम्बर १६७ को क्षेत्रफल मात्रै १२ रोपनी १३ आना २ पैसा २ दाम रहेको छ ।
२०३३ सालमा भएको नापी र २०३९ सालमा जारी भएको जग्गाधनी पुर्जामा पनि उक्त कित्ता पोखरीको रुपमा नै किटान गरिएको छ । त्यतिबेलाको पुर्जामा जग्गाधनी सिंह सार्थबाहु गुठी लेखिएको छ । गुठी संस्थानमा रहेको २०४२ सालको फिल्डबुकमा पनि पोखरी नै उल्लेख छ ।

२०४४ मंसिर २३ गते सरकारले निर्णय नै गरेर उक्त पोखरी सरकारको नाममा दर्ता गराएको थियो । त्यसयता बनेको जग्गाधनी स्रेस्तामा पनि पोखरी नै उल्लेख छ । उक्त स्रेस्तामा जग्गाधनीको नाम श्री ५ को सरकार उल्लेख छ ।

पछिल्लो समय माग गरेको विवरण गुठी संस्थान र मालपोत कार्यालयबाट माग भएर आएसँगै सर्वोच्चमा अर्को सुनुवाइ हुनेछ । यो क्रममा उक्त जग्गा व्यक्तिको नाममै कायम रहने सम्भावना कम देखिएको कानूनविद्हरू बताउँछन् ।

के हो छायाँ सेन्टर विवाद ?
ठमेलको भगवानबहालमा रहेको झण्डै १५ रोपनी जग्गामा ५ अर्ब रुपैयाँ भन्दा बढीको लगानीमा बनेको कम्प्लेक्स हो छायाँ सेन्टर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्षसमेत रहेका चर्चित व्यवसायी पृथ्वीबहादुर पाँडेको मुख्य लगानी रहेको उक्त कम्प्लेक्स उनकै आमा छायाँदेवी पाँडेको नाममा छायाँ सेन्टर राखिएको हो । कम्प्लेक्समा ६३ जना व्यवसायीको लगानी रहेको जनाइएको छ ।

ठमेलभित्रको ठमेल भनेर ब्राण्डिङ गरिएको उक्त कम्प्लेक्सभित्र पाँचतारे अलफ्ट होटलदेखि कम्प्लेक्समा तीन वटा मल्टिप्लेक्स थिएटरका, ट्राभल एजेन्सी, ब्यांक्वेट हल, सेमिनार हल, रिसेप्सन हल, रेष्टुरेन्ट, क्लबलगायत व्यापारिक संस्थाहरूसमेत रहेका छन् । २०७५ सालमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उक्त कम्प्लेक्सको उद्घाटन गरेका थिए ।

निर्माण शुरु हुँदाकै बखतमा उक्त कम्प्लेक्सको वैधानिकताबारे अदालतमा मुद्दा दर्ता भएको थियो । २०७० सालमा निर्माण शुरु गरिएको उक्त भवनको निर्माणविरुद्ध २०७१ सालमै स्थानीय गुठियार तथा अनुसन्धानकर्ता भागवत नरसिंह प्रधानले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

अहिले ९ वर्षपछि पनि यसको मुद्दा अदालतमा विचाराधीन अवस्थामा छ । यद्यपि ९ वर्षको मुद्दामा बादीको मागलाई सहयोग पुग्ने गरी केही ठहरहरू भएका छन् । चैत २० गतेको आदेशले यसलाई थप बल पुर्याएको छ ।

उक्त मुद्दामा वादी प्रधानले उक्त कम्प्लेक्सले ओगटेकोमध्ये १२ रोपनी जग्गा कुनै बेला सिंह सार्थबाहु गुठीको नामको पोखरी रहेको दावी गरेका छन् । २०४४ सालमा सरकारले निर्णय गरेर यो पोखरीलाई सार्वजनिक गरेको उनको दाबी छ । २०५३ सालपछि पाँडे समूहले उक्त जग्गालाई निजी बनाएको देखिन्छ ।

उक्त जग्गा राणा शासनकालमै जग्गा गुठीको नाममा भएको प्रधानको दाबी छ । राणा प्रधानमन्त्री चन्द्रशम्शेरका छोरा केशर शम्शेरले उक्त पोखरी गुठीलाई वार्षिक १२५ रुपैयाँ तिर्ने गरी १९७७ सालमा पोखरी आफ्नो कम्पाउन्डमा पारेका थिए ।

केशरशम्शेरको मृत्युपछि उनका छोरा केयुर शमशेरले पोखरी सुकाएर २०२७ सालदेखि धान रोप्न शुरु गरेका थिए । त्यसरी खेत रोप्न थालेपछि गुठीले उक्त जग्गा आफ्नो भएको र केशर शम्शेरले हडपेको भन्दै फिर्ता गर्न मागसहित तत्कालीन मध्यमाञ्चल क्षेत्रीय अदालतमा मुद्दा हालेको थियो । उक्त मुद्दामा हारे पनि सर्वोच्चमा पुनरावेदनमा जाँदा गुठीले उक्त मुद्दा जितेको थियो ।

अहिले सर्वोच्चमा दायर मुद्दामा प्रधानले उक्त कम्प्लेक्सलाई भत्काएर परम्परागत पोखरीलाई पुरानै अवस्थामा कायम गर्नुपर्ने माग गरेका छन् ।

रास्वपाका नेताको समेत संलग्नता
छायाँ सेन्टरको उक्त जग्गा सरकारी रहेको अदालतको ठहरसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सुमनविक्रम पाण्डेसमेत विवादमा तानिएका छन् । उनी हाल छायाँ कम्प्लेक्सका थर्ड म्यान हुन् । मार्केटिङ हेर्ने सञ्चालक सदस्य रहेका उनी छायाँ कम्प्लेक्स निर्माणदेखि नै यो परियोजनामा उनी संलग्न हुँदै आएका थिए । अहिले उनीमाथि अहिले गम्भीर प्रश्न तेर्सिएको छ ।
पाण्डे २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट नुवाकोट क्षेत्र नम्बर २ का उम्मेदवार थिए । त्यतिबेला मतका आधारमा दोस्रोसमेत भएका थिए ।
उक्त क्षेत्रमा नेपाली कांग्रेसका अर्जुननरसिंह केसी विजयी भए । पछिल्लो समय रास्वपाका नेताहरू एकपछि अर्काे काण्डमा जोडिँदै गर्दा पाण्डे सरकारी जग्गा हडप्ने प्रकरणमा जोडिएका हुन् ।

चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवा सफाइपछि रिहा भएको छ ।'टाइम्स अ...
02/02/2024

चिनियाँ जासुस भएको आरोपमा ‘पक्राउ गरी’ भारतीय प्रहरी हिरासतमा आठ महिना राखिएको एउटा परेवा सफाइपछि रिहा भएको छ ।

'टाइम्स अफ इन्डिया' का अनुसार मुम्बईको एक बन्दरगाहमा पखेटामा ‘चिनियाँजस्तो लिपिमा लेखिएको सन्देश’ सहित याे परेवा समातिएको थियो । शुरुमा प्रहरीले जासुसी गरेको आरोपमा चराविरुद्ध मुद्दा दर्ता गरेको थियो तर अनुसन्धान पूरा भएपछि उनीहरूले आरोप फिर्ता लिएका थिए ।

याे परेवालाई सहरको एक अस्पतालमा थुनेर राखिएको थियो भने प्रहरीले अनुसन्धान गरिरहेको थियो । पिपुल फर द एथिकल ट्रिटमेन्ट अफ एनिमल्स (पेटा) को भारतीय कार्यालयले यो अनुसन्धानमा आश्चर्यजनक आठ महिना लागेको बताएकाे छ ।

पेटा इन्डियाका अनुसार प्रहरीले बुधवार अस्पताललाई परेवा छोड्न औपचारिक अनुमति दिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार याे परेवा स्वस्थ अवस्थामा रिहा भएको छ ।

प्रतिवादीहरू फरार रहनुको अर्थ निजहरू विरूद्धको अभियोग स्वतः प्रमाणित हुने भन्ने होइन । कुनै पनि कसुर प्रमाणको आधारमा स्थ...
25/01/2024

प्रतिवादीहरू फरार रहनुको अर्थ निजहरू विरूद्धको अभियोग स्वतः प्रमाणित हुने भन्ने होइन । कुनै पनि कसुर प्रमाणको आधारमा स्थापित हुने वा नहुने न्यायिक मान्यता हो । प्रतिवादी फरार रहँदैमा प्रमाणको भार वादीबाट प्रतिवादीमा स्वतः सर्छ र कसुरदार नै हुन्छ भनी मान्न नमिल्ने । प्रतिवादी फरार रहेकै आधारमा कसुरदार ठहर्‍याउने हो भने न्यायको मान्य सिद्धान्तसमेत पराजित हुन जाने ।

सदियौंदेखि भोगचलन गर्दै आएको पुर्ख्यौली जग्गा सँधियारले मिचेपछि न्याय पाउने आसमा महीनैपिच्छे तारेख लिन बर्दियादेखि काठमा...
24/01/2024

सदियौंदेखि भोगचलन गर्दै आएको पुर्ख्यौली जग्गा सँधियारले मिचेपछि न्याय पाउने आसमा महीनैपिच्छे तारेख लिन बर्दियादेखि काठमाडौंसम्म साइकल चढेर आउजाउ गर्ने ६५ वर्षे शालिकराज अहिरको कथा-व्यथा।

सदियौंदेखि भोगचलन गर्दै आएको पुर्ख्यौली जग्गा सँधियारले मिचेपछि न्याय पाउने आसमा महीनैपिच्छे तारेख लिन बर्दिय....

🔎थुनुवा र कैदीको अधिकार सम्वन्धी महत्वपूर्ण जानकारी ↩️साभारः सर्वोच्च अदालत, न्यायमा पहुँच आयोग, २०७६
05/01/2024

🔎थुनुवा र कैदीको अधिकार सम्वन्धी महत्वपूर्ण जानकारी ↩️
साभारः सर्वोच्च अदालत, न्यायमा पहुँच आयोग, २०७६

💒अदालती दर्ता बिवाहको आवश्यक कागजात र दर्ता प्रक्रिया
04/01/2024

💒अदालती दर्ता बिवाहको आवश्यक कागजात र दर्ता प्रक्रिया

बच्चा बाबुसँग बस्ने अदालतको फैसला रहेको भए तापनि आमा नै प्राकृतिक संरक्षक हुने - सर्वोच्चको व्याख्या । फैसलाको पूर्णपाठक...
26/12/2023

बच्चा बाबुसँग बस्ने अदालतको फैसला रहेको भए तापनि आमा नै प्राकृतिक संरक्षक हुने - सर्वोच्चको व्याख्या ।

फैसलाको पूर्णपाठका लागि हेर्नुहोस्ःhttps://supremecourt.gov.np/cp/assets/downloads/supreme_246021.pdf

हार्दिक बधाई तथा शुभकामना ।सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अ...
20/12/2023

हार्दिक बधाई तथा शुभकामना ।

सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त भएका छन् । नियुक्त हुनेहरुमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन् ।

फौजदारी कानून(Criminal Law) प्रारम्भिक सुनुवाई सम्बन्धी संक्षिप्त जानकारी⚖️🙏
20/12/2023

फौजदारी कानून(Criminal Law) प्रारम्भिक सुनुवाई सम्बन्धी संक्षिप्त जानकारी⚖️🙏

फरक मिति, समय र जिल्लामा मुद्दा चलाइए तापनि निरन्तर रुपमा कुनै कसूर भएमा दोहोरो खतराको सिद्धान्त लागू भई एकपटक मात्र मुद...
19/12/2023

फरक मिति, समय र जिल्लामा मुद्दा चलाइए तापनि निरन्तर रुपमा कुनै कसूर भएमा दोहोरो खतराको सिद्धान्त लागू भई एकपटक मात्र मुद्दा चलाउन मिल्ने, सर्वोच्चको व्याख्या ।

Address

Babarmahal-11, Kathmandu
Kathmandu
123

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Bidhan Law Associates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Practice

Send a message to Bidhan Law Associates:

Share