समाज दर्पण

समाज दर्पण Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from समाज दर्पण, Legal, Kathmandu.

समाज दर्पण केवल समाचार सुनाउने ठाउँ होइन!
समाजमा भइरहेका परिवर्तन, राजनीतिक घटनाक्रम, सामाजिक मुद्दा, जनचासो र समसामयिक बहसलाई बुझ्ने र बुझाउने एउटा साझा मञ्च हो?
“तथ्यमा आधारित सामग्री, स्पष्ट विचार र जिम्मेवार बहस—समाज दर्पणको पहिचान”

चाहिने भन्दा बडि पुजा गर्यो भने मुर्ति पनि फोहोर हुन्छ रे बाकि भनिराख्न नपर्ला बुझिहालनु हुन्छ।🙏❤️‍🩹
23/09/2026

चाहिने भन्दा बडि पुजा गर्यो भने मुर्ति पनि फोहोर हुन्छ रे
बाकि भनिराख्न नपर्ला बुझिहालनु हुन्छ।🙏❤️‍🩹

23/09/2026

संयुक्त राष्ट्रसंघ (UN) का महासचिव एन्टोनियो गुटेरेस (António Guterres) ले सन् २०२३ को अक्टोबरमा नेपाल भ्रमणका क्रममा र त्यसपछिका विभिन्न जलवायु सम्मेलनहरूमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको गम्भीर असरबारे चर्चा गर्नुभएको थियो।
उहाँले नेपालका हिमाल पग्लिरहेको विषयलाई सम्बोधन गर्दै जलवायु परिवर्तन (अत्यधिक हरितगृह ग्यास उत्सर्जन, प्रदूषण र मानव निर्मित वातावरणीय विनाश) लाई प्रमुख खलनायकको रूपमा औंल्याउनुभएको थियो।
उहाँका मुख्य भनाइ र सन्देशहरू:
* हिमाल पग्लने दर: जलवायु परिवर्तनका कारण विश्वको छानो मानिने हिमाली क्षेत्र (Karakoram-Himalayan region) मा तीव्र गतिमा हिउँ पग्लिरहेको र यसले करोडौं मानिसको जीवन तथा जीविकोपार्जनमा खतरा पुर्याएको छ।
* अति कम उत्सर्जन, उच्च असर: नेपालजस्ता देशहरूले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान दिएका छन्, तर जलवायु संकटको सबैभन्दा ठूलो मार र असर भोग्न बाध्य छन्।
* विश्वव्यापी अपील: धनी तथा बढी प्रदूषण फैलाउने औद्योगिक राष्ट्रहरूलाई हरितगृह ग्यास उत्सर्जन घटाउन र नेपालजस्ता जलवायु प्रभावित देशहरूलाई हानि-नोक्सानी (Loss and Damage) कोषमार्फत आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउन उहाँले पटक-पटक जोड दिनुभएको छ।

🙏🐘चितवनको रोनाल्डोको अन्तिम यात्रा४५ वर्षको उमेरमा करेन्ट लागेर निधन भएको यो जङ्गली हात्ती रोनाल्डो चितवन हात्ती प्रजनन ...
19/09/2026

🙏🐘

चितवनको रोनाल्डोको अन्तिम यात्रा

४५ वर्षको उमेरमा करेन्ट लागेर निधन भएको यो जङ्गली हात्ती रोनाल्डो चितवन हात्ती प्रजनन केन्द्रको गौरव थियो।
👉 उसले सबैभन्दा धेरै प्रजनन गरेर हात्ती संरक्षणमा ठूलो योगदान दिएको थियो।
👉 चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र स्थानीय समुदायका लागि यो क्षति अपूरणीय छ।

📸 तस्बिरहरूमा देखिने रोनाल्डोको जीवन, शक्ति र योगदान अब स्मृतिमा मात्र रहनेछ।

✍️ सन्देश:
“जङ्गलको राजा, रोनाल्डो—तिम्रो योगदान सदैव सम्झिनेछौं।”

Life is about having thorns prick the soles of your feet; the flower of success blooms only after the struggle. ❤️
16/09/2026

Life is about having thorns prick the soles of your feet; the flower of success blooms only after the struggle. ❤️

wow❣️बंगलादेश र नेपालबीच त्रिवि क्रिकेट मैदानमा ३ खेलको टी-२०आई शृंखला हुने भएको छ ।
16/09/2026

wow❣️
बंगलादेश र नेपालबीच त्रिवि क्रिकेट मैदानमा ३ खेलको टी-२०आई शृंखला हुने भएको छ ।

15/09/2026

Aaj tapai le Chiya Piunu bhayo ? ☕️ 😁

15/09/2026

ब्रेकिङ: अस्ट्रेलियाका क्रिकेट लिजेन्ड डेभिड वार्नरले एनपीएल (NPL) सिजन ३ का लागि काठमाडौं गोर्खाजसँग सम्झौता गरेका छन् 😮

विश्वका तालहरु सम्बन्धी जानकारी !! 😊🙏 Part : 1 Gipsan Rai
15/09/2026

विश्वका तालहरु सम्बन्धी जानकारी !! 😊🙏 Part : 1
Gipsan Rai

❤️ बुवा—शब्दले बयान गर्न नसकिने एउटा संसार ❤️आफूलाई जति नै पीडा परे पनि ‘ऐया’ नभनी, आफ्ना सन्तानका दुःखमा मुस्कान बनेर उ...
11/09/2026

❤️ बुवा—शब्दले बयान गर्न नसकिने एउटा संसार ❤️

आफूलाई जति नै पीडा परे पनि ‘ऐया’ नभनी, आफ्ना सन्तानका दुःखमा मुस्कान बनेर उभिने, कठिन परिस्थितिमा ढाडस, साहस र भरोसा दिने मेरा बुवालाई हृदयदेखि नमन। 🙏❤️

बुवा हुनु भनेको केवल जन्म दिने व्यक्ति हुनु होइन;
लड्दा उठाउने हात, हार्दा हौसला दिने आवाज, अँध्यारोमा बाटो देखाउने प्रकाश र जीवनभर साथ दिने अदृश्य शक्ति हुनु हो। ❤️

आफ्ना रहरहरू त्यागेर सन्तानको भविष्य सजाउने, आफ्नो दुःख लुकाएर हाम्रो खुसी खोज्ने सम्पूर्ण बुवाहरूको त्याग र समर्पणप्रति शत–शत नमन। 🙏🌹

कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनको सम्पूर्ण बुवाहरूमा हार्दिक मंगलमय शुभकामना।
ईश्वरले सबै बुवाहरूलाई दीर्घायु, स्वस्थ जीवन र सधैँ मुस्कुराइरहने अवसर प्रदान गरून्। 🙏❤️

बुवा हुनुहुन्छ भने संसार अझै सुरक्षित छ। ❤️

#कुशेऔँसी #बुवाकोमुखहेर्नेदिन #बुवाप्रति_नमन #बुवाकोमाया #बुवाकोआशीर्वाद 🙏❤️

09/09/2026

ग्यास पाउनुभयो त ? 😒

Address

Kathmandu

Telephone

+9779843437876

Website

Alerts

Be the first to know and let us send you an email when समाज दर्पण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category