Suhang Nembang

Suhang Nembang Advocate । Sports enthusiast । Member of the House of Representatives of Nepal


संघीय संसद, प्रतिनिधि सभा सदस्य
इलाम क्षेत्र नं. २

बुबा, आज तपाईंको जन्मदिन,भौतिक रूपमा तपाईं हामीबीच हुनुहुन्न, तर नेपाली समाजको रूपान्तरणका लागि तपाईंले कोरेको मार्ग र छ...
12/03/2026

बुबा,
आज तपाईंको जन्मदिन,
भौतिक रूपमा तपाईं हामीबीच हुनुहुन्न, तर नेपाली समाजको रूपान्तरणका लागि तपाईंले कोरेको मार्ग र छरेको उज्यालो आज पनि उत्तिकै सान्दर्भिक छ। तपाईं आज पनि आम नेपालीको मानसपटलमा उत्तिकै प्रिय र अजम्बरी हुनुहुन्छ। देशको वर्तमान परिस्थितिमा धेरैले तपाईंको अभाव महसुस गरिरहेका छन् र तपाईंको दूरदृष्टिलाई स्मरण गरिरहेका छन्।

बुबा,
मलाई थाहा छैन, ‘तपाईंले देखाउनुभएको त्यो निष्ठाको बाटो र आदर्शको उज्यालोलाई मैले कति आत्मसात् गर्न सकेँ?’ सकुँला ? तर एउटा कुरा भने गौरवका साथ भन्न सक्छु, ‘मेरा हरेक पाइलाहरू तपाईंले देखाउनुभएकै मार्गदर्शनमा छन्। तपाईंले छाडेर जानुभएका सिद्धान्त, मूल्य र मान्यताहरूलाई नै मूल मन्त्र मानेर म अघि बढ्ने निरन्तर प्रयत्न गरिरहेको छु।’

तपाईं सधैं भन्नुहुन्थ्यो नि, ‘राजनीति फगत पद प्राप्तिको सोपान होइन, यो त जनसेवाको कठोर जिम्मेवारी र राज्यप्रतिको अविचलित उत्तरदायित्व र जवाफदेहिता हो। त्यही जिम्मेवारी र जवाफदेहिताको भावसहित आज म जनताको बीचमा मन, वचन र कर्मले उभिएको छु।

तपाईंको जन्मदिनमा,
म पुनः एकपटक तपाईंको आदर्श, मूल्य र राष्ट्र प्रतिको अगाध समर्पणलाई आफ्नो जीवनको अटुट मार्गदर्शन बनाउने प्रतिज्ञा गर्दछु। हजुरले हिँड्नुभएको निष्ठाको बाटोमा र दिनुभएको आदर्शको उज्यालो समाएर सधैं अघि बढ्ने वाचा गर्दछु, बुबा।
🙏🙏

हार्दिक आभार तथा धन्यवाद !अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु, यहाँहरुको मनमा रहेको हामीप्रतिको अगाध मा...
08/03/2026

हार्दिक आभार तथा धन्यवाद !
अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु,

यहाँहरुको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र अटुट भरोसालाई मतमा परिणत गरेर प्रतिनिधिसभा निर्वाचन–२०८२ मा इलाम क्षेत्र नं. २ बाट आफ्नो प्रतिनिधिको रुपमा मलाई छनोट गर्नुभएको छ । यो हाम्रो मात्रै होइन हजुरहरुको जित पनि हो । म हजुरहरुप्रति असाध्यै ऋणी छु । आभारी छु ।

मलाई पूर्ण बोध छ, – माया, विश्वास र भरोसाका साथ तपाईंहरूले मलाई दिनुभएको यो अमूल्य मत इलामको समृद्धि र भावी सन्ततिका लागि गरिएको एउटा महान् लगानी हो । तपाईंहरूले मप्रति गर्नुभएको यो विश्वासको ‘ऋण’ म कसरी र कति चुक्ता गर्न सकूँला ? त्यो त समयले नै बताउनेछ; तर यति वाचा गर्दछु, ‘म पूर्ण इमान र निष्ठाका साथ मन, वचन र कर्मले अहोरात्र तपाईंहरूकै सेवामा समर्पित भइरहनेछु ।’

म यहाँहरूलाई कहिल्यै निराश पार्ने छैन । मेरो कुनै पनि कार्य वा व्यवहारले इलाम क्षेत्र नं. २ का अति आदरणीय मतदाताहरूको शिर झुक्न दिने छैन । यहाँहरुलाई कहिल्यै निराश पार्ने छैन ।

हाम्रा अग्रजहरुले गर्नुभएको कष्टसाध्य संघर्ष, बलिदान र असाधारण त्यागको जगमा आज हामी उभिएका छौं । इलामको माटोमा जन्मिएर पञ्चायती व्यवस्थाविरुद्ध देशभरी क्रान्तिको उज्यालो फैलाउने आदरणीय शहीदहरु रत्नकुमार वान्तवा, बमप्रसाद वान्तवाप्रति हार्दिक श्रद्धा–सुमन व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता इलामेली जनताका प्रिय नेता मेरो बुवा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दछु । उहाँहरुको बलिदान र योगदानप्रति उच्च सम्मान प्रकट गर्दै उहाँहरुले देखाउनु भएको बाटो र उज्यालोमा हिड्ने प्रण गर्दछु ।

निर्वाचनको सिलसिलामा माथि फाकफोकथुमदेखि माङसेबुङ हुँदै तल चुलाचुलीसम्म, अनि इलामदेखि देउमाई र माईका प्रत्येक घरदैलोमा पुग्दा आदरणीय आमाबुवा, दिदीबहिनी, दाजुभाइ तथा ऊर्जाशील युवा साथीहरूले देखाउनुभएको त्यो अतुलनीय स्नेहप्रति म नतमस्तक छु । तपाईंहरूले सुम्पिनुभएको यो अगाध विश्वासले मलाई विश्राम गर्ने छुट दिने छैन, बरु अझ बढी जिम्मेवार बनाउनेछ ।

नयाँ आशा, उमङ्ग र उच्च उत्साहका साथ अहोरात्र निर्वाचनको मैदानमा खटिनुभएका इलामेली नौजवान साथीहरूको साथ र समर्पण वास्तवमै शब्दमा अवर्णनीय छ । तपाईंहरूको यो निःस्वार्थ त्याग नै मेरो ऊर्जा, उत्साह र शक्तिको मुख्य स्रोत हो । म तपाईंहरुप्रति कसोरी आभार प्रकट गरुँ ? तपाईंहरुप्रति धेरै–धेरै माया ।

आफ्ना कलिला नानीहरू काखमा च्यापेर घरदैलोमा निस्कनुभएका आमा–दिदीबहिनीहरू, अनि लौरो टेक्दै थुरथुर काँप्ने हातले आशिष दिँदै ‘सुहाङ बाबुले जित्नुपर्छ’ भन्दै आँगनमा आउनुभएका वृद्धवृद्धाहरूको त्यो ममतामयी दृश्य अझै पनि मेरो आँखामा नाचिरहेको छ । उज्यालो भविष्यको आशा बोकेर ‘अल द बेस्ट सुहाङ दादा’ भन्दै मसँग झुम्मिने ती निर्दोष बालबालिकाहरूका आँखामा प्रतिविम्बित निश्छल माया र भरोसालाई म हृदयमा सँगालेर राख्नेछु । तपाईंहरूका यी मायालु आँखा र भरोसायुक्त हातहरू नै मेरो राजनीतिक यात्राका सबैभन्दा ठूला ऊर्जा र मार्गदर्शन हुन् ।

इलामको भूगोलबाट प्रतिनिधित्व गर्नुहुने नेकपा (एमाले) का केन्द्रीय कमिटी, प्रदेश कमिटी तथा केन्द्रीय विभागका आदरणीय नेताज्यूहरू, नेकपा (एमाले) इलाम जिल्ला कमिटीका नेतृत्वगण, जिल्लाका सबै स्थानीय तहका अगुवा नेताहरू एवं विभिन्न जनसंगठनका ऊर्जाशील साथीहरू-तपाईंहरू सबैप्रति म अनुगृहीत छु । तपाईंहरू स्वयं उम्मेदवार बने झैँ जुन दृढता र सक्रियताका साथ अहोरात्र जनस्तरमा पुग्नुभयो, त्यसका लागि कृतज्ञता प्रकट गर्न मसँग पर्याप्त शब्दहरू छैनन् । कठिन परिस्थितिमा तपाईंहरूले देखाउनुभएको यो अभूतपूर्व साथ र सहयोगप्रति म सदैव ऋणी रहनेछु । तपाईंहरूको यो पसिना र विश्वासलाई म खेर जान दिने छैन ।

हाम्रा सपना र संकल्पहरूलाई आम जनमानससम्म पुर्‍याउन अहोरात्र खटिनुहुने सम्पूर्ण सञ्चारकर्मी मित्रहरू, निर्वाचनलाई निष्पक्ष र सफलतापूर्वक सम्पन्न गराउन अहोरात्र खटिनुहुने मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा कर्मचारी मित्रहरूमा हार्दिक आभार व्यक्त गर्दछु ।

यस लोकतान्त्रिक अभ्यासमा मसँगै प्रतिस्पर्धामा रहनुभएका विभिन्न राजनीतिक दलका आदरणीय उम्मेदवारज्यूहरूलाई उहाँहरूको उज्यालो र सुखद राजनीतिक भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु । चुनावी मैदानमा यहाँहरूले जनतामाझ गर्नुभएका वाचा, प्रतिज्ञा र प्रतिबद्धताहरू अब मेरा पनि साझा संकल्प हुन् । ती मुद्दाहरूलाई सिंहदरबार र संसदको रोस्टममा बुलन्द गर्ने जिम्मेवारी म पूर्ण निष्ठाका साथ वहन गर्नेछु । तपाईंहरूको निरन्तर सुझाव, रचनात्मक सल्लाह र सजग खबरदारी नै आगामी दिनमा मेरो मुख्य मार्गदर्शन हुनेछ।

मतदानकै लागि प्रवास र काठमाडौंदेखि कष्ट सहेर इलामसम्म आइपुग्नुभएका सम्पूर्ण प्रियजनहरू प्रति म र कृतज्ञ छु । विशेष परिस्थितिबस स–शरीर इलाममा उपस्थित हुन नसक्नुभए पनि प्रवास र देशभरबाट विभिन्न माध्यममार्फत मप्रति अटुट सद्भाव र शुभकामना व्यक्त गर्नुहुने तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा मलाई सहयोग र ऊर्जा प्रदान गर्नुहुने सम्पूर्ण शुभेच्छुकहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

आदरणीय कमरेडहरु !

देशभरबाट प्राप्त भइरहेको निर्वाचनको परिणामसँग म पूर्णतः अवगत छु । हाम्रो पार्टी र आन्दोलनप्रति विगतमा आम जनसमुदायले प्रकट गर्नुभएको त्यो असाधारण स्नेह र अभूतपूर्व विश्वासको गौरवमय इतिहास मेरो मानसपटलमा सजीव छ । वर्तमान समयमा हामीमाथि उठिरहेका प्रश्न, गरिएका आलोचना र व्यक्त भएका खबरदारीप्रति पनि उत्तिकै जानकार छु । हाम्रा कमजोरी र सीमाहरूका बारेमा पनि म उत्तिकै सचेत छु । विशेषगरी नयाँ पुस्ताले खोजिरहेको रूपान्तरण र परिवर्तनको चाहनालाई मैले नजिकबाट बुझेको छु । त्यही पुस्ताको सदस्य हुनुको नाताले त्यसलाई मनबाट बुझेको छु ।

यो संवेदनशील घडीमा देशभरका सम्पूर्ण कमरेडहरूलाई विचलित नभई थप दृढता र सशक्त ऊर्जाका साथ जनसेवामा समर्पित हुन हार्दिक अपील गर्दछु । हाम्रा नीति, संगठन, संरचना र कार्यशैलीमा रहेका त्रुटिहरूलाई जनअपेक्षा अनुरूप परिमार्जन गर्दै पार्टी र आन्दोलनलाई नयाँ उचाइबाट पुनर्गठित गर्नुको अब हामीसँग अर्को विकल्प छैन । मलाई दृढ विश्वास छ, ‘हामी फेरि उठ्नेछौं ।’ त्यसका लागि मानसिक र सांगठनिक रूपमा तयार रहन म सबैमा हार्दिक अनुरोध गर्दछु।

२४ फागुन २०८२, इलाम

सुहाङ नेम्वाङ

अति आदरणीय इलामेली मतदाता !हजुरहरुलाई धेरै-धेरै धन्यवाद । यो तपाईंहरुकै जित हो । ऋणी छु !
07/03/2026

अति आदरणीय इलामेली मतदाता !
हजुरहरुलाई धेरै-धेरै धन्यवाद । यो तपाईंहरुकै जित हो । ऋणी छु !

06/03/2026
25/02/2026

इलाम –२ का उम्मेदवार सुुहाङ नेम्वाङले गाउँसम्म पुग्ने नीति सरकारले बनाउनुपर्ने र त्यसको पूर्ण कार्यान्वयन गर्न...

24/02/2026

इलामेली जनता अन्ततः काम गरेर देखाएको र भरोसा गर्न मिल्ने शक्तिलाई नै रोज्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।

23/02/2026

जनताको प्रश्न नै मेरो प्रश्न थियो।

22/02/2026

आत्मआलोचना कमजोरी होइन,
परिपक्वताको संकेत हो।
यही सोचले परिवर्तन सम्भव बनाउँछ।

22/02/2026

आफूलाई प्रश्न गर्ने क्षमता
र जवाफदेहिताको अभ्यास—
यही बाटोले विश्वास निर्माण गर्छ।

Address

Ilam
Ilam
57300

Telephone

+9779802055506

Website

Alerts

Be the first to know and let us send you an email when Suhang Nembang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share