Job in Japan

Job in Japan Our special team of consultants will find quality jobs for all foreigners in japan Have you had any of following issues? I am only at a N4 level.

I have been working at my arubaito (part-time job) for a while now but the company will not apply for a work visa for me. My friend got a job with visa sponsorship but he has JLPT Level 1. Are there any jobs for me? I have no experience on how to make a CV or resume in the Japanese business format and don’t know how to apply and attend a job interview in the traditional Japanese business manner. I

want to choose a job and want to find a job in my chosen field of study. I wish that someone can go to the interview with me and help me to translate. I have no idea how to apply for a work visa (especially the company’s side’s legal documents.) I’m not in Japan and want to have an online interview, is it possible? I already got a work visa and I’m currently working for a Japanese company but the company refuses to renew my work visa. I have already visited other agents that provide a similar program, but they all very expensive! I can’t afford it.

के तपाईंलाई थाहा छ?जापानी भाषामा “माफ गर्नुहोस्” भन्ने १० तह हुन्छन्! 😲 JapaneseLanguage
18/06/2026

के तपाईंलाई थाहा छ?
जापानी भाषामा “माफ गर्नुहोस्” भन्ने १० तह हुन्छन्! 😲 JapaneseLanguage


















31/10/2025

हामी सधैँ तपाईंको भिडियो पोस्टहरू हेर्ने गर्छौं समयसामयिक र यथार्थमा आधारित पोस्टहरू गर्नुहुने रहेछ। र आगामी दिनमा पनि राम्रा राम्रा र सत्य तथ्यको समाचार विभिन्न प्रकारका सामग्रीहरु पस्कनुहुनेछ भन्ने आशा गरेका छौं। हस् धन्यवाद। हजुरको जय होस्।🙏❤️

06/09/2025

जापानमा न्यूनतम ज्यालादर (minimum wage) हालै उल्लेखनीय रूपमा वृद्धि भएको छ। यहाँ त्यसको विवरण प्रस्तुत गर्दैछु:

न्यूनतम ज्यालादरमा वृद्धि के भयो?
• घटीक राशि: 2025 वित्तीय वर्ष (अप्रिल–माच) को लागी औसत न्यूनतम ज्याला प्रति घण्टा ¥66 ले वृद्धि गरिएको छ, जुन सबैभन्दा ठूलो वार्षिक वृद्धि हो। यसले औसत न्यूनतम ज्याला ¥1,121 प्रति घण्टा पुगेको छ।   
• प्रतिशत वृद्धि: यो करिब 6.3% को वृद्धि हो, जुन 1978 पछि रिकॉर्ड गरिएको सबैभन्दा ठूलो छ।  
• केन्द्रीय प्रस्ताव: प्रारम्भिक सुझाव अनुसार (Central Minimum Wages Council को सिफारिस अनुसार), राष्ट्रिय औसत न्यूनतम ज्यालादर ¥1,118 (+¥63, अर्थात 6%) गर्न प्रस्ताव गरिएको थियो।   
• प्रादेशिक वैरिएशन:
• सबै क्षेत्रहरूमा ¥1,000 नाघ्यो: यो पहिलो पटक हो जब सबै 47 प्रान्तको न्यूनतम ज्यालादर ¥1,000 भन्दा बढी पुगेको छ। 
• अधिकतम र न्यूनतम स्तर:
• टोकियो: ¥1,226 प्रति घण्टा।
• कොची, मियाजाकी, ओकिनावा: ¥1,023 प्रति घण्टा। टोकियो र ओकिनावाको बीचमा ¥203 को फरक रहेको छ। 
• इतिहासमा दृष्टि:
• वर्ष 2005 मा ¥668; 2010 मा ¥730; 2015 मा ¥798; 2020 मा ¥902; 2024 मा ¥1,055 यो औसत न्यूनतम ज्यालादर थियो।¥1,118 (2025 अनुमति अनुसार) सबैभन्दा ठूलो वृद्धि हो। 

सारांश तालिका

विवरण तथ्याङ्क
औसत न्यूनतम ज्यालादर (2025) ¥1,121 प्रति घण्टा
संकेत गरिएको वृद्धि +¥66 (~6.3%)
सिफारिस गरिएको औसत वृद्धि +¥63 (~6%) प्रस्तावित ¥1,118
सबै प्रान्तहरूमा न्यूनतम >¥1,000 पहिलो पटक
उच्चतम न्यूनतम (टोकियो) ¥1,226 प्रति घण्टा
न्यूनतम न्यूनतम (कउची आदि) ¥1,023 प्रति घण्टा

निष्कर्ष

हो, जापानमा न्यूनतम ज्यालादरमा वृद्धि भएको छ—नयाँ वित्तीय वर्षबाट लागू हुने गरी यो इतिहासमा सबैभन्दा ठूलो वृद्धि मानिन्छ, जसले मजदूरहरूलाई प्रत्यक्ष लाभ पु¥याउनेछ। यसले उपभोगतालाई पनि मजबुत बनाउने अपेक्षा छ, तर स–साना उद्योगहरूका लागि लागतको रूपमा चुनौती पनि हुन सक्छ।

28/08/2025

🇯🇵 जापानमा नेपाली विद्यार्थीको काम गर्ने नियम
• विद्यार्थी भिसामा (Student Visa) भएकोले हप्तामा 28 घण्टा मात्र काम गर्न पाउने कानुनी व्यवस्था छ।
• छुट्टी (Holiday Season / Semester Break) मा हप्तामा 40 घण्टा सम्म काम गर्न पाइन्छ।
• विद्यार्थीहरूले प्रायः कनभिनियन्स स्टोर, रेस्टुरेन्ट, होटल, फ्याक्ट्री, क्लिनिङ, डेलिभरी आदि काम गर्छन्।

💰 जापानमा पार्ट-टाइम कामको आम्दानी

👉 १ जापानी येन (JPY) ≈ रु. 0.90 – 0.95 (NPR)
• औसत प्रति घण्टा तलब (Tokyo मा): ¥1,000 – ¥1,200
• नेपाली रुपैयाँमा: रु. 900 – 1,100 प्रति घण्टा
• Rural Area (गाउँ, सहर बाहिर): ¥850 – ¥1,000 प्रति घण्टा
• नेपाली रुपैयाँमा: रु. 765 – 950 प्रति घण्टा

📊 मासिक आम्दानी (28 घण्टा / हप्ता)
• 28 घण्टा × ¥1,050 (औसत) × 4.3 हप्ता ≈ ¥126,000
• नेपाली रुपैयाँमा ≈ रु. 1.15 – 1.20 लाख / महिना

👉 छुट्टीमा (40 घण्टा / हप्ता) कमाइ अझ बढ्छ:
• 40 × ¥1,050 × 4.3 = ¥180,600
• नेपाली रुपैयाँमा ≈ रु. 1.6 – 1.7 लाख / महिना

🏠 खर्च (Average Living Cost in Japan for Students)
• भाडा (साझा अपार्टमेन्ट / Dorm): ¥30,000 – 50,000
• खाना: ¥25,000 – 35,000
• यातायात/अन्य खर्च: ¥10,000 – 20,000

➡️ मासिक खर्च: ¥70,000 – 100,000 (रु. 65,000 – 95,000)

💵 सम्भावित बचत
• मासिक कमाइ: ¥120,000 – 130,000 (रु. 1.15 – 1.25 लाख)
• मासिक खर्च: ¥70,000 – 100,000 (रु. 65,000 – 95,000)
👉 बचत: ¥30,000 – 50,000 (रु. 27,000 – 45,000 / महिना)

✅ निष्कर्ष
• जापानमा विद्यार्थी भएर काम गर्दा पढाइसँगै खर्च चलाउन सकिन्छ, तर धेरै ठूलो रकम नेपाल पठाउन गाह्रो हुन्छ।
• पढाइमा ध्यान नदिएर बढी काम गरे कानुनी समस्या आउन सक्छ।

जापानमा विद्यालय बिहान साढे ८ बजे शुरू हुन्छन् । तर हामी शिक्षक ७ बजे नै पुगिसक्छौं । डेस्क–बेन्च मिलेको छ छैन, हेर्ने र...
23/08/2025

जापानमा विद्यालय बिहान साढे ८ बजे शुरू हुन्छन् । तर हामी शिक्षक ७ बजे नै पुगिसक्छौं । डेस्क–बेन्च मिलेको छ छैन, हेर्ने र मिलाउने गर्छौं । विद्यार्थी आइपुग्नुअघि कक्षाकोठा व्यवस्थित गरिसक्छौं ।
जापानका सरकारी विद्यालयमा पियन वा कार्यालय सहयोगी हुँदैनन् । कक्षाकोठा दिनदिनै विद्यार्थीले नै सफा गर्छन् । शौचालय अनि भान्सा पनि उनीहरूले नै सफा गर्छन् । यसमा शिक्षकहरू साथमा हुन्छन् ।
सरसफाइका लागि ४/५ जना विद्यार्थीको फरक–फरक समूह बनाइएको हुन्छ । शुरूका कक्षादेखि नै उनीहरूलाई सरसफाइ गर्न सिकाइन्छ । यो पनि शिक्षाकै अंग हो ।

कोही विद्यार्थी पढाइमा कमजोर भएमा कुन विषयमा किन कमजोर भए भनेर विषयगत शिक्षकहरूबीच छलफल हुन्छ । त्यसपछि मात्र कमजोर विद्यार्थीलाई कसरी माथि उठाउन सकिन्छ भनेर योजना बनाइन्छ ।

कक्षा शिक्षकले हाजिरी गर्दा हरेक विद्यार्थीको मुहार ध्यानपूर्वक हेर्ने गर्छौं । उनीहरूको अनुहार उज्यालो छ कि अँध्यारो छ नियाल्ने गरिन्छ । यदि कसैको अनुहार अँध्यारो छ भने सञ्चो भएन कि भनेर सोध्छौं । अरू नै केही समस्या भए अभिभावकलाई सोध्छौं र समाधानको प्रयास गर्छौं । यसो गरिएन भने समस्या ठूलो हुँदै जान्छ । त्यसले अनेक असर निम्त्याउन सक्छ । त्यही दिन समस्या सल्टियो भने उसको त्यो दिन राम्ररी बित्छ र त्यस दिनको उसको पढाइ पनि राम्रो हुन्छ ।

विद्यार्थीले किताब मात्रै पढ्न मन पराउँदैनन् । त्यसैले उनीहरूलाई कक्षाकोठा बाहिर लैजाने गर्छौं । विभिन्न क्रियाकलाप गराउँछौं । विद्यार्थीलाई नियमित रूपमा संगीत, कला र खेलमा सहभागी गराउँछौं । यसबाट विद्यार्थीलाई धेरै कुरा सिकाउन सकिन्छ ।
जस्तो, खेलमा हार–जीत हुन सक्छ । यसैकारण झ्गडा हुन सक्छ । तर ‘खेल भनेको सबैको लागि खेल्ने हो, देशको लागि खेल्ने हो’ भनेर बुझउन सकिए उनीहरूलाई अनुशासन सिकाउन सकिन्छ ।
जापानमा बच्चाबेलादेखि नै जिम्मेवार बन्न सिकाइन्छ । हामीले उनीहरूलाई आफ्नो लागि मात्र होइन आफ्नो वरपर, समाज र देशको लागि काम गर्नुपर्छ भनेर सिकाइरहेको हुन्छौं । विद्यालय तहको पढाइ पूरा हुँदा उनीहरूमा आफूलाई राम्ररी अभिव्यक्त गर्न सक्ने क्षमता, न्याय, इच्छाशक्ति र समाजमा मिलेर बस्ने सीप विकास भएको हुन्छ ।

हरेक सोमवार नैतिक शिक्षाको पढाइ हुन्छ । यसमा यसो गर्नुपर्छ उसो गर्नुपर्छ भनेर शिक्षकले अर्ति–उपदेश दिने भन्दा पनि शिक्षक विद्यार्थीबीच छलफल हुन्छ । उनीहरुलाई कहिले कुनै किताब पढ्न त कहिले कुनै विषयवस्तुमा छलफल गर्न दिइन्छ । जस्तो, फोहोर जहाँ पायो त्यहीं फाल्नुहुन्छ कि हुँदैन, कक्षामा समयमा आउनुपर्छ कि पर्दैन, म्यूजियम वा कतै जाँदा हल्ला गर्नुहुन्छ कि हुँदैन आदि जस्ता विषयमा छलफलपछि विद्यार्थी आफैं निष्कर्ष निकाल्छन् ।

विद्यालयमा अङ्ग्रेजी भाषाको पढाइ हुन्छ । तर, गणित, विज्ञान, सामाजिक शिक्षा लगायत विषय जापानी भाषामा पढाइ हुन्छ । सानै कक्षादेखि विद्यार्थीलाई श्रम र कामको महत्व बुझाउन व्यावसायिक सीप पनि सिकाइन्छ । सिलाइ, बुनाइ, सिकर्मी, डकर्मी, इलेक्ट्रिसियन तालिम दिइन्छ । माध्यमिक तहका विद्यार्थी त कम्पनीमा गएर इन्टर्नसिप समेत गरेर पारिश्रमिक प्राप्त गर्छन् ।

जापानमा शिक्षकको सेवा–सुविधा राम्रो छ । घरपायक भन्दा अन्यत्र गएर काम गर्नुप¥यो भने आधा घरभाडा थप पाउँछन् । पेन्सन पनि राम्रो छ ।

शिक्षकका विभिन्नखाले समस्या वा दुःख हुन सक्छन् । तर पनि विद्यार्थीलाई माया गर्नुपर्छ । सम्मान दिनुपर्छ । उनीहरुको जीवनमा खुशी र सुख होस्, बच्चा राम्रो हुन् र देश राम्रो होस् भन्ने उद्देश्य हुनुपर्छ ।

विद्यार्थीले शिक्षकलाई हेरेर पढिरहेको हुन्छ । शिक्षक राम्रो भएन भने विद्यार्थी राम्रो हुँदैन । राम्रो विद्यार्थी बनाउन शिक्षकले मिहिनेत गर्नुपर्छ ।

एक जापानी शिक्षकको हेराइमा शिक्षण पेशा ।
- शिक्षक मासिक

15/07/2025

JPTの成績証明書の発行手順についてご案内します。

नेपाल भन्दा बाहिर दुबई, कतार, मलेसिया, साउदीजस्ता देशहरूमा रहेका नेपालीहरूले पनि जापानमा काम गर्न जान सकिन्छ। तर यसको ला...
18/04/2025

नेपाल भन्दा बाहिर दुबई, कतार, मलेसिया, साउदीजस्ता देशहरूमा रहेका नेपालीहरूले पनि जापानमा काम गर्न जान सकिन्छ। तर यसको लागि जापान सरकारले तोकेको प्रक्रिया पूरा गर्न आवश्यक हुन्छ।

जापानमा काम गर्नका लागि तपाईंले जापानी भाषा (जस्तै JLPT N4 वा SSW को भाषा परीक्षा) पास गर्नुपर्छ। त्यसपछि तपाईंले काम गर्न चाहेको क्षेत्रमा सीप परीक्षण (Skill Test) दिनुपर्छ। जब जापानको कुनै कम्पनीले तपाईंलाई रोजगारीको प्रस्ताव (Job Offer) दिन्छ, त्यसपछि मात्र तपाईं भिसा प्रक्रिया सुरु गर्न सक्नुहुन्छ।

यस प्रक्रिया अनुसार दुबई, कतार, मलेसिया, साउदीजस्ता देशहरूमा रहेका नेपालीहरूले पनि जापान आउन पाउने व्यवस्था छ।

तर याद राख्नुस् — ठगीबाट सजग हुनुहोस्। कुनै पनि व्यक्तिले अत्यधिक पैसा मागेमा सावधान हुनुहोस्। जापानको SSW कार्यक्रम पारदर्शी छ र धेरै कुरा आफै पनि बुझ्न सकिन्छ।

अधिक जानकारीको लागि भरपर्दो स्रोत वा विज्ञसँग सल्लाह लिनुहोस्।

Prometric को आधिकारिक वेबसाइट:

Japan Foundation Test for Basic Japanese(JFT-Basic) TOP Test list Japanese language Test Japan Foundation Test for Basic Japanese(JFT-Basic) notice April 15, 2025 NepalNEW ​ Announcement of start of pre-order in Nepal April 15, 2025 MyanmarNEW ​ Pre-orders now available in Myanmar April 15, 2025...

मुलाको डाँठ कतिमा पाइन्छ तपाईकाँतिर ? 😆    फोटो : संजालबाटै
19/01/2025

मुलाको डाँठ कतिमा पाइन्छ तपाईकाँतिर ? 😆



फोटो : संजालबाटै

Family in Japanese ctto
20/12/2024

Family in Japanese
ctto

住所

Kawaguchi-shi, Saitama

電話番号

+818058615448

ウェブサイト

アラート

Job in Japanがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Job in Japanにメッセージを送信:

ショートカット

共有する